Thursday 23 May 2013

४ सय किलो वजनका यी मान्छेको दुब्लाउने धोको (फोटोफिचर र भिडियो सहित)

दुब्ला मान्छेहरुमा मोटाउने इच्छा हुन्छ । तर जिउ लागेपछि कसरी दुब्लाउने होला ? भन्ने टेन्सन । जिउ मोटाएर ७०-८० किलोको हुँदा त वजन घटाउने टेन्सन सुरु हुन्छ भने ४ सय किलोको जिउ भयो भने के होला हालत ?

प्रशान्त महासागरीय टापु राष्ट्र गुआमका एक जना पुरुष यस्तै विलखबन्दमा परेका छन् । उनको जिउ ४ सय ८ किलोको छ । उनी विश्वमा बढि वजनभएका मान्छेमध्येमा एक पर्छन् । रिकी नापुति नामका ती पुरुषका लागि उनको वजन निकै ठूलो पीडाको रुपमा खडा भएको छ र सोही कारण उनी पाँच वर्षदेखि ओछ्यानमा परेका छन् ।

३९ वर्षे नापुति वजन घटाएर सामान्य जिन्दगीमा र्फकन चाहन्छन् । तर उनको त्यो मनको इच्छा पूरा हुन सकिरहेको छैन ।

टिएलसी टेलिभिजनले नापुति र उनकी श्रीमती चेरिलको विषयमा पछिल्लो तिन वर्षदेखि श्रृंखलावद्ध रुपमा सामग्री प्रशारण गरिरहेको छ । उनको सर्जरीका लागि केवल पैसाको खाँचो मात्र होइन उनले सर्जरी अघि केही तौल आफै घटाउनुपर्ने हुन्छ । तर हालै एक अमेरिकी चिकित्सक उनलाई भेट्न गुआममा पुग्दा चिकित्सकले सर्जरी अघिसम्म घटाउनुपर्ने भने अनुसार उनको तौल अझै घटिसकेको थिएन । त्यसैले उनले तत्काल आफ्नो वजन घटाउने सर्जरी गर्न पाएनन् ।

गुआम भन्ने देशमा केवल नापुति मात्र होइन अरु धेरै वयस्क मानिसहरु मोटोपनबाट पीडित रहेको बताइन्छ । त्यहाँका हरेक दशमा एक जना मानिसमा मोटोपनको समस्या छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID