Monday 22 April 2013

नेपाल मा कन्डम लगाउन पुरुस भन्दा महिला सिपालु (video )

कण्डमको प्रयोगमा पुरुषभन्दा महिला बढी आकर्षित हुने गरेको पाईएको छ । नेपाल परिवार नियोजन संघ उपत्यका शाखा जडिबुटीको ३५ औं वार्षिक साधारण सभाको अवसरमा शाखा प्रवन्धक शरदकुमार अर्यालले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो ।

शाखाले गरेको अनुसन्धानमा अधिकाँश पुरुषहरुले यौनसम्पर्क गर्दा तत्कालै बढी आनन्द लिन खोज्ने भएकाले उनीहरुले कण्डम प्रयोग गर्न नचाहेको पाईएको छ । ‘महिलाहरु भविष्यप्रति चिन्ता गर्ने भएकोले कण्डम लगाउन पुरुषलाई दवाव दिन्छन् ।’ शाखा प्रवन्धक अर्यालले बताउनुभयो । शाखाले गत जनवरीदेखि ३० डिसेम्बरसम्म ४ सय ८० जना महिलाहरुको सुरक्षित गर्भपतन गरेको जानकारी पनि उहाँले दिनुभयो । शाखाले ५४ हजार असहाय, गरिव, जनजाति, दलितलगायतलाई परिवार नियोजनको साधनहरु नरप्लान्ट, आइयुडीलगायतका परिवार नियोजनको अस्थायी सेवा दिइएको छ ।
शाखाले एकवर्षको अवधिमा ७७ हजार कण्डम निःशुल्क वितरण गरेको अर्यालले जानकारी दिनुभयो । ‘कण्डममा पुरुषभन्दा महिला बढी आकर्षित देखिए ।’ उहाँले भन्नुभयो ‘किनभने यौन तथा प्रजननको विषयमा पुरुषभन्दा अहिले महिलाहरु बढी सचेत भएका छन् ।
शाखाले यसअवधिमा १७ हजार १६ जना महिलाको गर्भवति परीक्षण, ३० हजार ८६९ जनाको साधारण स्वास्थय परीक्षण, १३ हजार ३ सय १३ जनालाई खोप तथा प्रयोगशाला सुविधा दिइएको र १ लाख ५ हजार २ सय ९८ जनालाई परिवार नियोजन, प्रजनन स्वास्थय लगायतका विषयमा परामर्श दिइएको बताउनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID