Sunday 12 May 2013

वैज्ञानिकले बनाए भुल्नै नदिने उपकरण

मानिसहरु अब भुल्ने बानीबाट मुक्त हुने छन । अमेरिकी वैज्ञानिकहरुले यस्तो उपकरण तयार पारेका छन् जसले मानिसलाई भुल्न बाट बच्न निक्कै सहायता गर्ने छ । वैज्ञानिकहरुले स्मरणशक्तिको क्षयिकरण हुने अल्जाइमर रोगबाट ग्रस्त बिरामीहरुको लागि लक्षित गर्दै यस्तो माइक्रोचिप बनाएका हुन् । यो माइक्रोचिप लगाएका व्यक्तिहरुले पूरानो कुरा पनि सजिलै सम्झिन  सक्ने बताइएको छ । वैज्ञानिकहरुका अनुसार यो माइक्रोचिपले मस्तिष्कको कामलाई नियमित गर्नेछ र स्मरणशक्तिलाई मजबुत बनाउनेछ ।

वैज्ञानिकहरुले मुसा र बाँदरको मस्तिष्कमा यो चिप प्रत्यारोपण गरि यसले स्मरणशक्ति बढाइदिने कुरा प्रमाणित गरिसकेका छन् । अब सोही मुताविक यो चिप मानिसको मस्तिष्कमा समेत प्रत्यारोपण गर्ने लक्ष्य उनीहरुको छ । आगामी दुइ वर्षभित्रमा यो चिप मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको हिप्पोक्याम्पस नामक भागमा यो चिपले प्रभाव जमाउनेछ, जुन भाग लामो समयसम्म घटनाको स्मरण गर्ने क्षमतासँग सम्बन्धित छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID