Saturday 26 January 2013

समाचार कक्षमै ‘बलात्कार प्रयास’को अभियोग(उजुरी दरखास्त सहित)

१३ माघ, बिराटनगर । सहकर्मी पत्रकारद्वारा ‘जबरजस्ती करणीको उद्योग गरेको’ भन्दै बिराटनगरकी एक महिला सञ्चारकर्मीले मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी छन् । यसबारे छलफल गर्न शनिबार बसेको पत्रकार महासंघ मोरंग शाखाको बैठक विनानिश्कर्ष टुंगिएको छ ।

स्थानीय बिएफएममा कार्यरत् महिला पत्रकारले सोही एफएमका सम्पादक भक्त राईविरुद्ध बुधबार मोरङ प्रहरीमा यस्तो उजुरी दर्ता गराएकी हुन् । एफएममा माघ ६ गते साँझ राईले काम सकेर घर जाने बेलामा समाचार कक्षमा चुकुल लगाएर बत्ती निभाई करिब ४ मिनेट नियन्त्रणमा लिई मुख थुनेर बलात्कारको असफल प्रयास गरेको तर, आफूले प्रतिरोध गरी उम्किएको पीडित पत्रकार रश्मी (नाम परिवर्तन) को जाहेरीमा उल्लेख छ । घटनापछि नेपाल पत्रकार महासंघमा न्यायका लागि पुगेकी रेडियोकर्मीले प्रहरीमा समेत उजुरी दिएकी छन् ।

स्रोतका अनुसार एफएमका स्टेशन म्यानेजर सन्देशदास श्रेष्ठ र एफएमका कर्मचारीहरु मुद्दा फिर्ता लिनुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालयसमेत पुगेका थिए । तर, प्रहरी निरीक्षक शुमा कार्कीले दबाबमा जाहेरी फिर्ता हुन नसक्ने जवाफ दिनुभएको थियो । महिलामाथि हुने हिंसाका घटनामा पीडकलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनु भन्ने सरकारको कडा निर्देशन रहेकाले कसैको दबाब वा पीडितले चाहेर पनि प्रहरीले जाहेरी फिर्ता गर्न नसक्ने मोरङ प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष विक्रम निरौलाले महासंघमा पनि पीडितको उजुरी परेको बताउनुभयो । आरोप लागेपछि शनिबार आफूले पत्रकार राईलाई महासंघबाट निलम्बन गर्ने प्रस्ताव गरेको तर, बहुमत साथीहरुबाट अस्वीकृत भएको अनलाइनखबरलाई बताउनुभयो । ‘भक्तजी महासंघको सदस्य हुनुहुन्छ, उहाँमाथि प्रहरीमा उजुरी परिसकेपछि प्रहरीको अनुसन्धानमा सहयोग होस् भनेर आफूले निलम्बनको प्रस्ताव राखेको र विगतको परम्परा पनि यही रहेको निरौलाले बताउनुभयो, ‘अब प्रहरीको अनुसन्धानलाई पत्रकार महासंघले सहयोग गर्छ । घटनाको निश्पक्ष छानविन हुनुपर्छ र दोषी देखिएमा कानूनी कारवाही हुनुपर्छ ।’ पत्रकार राईले आरोप अस्वीकार गरेको अवस्था रहेकाले अनुसन्धानबाट तथ्य पत्ता लगाइनुपर्ने निरौलाले बताउनुभयो ।

राजनीतिकरण शुरु

पत्रकार-पत्रकारवीचको घटनालाई लिएर जिल्लामा राजनीतिकरणसमेत शुरु भएको छ । प्रेस चौतारी पक्षधर पत्रकारहरु राईलाई जोगाउन लागेको छन् भने प्रेस युनियन, क्रान्तिकारी पत्रकार र मधेसी पत्रकारहरु राईलाई महासंघबाट निलम्बन गरिनुपर्ने पक्षमा छन् । उक्त घटनालाई राजनीतिकरण गर्दै माओवादीसम्वद्ध अखिल नेपाल क्रान्तिकारी महिला संघ मोरङले प्रेस विज्ञप्ति निकालेर कडा कार्वाहीको माग गरेको छ ।

यस्तो छ उजुरी 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID