Friday 17 May 2013

हमेशा’को लागि अभिभावक चाहिने आखिर के छ त्यस्तो यस चलचित्रमा त ? हेर्नुस भिडियो

यही चैत्र ३० गतेदेखि फिल्म ‘नोटबुक’सँग जुध्ने भएको ‘हमेशा’ले पिजी सर्टिफिकेट पाएको छ । अब हमेशालाई १३ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।

सेन्सर बोर्डले फिल्म भित्रका अन्य कुनैपनि दृश्यलाई आपत्ति नजनाई द्वन्द्वका दृश्य डरलाग्दो भएकाले पिजी सर्टिफिकेट दिएको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित हमेशा भित्रको द्वन्द्वका दृश्यमा साउथ इन्डियन शैली अपनाएकाले सेन्सरको नजर परेको छविराज ओझाले बताएका छन् ।

आफ्नो फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक रहेको दावी गर्दै ओझाले फिल्म हेर्दा दर्शकलाई कुनैपनि दृश्यमा आपत्ति नहुने बताएका छन् । हमेशालाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

रेखा पौडेलको संगीत रहेका हमेशा भित्र रेखा थापा, सबिन श्रेष्ठ, नरेन खड्काको मुख्य अभिनय रहेको छ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID