Wednesday 23 January 2013

श्रीमती हत्या गर्नेलाई जन्मकैद

माघ, कलैया । बारा जिल्ला अदालतले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कलैयाका वकिर महतो कोइरीलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश अवधविहारी सिन्हाको एकल इजलासले कलैया-१४ का ४३ वर्षीय कोइरीलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो र कोइरीले २०६८ चैत २२ गते आफ्नै घरमा श्रीमती लालमतिदेवीको बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID