Saturday 4 May 2013

केटीको पेटमाथि तरभुजा काटी बिस्वो रेकर्ड (भिडीयो)

हरेक मान्छेले अरुले गरेको भन्दा फरक काम गरेर चर्चा कमाउन चाहन्छ । तर सबैसँग त्यस्तो फरक काम गर्ने अक्कल(दिमाग) र हिम्मत नहुन सक्छ । तर अस्ट्रेलियाका एक पुरुषले भने आफुमा हिम्मत र अक्कल दुबै भएको प्रमाणित गरेका छन् । जिम हन्टर नामका ती व्यक्तिले एक युवतीको पेटमाथि राखेर एक मिनेटमा २५ वटा तरभुजा काटेर विश्वरेकर्ड कायम गरेका छन् ।


आफ्नो पेटमा तरभुजा काट्न दिने सिलिया कर्टिस पनि कम हिम्मती होइनन्, त्यसैले उनले पनि गिनिज बुकमा नाम सुरक्षित गरेकी छिन् ।

अस्ट्रेलियाको सेभेन नेटवर्क स्टुडियोमा आयोजित कार्यक्रममा उनीहरुले उक्त रेकर्ड कायम गरेका थिए । उनीहरुको यो तरभुजा काट्ने रेकर्ड केही वर्षअघिको भएपनि त्यसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । अमेरिकाका सिन बोधीले यो रेकर्ड तोड्ने प्रयास यहीँ वर्ष गरेपनि सकेनन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID