Monday 27 May 2013

त्यस्तो के भयो ? जहाँ, दुई प्रेम गर्ने जोडीले भोग्नु पर्यो यस्तो सम्मको सजाँय,


प्रेमको अर्थ नबुझ्नेहरुलाई त प्रेम गर्नु एक पाप सरह नै हुँदो रहेछ । भारतको बलरामपुर जिल्ला स्थित उतरौला कोतवाली क्षेत्रमा श्रीमान र घरको मारपीटबाट आत्तिएकि एक युवतीको प्रेम एक युवकसंग भएको थियो । उनी ती युवकलाई आफ्नो जीवनसाथी बनाउन चाहन्थिन् तर जब युवकलाई आफ्नो जीवनसाथी बनाउने निर्णय गरीन् तब युवती माथि आधिहुरी नै आइपरेको थियो । उनको श्रीमान र केही व्यक्तिहरु मिलेर युवतीसंगै उनको प्रेमीलाई मारपीट गरेका थिए । दुवैको मुखमा कालो मोसो दल्दिएर, कपाल खुलाइदिएर, रात भरि बन्धक बनाइ गाउँ गाउँमा घुमाएका थिए ।

गौरी नाम गरेकी ती युवतीको दश बर्ष पहिले गौरा नाम युवकसंग विवाह भएको थियो । तर उनीहरु बिच निकै मनमुटाव चलिरहन्थे । यस्तै गौरीको प्रेम एक युवकसंग भएको थियो । गौरीले श्रीमानसंग सम्बन्ध विच्छेदपछि मात्रै आफ्नो प्रेमीसंग बिवाह गर्ने निणर्य गरेकी हुन् । जुन कुरा थाहा पाउने बित्तिकै उनको श्रीमानले गौरी र प्रेमीलाई अनुहारमा कालो लगाइदिएर, कपाल खुइलाइदिएर, रात भरि बन्धक बनाएका राखेका हुन् । गौरीले उनको श्रीमान सहित अन्य आरोपीको विरुद्धको उजुरी दर्ता गराएकि छिन् । गौरीको श्रीमानलाई प्रहरीले पक्राउ गरीसकेको छ भने अन्य आरोपीको खोजतलाश पनि भैरहेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID