Tuesday 26 March 2013

मलेसियामा नेपालीमाथि आक्रमण, मृत्युको खबर मिथ्या

तीन घाइते, नौ पक्राउ रामचन्द्र नेपाल/भीम तामाङ अपडेटः १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली बसिरहेको होस्टलमा गएराति स्थानीय मलेसियन युवाहरुको समूहले सांघातिक आक्रमण गरेको छ । स्थानीय समयअनुसार साँझ करिव ८ बजेतिर सुरुमा ४ जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुले आक्रामण प्रयास गरेका थिए । उनीहरु उल्टै पिटाइ खाएर फर्किएपछि करिब साढे दुई सयको संख्यामा आएका स्थानीय युवाहरुले नेपालीहरुमाथि आक्रमण गरेका थिए । प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार तरबार, रड र घरेलु हतियारसहित आएका ती युवाहरुको आक्रमणबाट तीनजना घाइते भएका छन । जसमध्ये दुइजनाको अवस्था गम्भीर छ भने अन्य केही युवाहरु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु पछि हटेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गर्नुपरेको थियो । जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी बोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउकोभन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । स्थानीय क्लिनिकमा भेटिएका एक नेपालीले भने आफ्नो अवस्था समान्य भएको भन्दै परिचय नखुलाइदिन आग्रह गरे । प्रहरीले घटनामा संलग्न ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यसबाहेक कुनै पनि पनि नेपाली नियन्त्रणमा नरहेको र घटनामा कसैको पनि हताहती नभएको प्रहरीले जानकारी दियो । होस्टलमा रहेका नेपाली कामदारहरुले आफ्ना १२ साथीहरु हराइरहेको बताए पनि नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीले ९ जना प्रहरी नियन्त्रणमा र ३ जना अस्पतालमा रहेको जानकारी दिएपछि उनीहरुले आफ्ना सवै साथीहरु सम्पर्कमा आएको र हताहती नभएको बताए । प्रहरी नियन्त्रणमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भोलि हिरासतमा भेट्ने कार्यक्रम छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID