Thursday 25 April 2013

शिघ्रपतनलाई कन्ट्रोल गर्न प्याजको प्रयोग


आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौनिक कमजोरी हटाउन पनि सहयोग गर्छ । प्याजले केवल खानालाई स्वादयुक्त मात्र बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ ।
शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ । प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् । यसले शिघ्रपतनको समस्या केही कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ ।
 मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्नेछ ।
सुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि सम्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइनछ । विशेषज्ञहरुका अनुसार यौन शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो । प्याजका फाइदा यस्ता छन् :
रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५-५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौन क्षमता वृद्धि भएको पाउनुहुनेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID