Saturday 4 May 2013

पेट्रोल पम्पले उपभोक्ता ठग्दै आएको खुलासा


कुन-कुन पेट्रोल पम्पले गरे ठगी ?

२१ बैशाख, काठमाडौं । उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुले उपभोक्ताको सवारीमा कम तेल राखिदिएर ठगी गर्दै आएको खुलासा भएको छ कतै पेट्रोल पम्प व्यवसायीहरुले तपाइको सवारीमा कम पेट्रोलियम पदार्थ राखिदिएर ठगेका त छैनन् ? सावधान हुनुहोस् !
वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार र शनिबार राजधानीका विभिन्न पेट्रोलियम पम्पहरुमा गरेको अनुगमनको क्रममा व्यवसायीहरुले सरकारले तय गरेको परिणामभन्दा निकै कम परिणाममा पेट्रोलियम पदार्थ बेच्ने गरेको भेटिएको हो । ‘उपत्यकामा संचालित पेट्रोल पम्पहरुले नापभन्दा कम परिणाममा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेर उपभोक्ता ठगेको भेटिएको छ’ विभागका निर्देशक हरिनारायण बेल्वासेले भन्नुभयो ।

गल्ती ठूलो कारबाही सानो

पेट्रोल पम्पहरुले हजारौं जनतालाई ठग्दै आएपनि कारबाही भने फितलो हुने भएको छ । विभागले ती पम्पहरुलाई तत्काललाई कारोबार नगर्न निर्देशन दिएर छाडेको छ । विभागले थप कारबाहीका लागि नेपाल गुणस्तर तथा नापतौल विभागलाई आग्रह गरेको भएपनि गुणस्तरले अहिलेसम्म कुनै पनि गलत व्यापारीलाई कडा कारबाही गरेको रेकर्ड छैन् ।
ती पेट्रोल पम्पहरुले कम परिणाममा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेका छन भन्ने सर्वसाधरणबाट गुनासो आएपछि विभागले अनुगमन गरेको थियो । विभागले आगामी दिनमा अनुगमनको कार्यलाई तिब्रता दिने जनाएको छ ।
प्रत्येक ५ लिटरमा ४० एमएलसम्म ठगी

विभागले दिएको जानकारी अनुसार कलङ्कीको मकालु आयल स्टोर्स, बाफलको मातादेवी आयल स्टोर्स र मैतिदेवीको मैतिदेवी पेट्रोलियम सप्लायर्सले नापमा देखिएभन्दा कम परिणाममा पेट्रोलियम पदार्थ बेचेर उपभोक्ता ठग्दै आएका छन् । पम्पहरुले डिस्प्ले प्वाइन्टमै गलत अङ्क देखाएर पाँच लिटर पेट्रोलियम पदार्थ बेच्दा २० एमएलदेखि ४० एमएलसम्म ठग्ने गरेको विभागको भनाई छ । अनुगमनको क्रममा ठगी गरेको फेला पारेपछि विभागले ती पेट्रोल पम्पहरुको कारोबार बन्द गरिदिएको छ । निर्देशनको अटेर गरि विक्री वितरण गरेमा कडा भन्दा कडा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID