Monday 27 May 2013

शर्लिनले फेला पारिन् जोडी

बलिउडको बोल्ड अभिनेत्री शर्लिन चोपडा नयाँ चलचित्र ‘कामसूत्र ३’ मा मोडल मल खानसँग रोमान्स गर्दै पर्दामा देखिने भएकी छन् । चलचित्रका निर्देशक रुपेश पपोलका अनुसार आफ्नो फिल्मका लागि शर्लिनको अपोजिट रोलमा हिरो भेटिएका हुन् ।
लामो खोजपछि मोढल मल खानले चलचित्रको मुख्य भूमिका निर्वाह गर्ने भएका हुन् । रुपेशले यो चलचित्रका लागि शर्लिनले निर्वाह गर्ने भूमिकामा लागि धेरै युवती हेरेका थिए । तर, हिरोका लागि भने उनले निकै पापड पेल्नु परेको थियो । कामसूत्र–३ का लागि सन् २०१२ देखि नै अडिसन सुरु गरिएको थियो ।
तर, चलचित्रको पात्र सुहाउँदो हिरो फेला परेको थिएन । बल्लतल्ल फेला परेका हिरो मल खानले यो चलचित्रमा मार्सल आर्ट पनि गर्ने छन् । चलचित्रमा शर्लिनका साथमा जैकी स्राफ, मिलिन्द गुनाजी, सुदेश बेरी, सलिम कपुरको पनि अभिनय रहनेछ । चलचित्र हिन्दी तथा अंग्रेजी गरी दुई भाषामा निर्माण हुने जनाइएको छ। एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID