Tuesday 21 May 2013

नायिका अधिकारी सगरमाथामा, दुई आरोहीको मृत्यु

काठमाडौ, ७ जेठ । नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्नु भएको छ ।  सगरमाथा आरोहीको सहयोगीका रुपमा नायिका अधिकारी बिहान ८ बजे सगरमाथामा पुगेको नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।
अधिकारी चैत २७ गते सगरमाथा आरोहणको लागि काठमाण्डुबाट प्रस्थान गर्नु भएको थियो । हिजो मात्रै २ सयले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फकिँर्दै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फकिर्ने क्रममा गएराति बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID