Thursday 30 May 2013

साहरुखको काधको अप्रेशन सफल, एक महिना घरमै बस्नुपर्ने

बलिउडका किङ साहरुख खानको काधको अप्रेशन सफलतापूवर्क सम्पन्न भएको छ । मुम्बइको लिलावती अस्पतालमा मंगलबार खानको अप्रेशन गरिएको हो । उनको अप्रेशन २ घन्टा चलेको थियो ।केही बर्ष अघि पनि साहरुखको काधको अप्रेशन गरिएको थियो । तर ‘चेन्नाई एक्सप्रेस’को छायांकनका क्रममा चोट लागेपछि साहरुख पिडित बनेका थिए । उनको अप्रेशन डाक्टर संजय देसाइले गरेका हुन् ।

साहरुखलाई २ दिन लिलावती अस्पतालमा नै राखिने छ । यसपश्चात साहरुखले १ महिना घरमै आराम गर्नुपर्ने हुन्छ । उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले बताएको छ । अगष्ट ८ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रचारका लागि साहरुख जुनको अन्तिमबाट मात्र बाहिर निस्कने छन् । साहरुख र दीपिका अभिनित ‘चेन्नाई एक्सप्रेस’ अहिले सर्वाधिक चर्चामा छ ।

साहरुखको काधको अप्रेशन सफल भएपछि उनका फ्यानहरु खुशी भएका छन् । ट्विटर र फेसबुक मार्फत उनीहरुले साहरुखको चाडो स्वास्थ्य लाभको कामना गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID