Friday 1 February 2013

बसभित्र सामूहिक बलात्कार


  •     ८२ बर्षीयामाथि यौन दुव्र्यवहार !
  •     डेढ वर्षदेखि बलात्कार

पार्किङ गरिएको बसभित्र सामूहिक बलात्कृत भएकी किशोरीको स्थिति गम्भीर बन्दै गएको छ । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन् त कहिले डराउने र चिच्याउने गर्छिन्
रोल्पाकी १५ वर्षे ती किशोरीलाई बुटवल-११ बसपार्कस्थित लु १ ख३६०८ नम्बरको बसभित्र बलात्कार गरिएको थियो । उनी काम खोजी गर्दै दाङबाट गत पुस ७ गते बुटवल आइपुगेकी थिइन् । अपराह्न आइपुगेकी उनलाई काम लगाइदिने भन्दै तीन युवकले बसपार्कमा रोकेका थिए । साँझ तीनै युवाले बसभित्र लगेर सामूहिक करणी गरेको प्रहरीले बताएको छ । सामूहिक करणीबाट घाइते किशोरीलाई राति इलाका प्रहरीले उद्धार गरेको थियो ।

पीडितको अवस्था नाजुक रहेको र अभियुक्तहरू भाग्न सक्ने भन्दै घटनालाई सार्वजनिक गरिएको थिएन । अहिले जबर्जस्ती करणी अभियोगमा बुटवल-९ का भीमबहादुर सुनार, रमेश थापा र वालिङ स्याङ्जाका हरि पाठक पक्राउ परेका छन् । अभियुक्त पक्राउपछि मात्र प्रहरीले घटना सार्वजनिक गरेको हो । अभियुक्तहरूमाथि नाबालक जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले बताए ।

महिनाअघि सामूहिक करणीमा परेकी किशोरीको शारीरिक तथा मानसिक अवस्था कमजोर छ । उनी अचेत अवस्थामा रहने गरेकी छन् । कोही नजिक जाँदा डराउने र चिच्याउने गर्छिन् । परिवारसित सम्पर्क नभएकी उनलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत केआई नेपालले संरक्षण दिएको छ । संस्थाको पहलमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शारीरिक तथा मानसिक उपचार भइरहेको छ ।

चिकित्सकले अझै एक महिना उपचार गर्नुपर्ने बताएको संस्थाका कार्यक्रम सहसंयोजक ईश्वरीप्रसाद सापकोटाले बताए । उनको पाठेघर च्यातिएको पनि चिकित्सकले बताए । प्रहरीका अनुसार किशोरी रोल्पामा सानीआमासँग बस्दै आएकी थिइन् । बाबु कमाउन भारत गएपछि सौतेनी आमाबाट दुव्र्यवहार सहन नसकेर काकाको घर दाङ पुगेकी किशोरी त्यहाँबाट काम खोज्दै बुटवल आइपुगेकी थिइन् ।

८२ बर्षीयामाथि यौन दुव्र्यवहार !

ओखलढुंगा- यहाँस्थित रामबजारमा साताअघि गम्भीर घाइते अवस्थामा भेटिएकी ८२ वषर्ीया वृद्धामाथि यौन दुव्र्यवहार भएको शंका छ । मानसिक सन्तुलन गुमेकी नारायणस्थान-१, लामिसोतीकी धनमाया बस्नेत सडकछेउमै रगताम्य भेटिएकी थिइन् । महिला अधिकारकर्मीले यौन दुव्र्यवहारको आशंका गरेका छन् । घटनाको भोलिपल्टै आमा समूह सञ्जाल, महिला मानव अधिकार रक्षक र अन्तरपार्टी महिला सञ्जालले संयुक्त रूपमा घटनाको यथार्थ बुझी दोषीमाथि कारबाहीको मागसहित जिल्ला प्रहरीमा ठाडो निवेदन दिए पनि प्रहरी गम्भीर नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले सोमबार प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकलाई घटनास्थलको निरीक्षण गर्न अनुरोध गरेपछि जिल्ला प्रहरी निरीक्षक राजकुमार यादवलाई घटनास्थल निरीक्षण गर्न पठाएको थियो ।

डेढ वर्षदेखि बलात्कार

प्रेमकुमारी घले

लमजुङ- नेपाल उद्योग वाणिज्य संघ भोटेओडार इकाई पूर्वअध्यक्ष केदारबहादुर थापाले आफ्नै घरमा काम गर्ने १४ वषर्ीया बालिकालाई डेढ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ ।

पीडितका परिवारले पीडकलाई कानुनी कारबाही माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

आइतबार नै फरार भएका थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ । दिनहुँ राति-राति रुने र कराउने बालिकाले स्कुलका साथीभाइसँग आफूलाई घरमालिकले गर्ने व्यवहारबारे सुनाएपछि स्थानीय आमा समूहले बालिकालाई शुक्रबार थापाको घरबाट उद्धार गरेको थियो ।

यसअघि बालिकाकी दिदीसमेत थापाको 'कुकृत्यको सिकार भएको' परिवारले आरोप लगाएको छ । तर थापाले घटना सार्वजनिक नगर्न दबाब दिएकाले बाहिर ल्याउन नसकेको परिवारले बताएको महिला अधिकारकर्मी अन्तरपार्टी महिला सञ्जाल लमजुङकी अध्यक्ष इन्दिरा तिवारीले बताइन् । पीडित बालिकाकी आमाका अनुसार पीडक थापाकी साली देवी थापाले आइतबार राति ५० हजार दिन्छु भन्दै घटना सार्वजनिक नगर्न दबाब दिएकी थिइन् ।

यसैबीच दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दै भोटेओडार र सदरमुकाम बेसीसहरका महिलाले सोमबार नाराबाजी गर्दै बजार परिक्रमा गर्नुका साथै प्रशासनमा धर्ना दिए । प्रदर्शनमा बालिकाकी आमासमेत आएकी थिइन् । महिलाले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । ढिलासुस्ती भए कडा आन्दोलनमा उत्रने अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष तिवारीले चेतावनी दिइन् ।

थापाको खोजी र परिवारको सुरक्षाका लागि प्रहरी प्रशासनबाट पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए । बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको भण्डारीले जानकारी दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID