Saturday 2 February 2013

मलाई नेपाली फिल्म खेल्ने रहर छ


भारतको देहरादुनमा जन्मिएर नेपालको राजधानी काठमाण्डौमा पढेकी नायिका उदिता गोस्वामी बलिउडमा चर्चित छिन् । नेपालका पूर्व प्रधानमन्त्री तुलसी गिरीकी नातिनी उदिता नेपाली भाषा राम्रोसँग बोल्छिन् । बलिउडमा पाप, जेहेर, अक्सर, दिल दिया हे, फक्स, किस से प्यार करु, चेज, मेरे दोस्त पिक्चर्स अबी बाँकी हे, डायरी अफ अ बटरफ्लाई लगायतका बलिउड सिनेमामा अभिनय गरिसकेकी छिन् । उनले चर्चित गीत ‘कोलाभरी डी’को नेपाली भर्सन पनि गाइसकेकी छिन् । मंगलबारमात्र एक निर्देशकसँग बिबाह बन्धनमा बाँकिएकी बलिउड हट नायिकाको उपाधी पाइसकेकी गोस्वामीले हिमालय टेलिभिजनसँग गरेको कुराकानीःकसरी भयो तपाईको बलिउडसम्मको यात्रा ?

म दिल्लीमा रहेर मोडलिङ गरिरहेको थिएँ । नायिका तथा निर्मात्री पुजा भट्टले मलाई एउटा म्यागेजिनमा हेर्नुभएको रहेछ । यसपछि उहा मलाई भेट्न दिल्ली आउनुभयो र मलाई मुम्बई बोलाउनुभयो । यसपछि मैले पाप नामक सिनेमा खेलेको हो । सुरुमा त मलाई अभिनय गर्छु जस्तो लागेको थिएन । सुरुसुरुमा गाह्रो भएपनि मैले पछि अभिनयलाई नै आफ्नो भविष्य बनाएँ । म भारतको टप मोडल थिएँ त्यतिबेला ।

कतिको संर्घष गर्नुपर्‍यो ?

मैले त्यस्तो धेरै संघर्ष गर्नुपरेन । म अब हलिउडमा जान चाहन्छु । यसका लागि कुरा पनि भइरहेको छ । मलाई मेरो संघर्षले त्यहाँसम्म पनि पुर्‍याउला जस्तो लागेको छ ।

नेपालसँग धेरै नजिक हुनुहुन्छ, नेपालीहरुलाई कसरी हेर्नुहुन्छ तपाई ?

नेपालीहरुको एउटा कुरा छ, उनीहरु लिन र दिन जानेका छन् । तर उनीहरुको दिमाग खुस्कियो अर्थात रिस उठ्यो भने मारिहाल्छन । यसैले नेपालीलाई खुकुरी देखाउन हँुदैन, उनीहरु रिसाउँछन् ।

चलचित्रको पर्दामा तपाई खुबै हट हुनुहुन्छ, यथार्थमा कत्तिको हट हुनुहुन्छ ?

हा.हा.हा. । मलाई यथार्थ भन्ने शब्द थाहा थिएन, बल्ल थाहा पाएँ अब यसलाई सम्भिmन्छु । म वास्तवमा एकदमै साधारण छु । म बाहिर हिँड्दा हट पहिरन लगाउँदिन, जिन्स नै लगाउन रुचाउँछु । म आज पनि देहरादुनकै युवती हँु । ममा परिवर्तन आउनुपर्ने हो, तर त्यस्तो भएको छैन । मेरो घरमा अझै पनि मःमः र नेपाली खाना पाक्छ । मलाई मेरा पुरानै साथीहरुसँग हिड्न मन लाग्छ, कुकुरको गफ गर्न मन लाग्छ । मलाई सिनेमा नगरीका धेरैजसोसँग सम्वन्ध राख्नु छैन् । किनकी उनीहरुको आफ्नै खालको दुनियाँ छ ।नेपालसँग तपाइको सम्वन्ध कस्तो छ ?

मेरो ममी सिलोङको हो, बुबा हरिद्वारको । हजुरआमा चाहिं जनकपुरको । नेपालको पूर्व प्रधानमन्त्री तुलसी गिरी मेरो हजुरआमाको भाई हो । सानोमा मैले काठमाण्डुको थुप्रै ठाउँ घुमेकी छु । पहिला काठमाण्डुका बाटा ठूला लाग्थे, अहिले साना लाग्छन ।

नेपालको त्यस्तो कुनै घटना याद छ ?

मेरो हजुर आमा र म जनकपुरबाट कत्तै जाँदै थियौं । त्यतिकैमा हामी चढेको बसलाई अर्को बसले ठुलै ठक्कर दियो । मेरो हजुरआमा र म गम्भिर घाइते भयौँ । मेरो शरिरको विभिन्न ठाउँमा चोट लाग्यो, अहिले पनि त्यसको खत बाँकी छ । त्यो घटना त्यतिबेला ठुलो समाचार बनेको थियो । किनकी हामी तुलसी गिरीको परिवारसँग जोडिएका थियौँ । म पशुपति पनि गैरहन्थेँ, मलाई पशुपतिको बारेमा सबै थाहा छ ।

नेपाली सिनेमा हेर्नु भएको छ ? खेल्ने इच्छा छ कि छैन ?

मैले नेपाली सिनेमा आजसम्म हेरेकी छैन । तर सिनेमा खेल्न मन छ । राम्रो स्त्रिmप्ट र अब्बल निर्देशक भयो भने पक्कै पनि खेल्छु ।

नेपाली गीतहरु गाउन सक्नुहुन्छ ?

मलाई नेपाली गानाहरु धेरै आउँछ । जस्तो ‘गैरी खेतको शिरै हान्यो’, लोकगीतमा ‘पानको पात’ जस्ता गीतहरु मलाई याद छ ।

राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ?

मलाई नेपालको होस् या भारतको कुनै पनि देशको राजनीतिमा याद छैन । तर ममा अहिले पनि नेपाली खुन छ । मलाई रिस उठ्यो कि पछि हट्न भन्दा पनि अघि सर्न मन लाग्छ मलाई ।

नेपाली खानेकुरा के मनपर्छ ?

मलाई तितौरा र छुर्पी खुबै मनपर्छ । साथीहरु नेपाल जाने भए भने म तितौरा ल्याउन आग्रह गर्छु ।

अन्त्यमा नेपालमा रहेका लाखौँ युवा फ्यानहरुलाई तपाई के भन्नुहुन्छ ?

तपाइलाई जे गर्न मन लाग्छ त्यो गर्नुहोस् । अरुले तत्कालका लागि तपाइलाई नराम्रो सांेचे पनि पछि त्यो तपाई आफ्नै लागि राम्रो हुनेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID