Thursday 30 May 2013

बालक अपहरण गर्ने भारतीय पक्राउ

१६ जेठ, वीरगञ्ज । बालक अपहरणको आरोपमा वीरगञ्जमा दुई भारतीयसहित चार जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले अपहरणमा संलग्न भएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा भवानीपुरका विजय पटेल र सोही गाउँका राजेन्द्र पटेल तथा भारतीय नागरिक रक्सौल बस्ने ओम प्रकाश सहनी र गोपाल पटेल रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

पर्साको रामगढवा गाविसबाट भारतीय नम्बरको एआर ०८, ७५७५ र बीआर १ बी ९५२० नम्बरको टाटा सुमोसहित उनीहरूलाई नियन्त्रण लिएको निरीक्षक चन्दले बताउनुभयो ।

पर्साको विश्रामपुर-८ का अल्परान देवानका ६ वर्षीय छोरालाई अपहरण गरी फिरौती लिन लागेको अवस्थामा राति उनीहरूलाई पक्राउ गरिएको निरीक्षक चन्दले बताउनुभयो ।

पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरगन्जमा राखिएको र प्रहरीले पक्राउ परेको स्थान भने गोप्य राखेको छ । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID