Thursday 2 May 2013

‘शिरीशको फूल’बिरुद्ध निर्माता अदालतमा

यहि शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतको ढोका ढकढकाएका छन ।

चलचित्रमा लगानी गरेका जमिन फिल्मसका लगानीकर्ता सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा आफ्नो नाम उल्लेख नगरिएको र लगानी पनि डुब्ने अबस्था आएको भन्दै प्रर्दशन रोक्न पुनराबेदन अदालत पाटनमा रिट दायर गरेका छन ।

फिल्म निर्माण गर्दा आफुहरुले लगानी गरेपनि निर्देशकले पछि अर्कैसँग प्रर्दशनको सम्झौता गरेर लगानी डुबाउन खोजेको उनीहरुको आरोप छ । फिल्म प्रर्दशन रोकेर आफ्नो अधिकार सुनिश्चीत गर्न भन्दै उनीहरुले दायर गरेको रिटमा बिहीवार नै सुनुवाई हुने बताइएको छ ।

फिल्म बनाइरहेको पारिजात प्रतिष्ठानले फिल्म निर्माण सकिएपछि आफुसँगको सम्झौता भंग गरी कलाकार गणेश लामाको फिल्म क्रियसनलाई प्रर्दशनको जिम्मेवारी दिएको मिश्र र खत्रीले बताए । पारिजात प्रतिष्ठानसँग भएको सम्झौतामा प्रस्तुतकर्तामा जमिन फिल्मस्को तर्फबाट जगत राजथला, निर्मातामा सुरज मिश्र र सहनिर्मातामा उत्तम खत्री उल्लेख गर्ने सहमति भएको खत्रीले बताए ।

लगानी डुब्ने र नाम पनि नआउने अबस्था आएपछि उनीहरुले जिल्ला प्रशासन, फिल्म निर्माता संघ, चलचित्र संघमा समेत उजुरी दिएका थिए । तर तीनवटै निकायबाट समाधान निस्कन नसकेपछि बाध्य भएर अदालत जानु परेको उनीहरुले बताए ।

कृतिमाथि अन्याय गरेको आरोप
कृतिको मर्म बिग्रनेगरी मनपरी दृष्य राखिएको, कथाको अन्त्य बियोगान्त भएपनि फिल्ममा संयोगान्त बनाइएको, उपन्यासको मर्मविपरित फिल्मलाई धार्मिक प्रकृतिको र रोमान्टिक बनाउन खोजिएको भन्दै स्मृति केन्द्रले फिल्मप्रति आपत्ति जनाएको छ । जापानी निर्देशक तोसिआकी इतोको निर्देशनमा बनेको फिल्म प्रर्दशन नहुंदै थरीथरीका लफडाको सामना गर्नुपरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID