Friday 26 April 2013

लौ हेर्नुहोस बच्चा पाएको दृश्य टि्वटरमा लाइभ(भिडिओ)

एक बेलायती दम्पती डेलिभरीका लागि अस्पतालमा पुगे तब उनीहरुका मनमा एउटा कुराको याद आयो । उनीहरुले सल्लाह गरे की आफ्नो बच्चाको जन्मको पूरै प्रक्रिया किन आफ्ना साथीहरुसँग शेयर नगर्ने ? सोही सोँचविचारका कारण हुनेवाला बच्चाका बाउले आफ्नी श्रीमतीले बच्चा पाउने बेलाका हरेक गतिविधिलाई क्यामरामा खिचे । बच्चा जन्माउनका लागि शल्यक्रिया गर्नुअघि, शल्यक्रियाका दौरान र त्यसपछिका सबै दृश्य सहित ३० घण्टाको भिडियो उनले तयार पारे । क्यामराको मेमोरी कार्ड फूल भएपछि बल्ल उनले त्यो भिडियोलाई टि्वटरमा शेयर गरे ।

विवाह तथा अन्य शुभकार्यका दृश्यहरु सोसल साइटमा शेयर गर्नु सामान्य हो । तर छोरा पाउँदाको लाइभ दृश्य समेत टि्वटरमा शेयर गरेर यो जोडीले साँच्चीकै ठूलै चर्चा पाएको छ । म्याकमेनसले आफ्नी श्रीमतीले छोरा पाउँदाको दृश्य खिच्न अस्पताले पनि कुनै रोकटोक लगाएन ।बेलायतको क्रसबीमा बस्ने एडन म्याकमेनस पेशाले परियोजना व्यवस्थापक हुन् र उनमा फोटोग्राफीको शौख पनि थियो । त्यसैले उनले आफ्नो बच्चा जन्मेको दृश्य टि्वटरमा लाइभ दिए । बच्चा जन्माउँदाको दृश्य शेयर गर्नमा आफ्नी श्रीमती पनि उत्सुक रहेको उनको दाबी छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID