Tuesday 14 May 2013

भुपु वजनदारको निर्वस्त्र पोज


विश्वका सबैभन्दा वजनदार पुरुषको रुपमा एकताका किर्तिमान बनाएका पाउल म्यासनले निर्वस्त्र पोज दिएका छन् । बेलायतका ५२ वर्षीय म्यासन ४ वर्षअघि ४४४ केजी तौलका थिए र त्यसपछि निरन्तरको उपचारपछि उनले उल्लेखनीय रुपमा आफ्नो वजन घटाए । अहिले उनको तौल दुइ तिहाई घटिसकेको छ ।

उनको तौल त घटेको छ तर सरीर मोटो हुँदाको छाला अहिले सरीर दुब्लाउँदा नराम्रोसँग लत्रिएको छ । यसरी लत्रिएका छालाका फोल्ड ले उनलाई निकै कुरुप पनि देखाएको छ । उनी सर्जरी गरेर लत्रिएको छाला हटाउन चाहन्छन् । तर उनीसँग रकम छैन । त्यसैले उपचारका लागि रकम जुटाउन उनले आफ्नो सरीरको छालाका पखेटा सहित नांगो तस्वीर खिचाएका हुन् । तर निर्वस्त्र पोज दिँदा पनि उनको लाज भने छालाका लपेटाले ढाकिदिएको छ । आफ्नो यस्तो हालत देखेपनि मनकारीहरुको मन खाने र आफ्नो उपचारका लागि ६० हजार पाउण्ड रकम जुट्ने उनको आशा छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID