Friday 1 February 2013

फेसबुकमा नग्न पृष्ठ

लन्डन, माघ १६ - मानवीय चिन्तन र सोचको सीमा हुन्न । संसारको एक कुनामा गलत मानिएको विचारलाई अर्को मुलुकमा सम्मान प्राप्त भइरहेको हुन्छ । साउथ वेस्ट इंग्ल्यान्डको विल्टसर काउन्टीकी लियेन मायर्सले एक राम्रो कामका लागि फेसबुकमा एक नग्न पृष्ठ बनाएर तस्बिर पठाउने गरेको अपिलले सोचेभन्दा बढी महत्त्व पाएको छ ।

उनले उक्त पृष्ठका लागि नग्न हुन गरेको आग्रहलाई स्वीकार्नेको ताँती लाग्यो । कठयांगि्रँदो जाडोमा निर्वस्त्र उभिएर खिचाइएको तस्बिरले उक्त पृष्ठ भरिएको छ । इजरायल, अमेरिका, अस्टे्रलिया, जर्मनी, ब्राजिल, इटाली, जापान लगायत संसारभरिबाट पाएको असीम सहयोगबाट मायर्स चकित छन् ।
हुन त यो पृष्ठमा डाउनलोड गरिएका सबै तस्बिरहरू पूर्णतः नग्न छैनन् । तर, आफ्नो संस्कृति र परम्पराअनुरूप सकेजति सबैले लुगा फुकालेका छन् । मायर्सले यीमध्ये केही तस्बिरहरू छानेर आफ्नी छोरी जन्मेको अस्पतालका लागि आर्थिक सहयोग जुटाउन क्यालेन्डर निर्माण गरेर बेच्ने छिन् । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID