Saturday 2 February 2013

डेटिङ जादा पप स्टारको केश मुण्डन

जापानकी पप स्टार मिनामी मीनिगिशीले आफ्नो ब्याण्डको नियम उल्लंघन गरेकोमा आफ्नो शिर मुण्डन गरेर माफी मागेका छिन् । जापानमा शिर मुण्डन माफी माग्ने परम्परागत तरिका हो ।उनले प्रेमीसँग डेट जान नपाउने आफ्नो ब्याण्ड म्यानजमेन्टको नियम तोडेकी थिइन् । यू-ट्युवमा राखिएको रेकर्डेड सन्देशका अनुसार आफ्ना प्रशंसकहरुसँग माफी माग्दै उनले आफू एकेबी ४८ ब्याण्ड छोड्न नचाहेको बताएकी छिन् । शिर मुण्डन गर्दैमा आफूले माफी नपाउने भन्दै उनले भनेकी छिन्-’यदि यो सम्भव छ भने म हृदयदेखि नै ब्याण्डको सदस्य बन्न चाहन्छु । जे मैले गरे, त्यो मेरो गल्ती थियो र म माफी माग्छु ।’

ब्याण्डको प्रोडक्सन कम्पनीले भने मीनिगिशीले डेटिङको अधिकार नरहने ब्याण्डको मूल नियम तोडेको बताएको छ । साथै व्याण्डले मीनिगिशीलाई पदबाट हटाएको छ ।

प्रशंसकहरुले भने स्टारहरुको निजी जीन्दगी हुने भन्दै पप स्टार मिनामीको बचाउँ गरेका छन् । उनको प्रेमी एक पुरुष ब्याण्डका डान्सर हुन् । हालै मात्र मीनिगिशी आफ्ना प्रेमीको घरबाट निस्कदै गरेको तस्वीर सार्वजनिक भएको थियो । मीनिगिशी सन् २००५ देखि ब्याण्ड एकेबी ४८ को सदस्य छिन् । यो ब्याण्डमा ९० महिला छन्, जसमा किशोरीदेखि २० वर्षसम्मका युवतीहरु छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID