Tuesday 21 May 2013

चार ऋतुका मौसमी मूर्ति ? (फोटोफिचर)


कलाकारको कला पनि विचित्रकै हुन्छ । कलाकारिता प्रदर्शन गर्ने दिमागलाई मान्नै पर्छ बा । अमेरिकी कलाकार फिलिप हसले निकै मनमोहक तथा विचित्र खालका मौसमी मूर्ति तयार पारेका छन् । अंग्रेजीका चार ऋतुलाई दृश्यमा उतार्दै उनले निकै रोचक मूर्ति तयार पारेका छन् । उनले तयार पारेका मूर्तिमध्ये एउटा पतझड अर्थात् हेमन्द ऋतुका महिनाको प्रतिनिधित्व गर्ने अटम नामक मूर्ति छ । अर्को मूर्ति हो समर । यसले गर्मी महिनाको प्रतिनिधित्व गर्छ । त्यो सँगै वसन्त ऋतुलाई प्रतिनिधित्व गर्ने मूर्ति पनि उनले बनाएका छन् । उनले शिशिर अर्थात् विन्टर वा जाडो महिनालाई प्रतिनिधित्व गर्ने मूर्ति पनि तयार पारेका छन् ।1

चार मौसमको श्रृंखलामा बनाइएका उनका मूर्ति सबैभन्दा पहिले सन् २०१० मा प्रदर्शन गरिएको थियो । न्युयोर्क बोटानिकल गार्डेनमा यी मूर्ति राखिएको छ । मूर्ति फाइबर ग्लासले बनेका छन् र मौसम अनुसारका कृत्रिम फलफूल तथा रुख विरुवाको झलक प्रदान गरिएको छ । साँच्ची यी मूर्ति हेर्दा सम्बन्धित मौसमको झल्को मनमा आउँछ । सोह्रौँ सताब्दीका चर्चित चित्रकार ग्वेसेप्पे आर्किमबोल्डोले चार मौसममा आधारित भएर केही चित्र बनाएका थिए । सोहीबाट प्रभावित भएर फिलिपले मूर्ति नै तयार पारेका हुन् ।




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID