Saturday 26 January 2013

पर्स बिर्सर्ने पर्यटकले जेलको हावा खाए

पर्स सायद मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण बस्तु हो । क्यास होस वा कार्ड अधिकांशले पर्समै बोक्छन । तर, यही पर्स बिर्सदा कहिलेकाहीं निकै दुःख पाइन्छ । इटलीका पर्यटक ग्राजियानोले पैसा बोकेको पर्स बिर्सदा अमेरिकामा जेलको हावा खानु परेको छ ।

न्यूयोर्कमा रहेको स्टीक एण्ड वीलेन्स्की रेष्टुँरामा पुगेर २ सय ८ डलरको खाना अर्डर गरेका थिए । तर जव उनले खल्ती छामे उनी झसङ्ग भए । खल्तीमा पर्स थिएन ।

उनले रेष्टुँराको क्यासियरसँग प्रस्ताव राखे- धरौटीमा आईफोन राख्ने । तर क्यासियरले उनको प्रस्तावलाई अस्वीकार गरे । अपार्टमेन्टबाट अरु कसैलाई पर्स ल्याइदिन भन्न वा क्रेडिट कार्डमार्फत् तिर्न क्यासियरले सर्त राख्यो । ती दुवै काम गर्न नसकेपछि रेष्टुँरा संचालकले प्रहरीलाई खवर गरे । र उनलाई हिरासतमा लगे ।

भोलीपल्ट उनलाई अदालतसामू पेश गरियो । बिचरा ती पर्यटकले आफ्नो कुनै दोष नभएको जिकिर गरे । अदालतले पैसा तिर्ने सर्तमा उनलाई तत्काल रिहा गर्‍यो ।

ग्राजियानोले रेष्टुँराको त्यो हर्कतप्रति आपत्ति जनाएका छन् । आफ्नो नियत सही भएको भन्दै उनले पर्स बिर्सनुलाई अपराधको रुपमा लिइएकोमा आपत्ति जनाए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID