Saturday 25 May 2013

प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला

गैरदलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरबस्थान २ का १७ बर्षका महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले यातना दिँदै १० बर्ष नेपाल र्फकन नपाउने उर्दी सुनाएर देशनिकाला गरेका हुन् ।

सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्यमकुमारी बिसीसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ ।

प्रहरीलेसमेत महेन्द्र नै दोषी भएको ठहर गर्दे १५ हजार जरिवाना गरी तारेखमा छाडेको नयाँ पत्रिकामा खबर छ । त्यसपछि कथित उच्च जातिका गाउँलेको समूहले सामूहिक यातना दिँदै गैरदलितसँग प्रेम गरेको भन्ने स्वीकार गर्न लगाई १४ चैत ०६९ मा देशनिकाला गरेको उनका बाबु बसि तिरुवाले बताए ।

महिलाका बाबु टेकबहादुर बुढालगायत स्थानीय चन्द्र बिसी, टीकाराम विसी, भुवन सिंह, टेकबहादुर बिसीलगायत गैरदलितले महेन्द्रको घरमै गएर कुटपिट गरी १० बर्ष नेपाल नफर्किने बाचा गराएर भारत पठाएको तिरुवाको भनाई छ । दलित भएकै कारण विकलाई देश निकाला गरेको डेढ महिना भइसक्दा पनि सहयोग गर्ने कोही नुहँदा घटना बाहिर आउन सकेको थिएन ।

पीडित महेन्द्रका बुबा बिसेले आफूहरुलाई गाउँमा सहयोग गर्ने कोही नभएकाले प्रहरीमा उजुरी दिनसमेत नसकेको बताए । सुखेर्तमा रहेको वातावरणीय कृषि तथा विकास केन्द्रमा पीडितका बुबा तिरुवाले घटनात्र,मसहित जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID