Sunday 31 March 2013

१३ हजार आलु खाने युवती (फोटो सहित)


सधै एउटै खानेकुरा खान कसैलाई पनि मन लाग्दैन । मुख फेर्ने वा फरक फरक खानेकुरा खाने मन सबैको हुन्छ । तर बेलायतकी एक युवतीलाई भने सधै आलुमात्र खान मन पर्छ । अरु खाना खान डर लाग्ने हुनाले ती युवतीले आलु मात्रै खान्छिन् । अहिलेसम्म २३ वर्षकी ती तरुनीले १३ हजार दाना आलु खाइसकेकी छिन् ।

उसिनेका आलु मात्र खाने गरेकी ती युवतीलाई अरु खानेकुरा खान मन नलाग्ने मात्र होइन अन्य खानेकुरा पकाएको बासना समेत मन पर्दैन । तर उनले आलुसँगै पनिर र बर्गर भने खाने गरेकी छिन्् ।

क्लेरी जोन नामकी ती युवतीलाई आजकल आलु खाँदाखाँदा हैरान लाग्न थालेको रहेछ । तर आलु खान कसरी बन्द गर्ने भन्ने जुक्ति भने फुर्न सकेको रहेनछ । आफुलाई अरु खाना खाँदा नपच्ने र अरु नयाँ खाना खाँदा विरामी पर्ने उनी बताउँछिन् ।

५ वर्षको उमेरमा लडेर खुट्टा भाँचिएपछि अस्पतालमा उपचार गराइरहेको बेला आमाले खानका लागि ल्याइदिने आलुका परिकार खाँदाखाँदा उनी आलुकी पारखी भइन् र अन्ततः आलुमै समर्पित भइन् । आलु मात्र खाँदा उनको स्वास्थ्य समेत बिग्रँदै गएकोमा उनका बाउआमा चिन्तित बन्न थालेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID