Monday 13 May 2013

विश्वको सबैभन्दा सानो फिल्म, परमाणु बन्यो हिरो (भिडियो सहित)

अमेरिकी कम्प्युटर निर्माता कम्पनी आइबिएमका वैज्ञानिकहरुले पदार्थको सबैभन्दा सानो अंश परमाणुलाई अभिनेता बनाएर विश्वको सबैभन्दा सानो चलचित्र निर्माण गरेका छन् । यो चलचित्रको नाम ए ब्वाय एण्ड हिज एटम अर्थात् एउटा केटा र उसको परमाणु भन्ने रहेको छ । यसमा तामाको सतहमा एउटा परमाणुलाई हिँडाइएको छ । यसका लागि उनीहरुले स्टप मोशन एनिमेशनद्धारा कार्वनका केही परमाणुहरुहको प्रयोग गरेका छन् । वैज्ञानिकहरुले ती परमाणुहरुलाई स्क्यानिङ टनलिंग माइक्रो स्कोप प्रविधिको माध्यमले परमाणुहरुलाई कुशलतापूर्वक नियन्त्रण गरेर घुमाउन सफलभए । परमाणुहरुको यो असाधारण कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले प्रमाणित गरेको छ । मान्छेको एउटा कपालको मोटाइ बराबरको फैलावटका लागिफिल्ममा १ हजार भन्दा बढि फ्रेमको प्रयोग गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID