Saturday 25 May 2013

ब्रा नै नौं करोडको ! (फोटोफिचरसहित)




सबैलाई थाहा छ कि मानिसको पूरै जीवन बित्छ लाखौ कमाउनमा । यदि इमान्दार भएर बस्ने हो भने जिन्दगी बित्छ केही लाख कमाउनमै । तर, के तपाईलाई थाहा छ ? केही मान्छे यस्ता पनि छन् करोडौ रुपैयाँ निमेषमै उडाउछन् । तैपनि उनीहरुलाई केही फरक पर्दैन ।

यस्तै एक छिन् जसले यति मूल्यावान ब्रा लगाएकी छन् जसको नेपाली मूल्य ९ करोडभन्दा बढी पर्छ । यही ब्रा लगाएर उनी आफूलाई संसारको सबैभन्दा धनी महिला ठानिरहेकी छन् । उनले १८ क्यारेट सुन जडित यो ब्रा उनले आफ्नो छातीमा सहजै लगाएकी छन् । त्यसै पनि उनी सुन्दर र सेक्सी छिन् । त्यसमाथि यो ब्रा लगाएपछि को कुरै नगरौ ।
यो ब्रालाई सातोतिनो नठान्नुस् है । यो १८ क्यारेट सुद्ध सुनबाट बनेको हो । यति मात्र होइन नि, यसमा ५०० क्यारेट हिरामा पनि जडिएको छ ।
यो ब्राको भारतीय मूल्य हो ५ करोड ४६ लाख ८० हजार अर्थात नेपालीमा झण्डै ९ करोड बढी । यहाँ कसैलाई साँझबिहान हातमुख जोड्न कठिन छ । यि सुन्दरीलाई भने यति महंगो ब्रा चाहिएको छ । तपाई नै भन्नुस् यो कति सहज छ । तैपनि यही वास्तविकता हो ।
यो ब्रा बर्मिघम स्टेटका एक सुन व्यवसायीले बनाएका थिए । यो ब्रा बनाउन मात्र तीन महिना लागेको थियो । यो ब्रा बनाउन करिब ४० कालीगढले आफ्नो शिल्प प्रदर्शन गरेका छन् । यही शिल्पलाई एक महिलाले लगाएर अर्को शिल्प प्रदर्शन गरिन् । एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID