Thursday 23 May 2013

काँधमा घर जुरुक्कै बोकेर हिँड्ने यी मुसाफिर (भिडियो सहित)


चीनका लिउ लिगचाओ नामका यी विचित्रका यात्री वुझोउ सहरबाट केही महिनाअघि हिड्न सुरु गरेका हुन्  काँधमा घर बोकेर उनी २१ मे का दिन लिउझोउ सहर आइपुगेका छन् । आफु बस्ने घर काँधमा जुरुक्कै बोकेर हिँडिरहेका छन् उनी । महिनौ अघि उनले घर बोकेर यात्रा सुरु गरेका हुन् र अहिलेसम्म २ सय ७० माइल यात्रा पूरा गरिसकेका छन् ।

उनले ५ वर्षअघि बाँस र प्लास्टिकले बनाएको मोबाइल घर झण्डै ५९ किलो तौलको छ । त्यसमा उनले विछौना तथा बन्दोवस्तीका केही सामान पनि राख्ने गरेका छन् ।

यी ३८ वर्षे यात्री लक्ष्यवीहिन यात्रामा हिँडिरहेका छन् । बाटोमा हिँड्दा भेटिएका प्लास्टिकका बोतल टिप्ने र तिनै बोतल बेचेर हातमुख जोर्ने गरेका छन् यिनले ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID