Thursday 18 April 2013

टिसर्ट पनि नखोली बलात्कार देखाइएको सिनेमा(video)


बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याकनाइट’ अहिले विषयबस्तुका कारण चर्चामा छ । चलचित्रको निर्माण युनिटले महिलाले पुरुषलाई बलात्कार गरेको सिनेमा भन्दै प्रचार गरिरहेको छ । तर यसका निर्माता हिराजबाबु गोर्खाली भने सिनेमामा पुरुषको टिर्सट पनि नखोलिएको दाबी गर्छन् । ‘जहाँ पुरुषलाई महिलाले बलात्कार गरेको दृश्य आउँछ, हामीले त्यहाँ अध्यारो देखाएका छौ’, गोर्खालीले भने ।नेपाली दर्शकले हेर्न, सुन्न चाहेको बिषयलाई सिनेमामा उठान गरिएको गोर्खालीको भनाई छ । देश रहेन भने कोही पनि रहदैनन्, यसैले युवापुस्तालाई कुलत बाटोमा लाग्न दिनु हुदैन भन्ने बिषय सिनेमाले उठान गरेको छ ।

चलचित्रमा महिलाले पुरुषलाई हरेक कुरामा च्यालेन्ज गर्न सक्छन् भन्ने बिषयलाई देखाउन खोजिएको छ । विस्थापित हुँदै गएको सिने नगरीलाई स्थापित गर्न ‘ब्ल्याकनाइट’ ले महत्वपुर्ण भुमिका खेल्ने दाबी निर्माता गोर्खालीको छ ।

मधुसुदन भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निशा रिसाल, विक्रम शाह, सुरेश चिलवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने, मोनिका दाहाल, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारीको पटकथामा तयार भएको यो सिनेमामा चन्द्र पन्तको द्वन्द्व, विकास चौधरी र राजिव शाहको संगीत समावेश छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID