Wednesday 23 January 2013

चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ

माघ, पाँचथर । आफ्नै श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई आज पक्राउ गरेको छ । श्रीमती हत्याको आरोपमा पक्राउ पर्ने सिदिन–१ का ४० बर्षीय मनकुमार राई हुन् ।
अभियुक्त राईले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी ३५ बर्षीया श्रीमती रेनुकालाई चिर्पटले हिर्काएर हत्या गरेका थिए । राईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती रेनुकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID