Tuesday 26 March 2013

कामको चक्करमा आफ्नै बिहेको दिन भुलेपछि…

कामकाजी मान्छेले आफ्नो व्यक्तिगत इच्छा तथा आवश्यकता भन्दा कामलाई महत्व दिन्छन् । कतिपयले त आफ्नो जागिरका खातिर व्यक्तिगत जिन्दगीका सुखलाई तिलाञ्जली दिन्छन् । तर वास्तवमा कामका खातिर जिवनको खुसीलाई मार्नेहरु कदापि सुखी मानिस मान्न सकिन्न । जसले काम र व्यक्तिगत जिवनलाई सन्तुलन गर्दै अघि बढाउँछन् उनीहरु नै सफल र सुखी मानिस हुन् ।

सायद यहीँ चरम असफल र दुखी मानिसको सूचिमा चीनका एक मानिस थपिएका छन् । उनले कामको चक्करमा आफ्नो बिहेको दिन समेत भुलेका छन् । ती अभागी आफ्नो जागिरे काममा यदि व्यस्त भए की आफ्नो बिहेको मिति नै भुले । कामको चापले गर्दा उनलाई आफ्नो बिहे हुन लागेको कुरा पनि याद भएन । बिहेको दिन दुलही पक्ष जन्ती लिएर दुलाहा आउने प्रतिक्षामा बसिरहेको थियो । तर बिचरा बेहुलाले आफ्नो बिहेको तिथी नै भुलेपछि बिहे गर्न जन्ती लिएर जाने कुरै भएन । अन्ततः केटी पक्ष पर्खेको पर्खै भए । रिसले केटी पक्षले लमी तथा केटा पक्षसँगको सम्झौता भंग गर्दै अब बिहे नगर्ने निधो गर्न पुगे ।

अर्को दिन मात्र ती युवकलाई हिजो आफ्नो लगनको दिन रहेको सम्झना भयो । उनले आफ्नो गल्तीको महसुस गर्दै आफु गल्तीबाट लज्जित भएको भन्दै केटी पक्षसँग माफी माग्दै पत्रिका र अनलाइनमा समेत विज्ञापन र क्षमा सन्देश छपाए । उनले आफुले अब यस्तो गल्ती कहिल्यै नगर्ने र जिन्दगीभर आफ्नी हुनेवाला बेहुलीलाई खुसी दिने बाचा पनि गरे । तर उनको त्यो क्षमायाचनालाई केटी पक्षले अहिलेसम्म कुनै सुनुवाई गरेको छैन । हेरौँ केटाको त्यो गम्भीर गल्तीलाई केटी पक्षले माफी दिन्छन् दिन्नन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID