Tuesday 21 May 2013

नशामै जन्मियो बच्चा, गर्भमै रक्सीले लठ्ठ

भनाई नै छ की मान्छेले गर्भमै रक्सी खान सिकेको हुँदैन समय परिस्थितिले उसलाई रक्सी खान सिकाउँछ र जँड्याहा बनाउँछ । तर यो भनाइलाई पोल्याण्डको एक बच्चाले गलत सावित गरिदिएको छ । पोल्याण्डमा एउटा यस्तो बच्चा जन्मिएको छ जसले गर्भबाटै रक्सी खान सिकेको छ । विचरोले गर्भमा मुखले रक्सी खान त कसरी खाओस् तर उसको सरीरमा भने रक्सीले प्रभाव पारेको थियो र जन्मिँदाखेरि रक्सीको नशाले लठि्ठएको थियो ।

गर्भमा रहेको बच्चा जन्मिँदाखेरि नै कसरी रक्सीको नशामा फस्यो होला भन्ने प्रश्न उठ्छ । बिचरा त्यो भ्रुणले आफै रक्सी खाएको होइन पेटमा बच्चा बोकेकी उसकी आमाले अत्यधिक मदिरा सेवन गरेपछि रगत मार्फत बच्चाको सरीरभित्र पनि अल्कोहलले असर गरेको रहेछ । २४ वर्षीया ती महिलाले पेटमा रहेको बच्चाको परवाह नगरी जथाभावी रक्सी धोकेपछि पेटको बच्चालाई रक्सीले असर गरेको चिकित्सकहरुको भनाइ छ ।

अस्पतालमा बच्चा जन्मिँदा बच्चाको स्वास्थ्य अवस्था नाजुक देखेपछि डाक्टरहरुले थप परीक्षण गर्ने क्रममा बच्चाको रगतमा अल्कोहलको मात्रा पाइयो । बच्चाको मुटुको धड्कन पनि सामान्य भन्दा कम थियो । डाक्टरहरुले त्यो बच्चालाई तुरुन्त आइसियुमा राखेर उपचार गरे र अहिलेपनि बच्चाको उपचार भैरहेको छ र बच्चा खतरामुक्त रहेको बताइएको छ । क्रिस्टिना नामकी ती गर्भवती महिला कसरी अस्पताल सम्म पुगिन् भन्ने कुराको पनि दर्दनाक कहानी नै छ । वास्तवमा उनको पेटमा ८ महिनाको गर्भ थियो र अझै बच्चा जन्मिने बेला भएको थिएन । उनले सामान्य मदिरा सेवन गरेर घरबाट कार चलाएर निस्किएकी थिइन् । बढि पिउने बानी परेकी क्रिस्टिनाले बिच बाटोमा पुगेपछि गाडी रोकेर एक भट्टीमा छिरेर रक्सी थपिन् र नशाले चूर बनेर गाडि चलाएर बाटो लागिन् । बाटोमा उनको गाडि अर्को गाडीसँग ठोक्कियो र उनी बेहोस भइन् । स्थानीय मानिसहरुले उनलाई उठाएर तुरुन्त अस्पताल लगे जहाँ उनले शल्यक्रियाबाट बच्चा जन्माइन् ।

विचरीले बच्चा जन्माइन्, अलिकति तंग्रिइन् तर उनलाई जेलमा जानुर्‍यो । अत्यधिक रक्सी सेवन गरेर गाडी चलाएको तथा पेटको बच्चालाई मृत्युको मुखमा पूराउने गरी रक्सी खाएको बारे प्रहरीले उनिसँग बयान लिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID