Saturday 20 April 2013

लोडसेडिङ अन्त्य हुन अझैँ ९ वर्ष लाग्ने

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव कृष्णहरि बास्कोटाले ६०० मे.वा.को वुढीगण्डकी जल विद्युत आयोजनाको स्थलगत अध्ययनमा बहुप्रतिक्षित बुढीगण्डकी परियोजना आउँदो ९ वर्षमा सम्पन्न भैसक्ने कुरा सरकारले दावी गरेको छ ।

उहाँका अनुसार सम्भाव्यता र विस्तृत परियोजना अध्ययन आ.व. २०७१।७२ मा सम्पन्न हुने, तत्पश्चात आ.व. २०७२।७३ मा आयोजना निर्माणको टेण्डर आव्हान तथा संझौता हुने र आ.व. ७३।७४ वाट निर्माण शुरु गरी आ.व. २०७८।७९ भित्र सम्पन्न गर्ने योजना छ । बुढीगण्डकी आयोजना सम्पन्न भएपछि काठमाडौंको लोडसेडिङ पूर्ण रुपमा हट्ने बास्कोटाले बताउनुभयो ।

३० महिना भित्र संभाव्यता अध्ययन, विस्तृत आयोजना अध्ययन र टेण्डर डकुमेण्ट तयार गर्ने गरी गत १ फेब्रुअरी २०१३ देखि ट्याक्क टेवुल इन्जिनियरिङ्ग नामक फ्रेन्च कम्पनीले तिव्रताका साथ काम गरिरहेको छ । कम्पनीले ड्रीलको काम गरिरहेको भीर र खोलाको किनारामा पुगी सचिव वास्कोटाले प्रोजेक्ट डाईरेक्टर फिलीप काजालोसलाई तोकिएको समयभित्रै गुणस्तरीय र विश्वसनीय प्रतिवदेन दिन आग्रह गर्दै सस्तो लागत एवं वैज्ञानिक कार्ययोजना सहितको प्रतिवेदन दिन आग्रह गर्नुभएको छ ।

आयोजना यस्तो बन्दैछ :

धादिङ र गोरखाको सीमानामा बग्ने बुढीगण्डकीबाट बिजुली निकाल्न २२५ मिटर अग्लो बाँध बन्नेछ । यस्तो ड्याम्पको जगको फैलावट १ कि.मी. चौडा हुने र यसमा प्रयोग गरिने ढुङ्गा र रातो माटो ५ कि.मी. वरिपरिको क्षेत्रवाट संकलन गरिनेछ । जलाशाय युक्त आयोजनामा यस आयोजनामा पचास वर्ग कि.मि क्षेत्रमा पानी जमाइने छ । जसवाट ३५ सय घरपरिवार प्रभावित हुने प्रारम्भिक अनुमान छ ।

काठमाडौंवाट ७९ कि.मी को दुरीमा रहेको यो आयोजना गोरखा र धादिङ्ग जिल्लामा रहेको र पावर हाउस वेनीघाट वा फिस्लिङ्गमा निर्माण हुनेछ ।बाँध निर्माण गर्ने स्थानको भीरमा दुई ठाँउमा र खोलाको किनारमा गरी ३ स्थानमा हाल ड्रिलिङ्ग भईरहेको छ । भीरमा २५० मिटर गहिरोसम्म ड्रिलिङ्ग गरिनेछ भने नदी मुनि १२० मिटरसम्म ड्रिलिङ्ग गरिनेछ । यसमध्ये ११० मिटर ड्रिलिङ्ग भैसकेको छ र यी सबै काम वषर्ात पूर्व नै सम्पन्न हुने कुरा आफूलाई परामर्श दाता कम्पनीका टिम लिडरले जानकारी दिएको सचिव बास्कोटाले बताउनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID