Thursday 25 April 2013

नेता माथि व्यंग्य गरिएको कमेडी भिडियो (हाल सालको बहु चर्चित )


ओ हो नेता जी, बल्ल पाल्नु भो ।
भुँडी हल्लाउँदै सत्ता ढाल्नु भो ।
हात उठाउँदै गफ लडाउनु भो ।
सोझा जनतालाई झुक्याउनु भो ।

राजनीतिक दलका नेतालाई ब्यङ्ग्य गर्दै म्यूजिक ब्याण्ड ज्वाइन्ट फ्यामली इन्टरनेशनलले तयार पारेको रमाइलो गीतका शब्द हुन् यी । यो गीत रेकर्ड पनि भइसकेको छ र यसको म्युजिक भिडियो पनि तयार भएको छ । यूट्युबमा राखेको एक महिना पनि नपुग्दै यो भिडियो ५० हजार बढीले हेरिसकेका छन् । गीतबाट पाएको प्रतिक्रियाले निक्कै खुसी लागेको बताउँछन् अरुकै सृजनालाई हेरेर बनाएको बताउँछन् ब्याण्डका भोकलिष्ट तथा गिटारिस्ट सञ्जय श्रेष्ठ । उनले भने ‘एक दिन एउटा भाइले नेता जीको बारेमा लेखेको कविता सुनायो । त्यै कविताबाट प्रभावित भएर यो गीत तयार पारेको हौं ।’

गीतको म्युजिक भिडियो टेलिभिजनहरुमा त्यति धेरै प्रशारण भएको छैन । ४०–५० हजार रुपैयाँ खर्च गरेर बनाइएको भिडियो आफूहरुले सोसल मिडियामा मात्र राखेको सञ्जयले बताए । यूट्युबमा भिडियो हेरेर धेरैले राम्रो प्रतिकृया दिएको भन्दै उनले यो भिडियो हिमालयन टिभीबाट प्रशारण भएको बताए । हिट्स एफएमलगायतका केही एफएमले प्रशारण गर्ने काउनडाउन कार्यक्रममा आफ्नो गीत शीर्ष १० पनि परेको सञ्जय बताउँछन् । भन्छन् ‘राम्रो भएरै होला । धेरै ले नै मन पराउनु भएको छ र यूट्यूबमा पनि धेरै नै शेयर भएको छ ।’ ब्याण्डका अरु सदस्यमा अनुराग बिम्बा भोकलिष्ट, इनअप श्रेष्ठ (सेक्सोफोन), महेश तण्डुकार (गितार), विजेन्ट शाह (बेस गितार), बसन्त सुनाम र कृष्ण श्रेष्ठ छन् । तीन वर्षअघि गठन भएको ब्याण्डले विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रममा प्रस्तुति गर्दै आएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID