Sunday 31 March 2013

लिलामीमा विश्वकै सबैभन्दा ठूलो अण्डा


लण्डनस्थित क्रिस्टीको लिलामी घरमा विश्वको सबैभन्दा ठूलो अण्डा लिलाम हुने भएको छ ।  यसलाई बिक्रीका लागि राख्न लागिएको हो ।यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ । १३ या १४ औं शताब्दीमा माडागास्कारमा एलिफेन्ट बर्डले यो अण्डा पारेको बताइन्छ ।

१९ औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी गरेका थिए । एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।

तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID