Tuesday 21 May 2013

एमालेका कुहिएका पात माओवादीको टाउकामाः नेता ओली

पाँचथर, ७ जेठ । नेकपा एमालेका प्रभाव शाली नेता केपी शर्मा ओलीले एमालेका पहेला, र बिग्रन लागेका, कुहिएर झर्न लागेका पात झर्न नपाउदै एकिकृत माओवादीले टिपेर टाउकामा राखेर हिडेको बताउनुभएको छ । आठराई क्षेत्रको आमसभालाई सम्वोधन गर्न तेह्रथुमको सक्रान्ति पुगेका ओलीले आज विहान स्थानिय संचारकर्मी सित एमाले छोडेर गएका स्थायि कमिटि सदस्य राम चन्द्र झा र उर्मिला अर्याल प्रति सकेत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता ओलीले अहिले जस्तो जनतालाई थर्काएर हिडने रणनिति लिए एकिकृत माओवादीको हालत राजा ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिनुभयो । उहाँले वोलेको अधिकाश समय एकिकृत नेकपा माओवादीको विरोधमा खर्चदै उनले कडा रुपमा खोई प्रचन्ड पथ, खोई महान जनयुद्ध, खोई जन मुक्तिसेना भन्दै माओवादीले गरेको क्रान्ति प्रचन्डको प्रधानमन्त्री हुने कसरत र बाबुरामको प्रधानमन्त्री हुने कसरत मात्र भएको वताएका छन । उनले एकिकृत माओवादी तन्त्र, मन्त्र नभएको थोत्रो यन्त्र मात्र भएको उल्लेख गर्नुभयो ।

1 comment:

  1. यदि तपाईहरु आदिवाशी-जनजाती जो कोहिले पनि आ-आफ्नो ऐतिहासिक पहिचान सहितको संघियता, आत्मनिर्णय तथा स्वायतताको आधारमा संघिय संबिधान र सबैधानिक राज्य प्रशासनको समतामुलक विकेन्द्रीकरण संरचनाको व्यवस्था चाहनु भएको छ भने यो नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरुको पछी लागेर आश र भर पर्ने काम चाडो छाडे हुन्छ / किन भने बागमतीको नदीमा धेरै पानी बगिसक्यो तर नेपाली कांग्रेस र एमाले पार्टीको एकात्मक जातीय वाहुनवादी मानसिक चिन्तन प्रविर्धि भएको नेताहरुको दिमाग कहिले बिकाश र परिवर्तन भएन त्यस कारण उनीहरु पुरानो आफ्नो एकल जातीयवादी एकाधिकारको राज्य सत्ता र पुरानै सर्व-सत्तावादको कानून जतिसक्दो यथास्थितीमा कायम राख्न चाहन्छन / हाम्रो देशको पिछडिएको, हेपिएको,अन्याय तथा शोसन र दमन गरिएको वर्ग, जात, लिंग, महिला, दलितहरु छन् तिनीहरुको हक-अधिकारहरुको सम्बोधन र सुनिश्चित गर्न त कहाँ हो कहाँ बरु उल्टै कांग्रेस र एमाले पार्टीका शिर्स नेताहरुले आदिवाशी-जनजातीहरुलाई गलत राजनीतिक शिक्षा दिएर भ्रम सिर्जना गरिरहेका छ / किन भने त्यहाका आदिवाशी-जनजाती कार्यकर्ताहरु संघियता,गणतन्त्र,समावेशी,लोकतन्त्र,पहिचान,आत्मनिर्णयको अधिकार, स्वायत्तताको आधारमा संघिय संबिधान र सबैधानिक राज्य प्रशासन समतामुलक विकेन्द्रीकरण संरचनाको व्यवस्थाहरुको बारेमा जान्न र बुझ्न चाहनेहरुको धेरै संख्या कार्यकर्ताहरु छन् / तिनीहरुलाई अलमल-दोधारमा परिरहेका छन् / त्यसकारण यस्तो पाखण्डीहरुको समुह भएको कांग्रेस र एमाले पार्टीमा टासिएर बस्नुको कुनै औचित्य र फाइदा छैन / त्यसैले समयमै सोचा-बिचार गरेर पार्टी परित्याग गर्नु उचित हुने देखिएको छ / नत्र भने पछी पछुताउनु पर्ने समय अवस्य आउनेछ किन भने अहिले कांग्रेस र एमाले पार्टीले भन्ने गरेको संघियता त् यो आगामी आउदो निर्वाचनको लागि झोजा हामी जनताहरुलाई मागिखाने र धाटने - झुक्याउने राजनीतिक नारा मात्र हो ..............त्यसैले साबधान....................!

    ReplyDelete

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID