एमाले नेताहरु मर्न तयार, तर एमाओवादीसँग नझुक्ने
नेकपा एमालेको उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा आइतबार एमालेका शीर्ष नेताहरुले कुनै पनि हालतमा एमाओवादीसँग सम्झौता नगर्ने र बाबुराम भट्टराईलाई जेल हालेर मुलुकलाई उग्रबामपन्थी अराजकतावादबाट मुक्त गरीछाड्ने कसम खाएका छन् ।
कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले नेताहरु मर्न तयार भएको भन्दै साथ दिन कार्यकर्तासँग आग्रह गर्नुभयो । उहाँले संविधानमा मार्ने व्यवस्था नभएकाले बाबुरामलाई जेल हालिने बताउनुभयो । साथै माओवादी नेताहरुले जनताका घरघरमा डुलेर माफी नमागे सबैले जेलमा बास बस्नुपर्ने बताउनुभयो । नेता गौतमले आफूहरु आन्दोलनमा मर्न तयार रहेका भन्दै आफूहरुलाई साथ दिन कार्यकर्तासँग आग्रह गर्नुभयो ।
अर्का बरिष्ठ नेता केपी ओलीले एमाले आफूसँग शक्ति भैकन पनि गान्डिव धनुष फालेको अर्जुनजस्तो शत्रुसँग नलडिकन बसेको साहित्यिक विश्लेषण गर्नुभयो । ओलीले आफ्नो पार्टीलाई बाख्राको घाँटीमा झण्डिएका कामे नलाग्ने लुर्काको संज्ञासमेत दिनुभयो । नेता ओलीले कांग्रेसलाई आफूसँग विचारमा प्रतिश्पर्धा गर्न चुनौती दिनुभयो ।
बरिष्ठ नेता माधवकुमार नेपालले मुलुक असफल राष्ट्र बन्न लागेको बताउँदै कार्यकर्तालाई सोध्नुभयो- ‘देश गम्भीर संकटमा फसेको छ, चन्दा आतंक व्यापक छ, यस्तो ब्रह्मलुट कुनै पनि सरकारका पालामा मच्चिएको थिएन । त्यसैले अब एमाले जाग्ने कि नजाग्ने ? एमालेका कार्यकर्ताहरु सडकमा उत्रने कि नउत्रने ? जनतामा आक्रोश बढिरहेको छ, यसको अगुवाइ एमालेले गर्ने कि नगर्ने ?’
नेता नेपालले प्रधानमन्त्रीले दैलेखवासीलाई गोली ठोक्न आदेश दिएको र प्रचण्डले जनतालाई गुण्डा भनेर अपमानित गरेको भन्दै प्रधानमन्त्रीप्रति आक्रोस पोख्नुभयो- ‘आफूलाई विद्वान भन्ने तर अलिकति पनि बुद्धि नभएका व्यक्ति अहिले प्रधानमन्त्री भएका छन् ।’
पार्टी सचिव शंकर पोखरेलले यो आन्दोदन सरकार फेर्न नभएर लोकतन्त्रका लागि भएको बताउनुभयो । कार्यक्रमका सभापति कृष्णगोपाल श्रेष्ठले निर्णायक आन्दोलन घोषणा हुन अझै बाँकीरहेको बताउनुभयो ।
आइतबार एमाले नेताहरुको बल्खुको भाषण सुन्दा यस्तो लाग्छ, अब एमाले नेताहरु माओवादीसँग कुनै पनि हालतमा झुक्ने र सहमतिमा आउनेवाला छैनन् । उनीहरु कांग्रेसलाईसमेत उछिनेर भए पनि माओवादीलाई मुलुकबाट सधैंका लागि परास्त गर्न कफन बाँधेर मैदानमा उत्रने निधोमा पुगिसकेका छन् । यसले मुलुकको भविश्य अब टेबलबाट नभएर सडकबाटै फैसला हुने बाटोतर्फ लागिसकेको संकेतसमेत गरेको छ ।
हेर्नुहोस्, एमाले नेता गौतम, ओली र पोखरेलको भाषण जस्ताको त्यस्तैः
बाबुरामलाई मार्दैनौं, जेलमा हाल्छौं- वामदेव
काठमाडौंमा ६० लाख मान्छे छन् । यसमा नेकपा एमाले समर्थकहरुको संख्या ठूलो छ । त्यसैले एमालेले २६ गते खुल्ला मञ्चमा आउन आह्वान गर्दा मान्छेहरु मैदानमा उत्रँदैनन् कसरी भन्न सकिन्छ ? मान्छेहरु आन्दोलनमा आउँछन्, तर तपाई कार्यकर्ताहरु पार्टीको आह्वानलाई लिएर जनताको घरघरमा जानुहुन्छ कि जानुहुन्न ? तपाईहरु नसुतिकन रातभरि र नथाकिकन दिनभरि काम गर्नुहुन्छ र आह्वान गर्नुहुन्छ भने जनताले नबुझ्ने र नसुन्ने कुरै हुँदैन ।
कन्फ्युजनहरु छन् । हाम्रो पार्टीभित्र पनि धेरै किसिमका समस्याहरु छन् । कहिले पार्टीभित्र गुटबन्दी, कहिले फुट्छ कि भन्नेजस्ता कुराहरु पनि छन् । हामीले त्यसलाई व्यवस्थापन गरिरहेका छौं । देश जोगाउने कुरा प्रमुख हो ।
बाबुराम भट्टराईले जतिसुकै गरुन्, म गोली खान तयार छु, बालुवाटार छाड्दिँन भने पनि साँच्चिकै गोली खाने अवस्थामा उनले माफी माग्ने छन् । गोली खाने नै अवस्था आयो भने उनले माफी मागेर भन्नेछन्, मैले जीन्दगीभरि ठूलो अपराध गरें । उनलाई गोली नै हान्नुपर्ने छैन । उनले गोली खान तयार छु भने पनि बालुवाटारमा टिकिरहन सक्ने छैनन् ।
हाम्रो देशमात्रै होइन, संसारभरि माओवादीका निम्ति एउटा गम्भीर अवस्था खडा भएको छ । माओवादीले दैलेखका पत्रकार डेकेन्द्र थापालाई जसरी हत्या गरेको छ, नेकपा एमाले र अरु धेरै राजनीतिक पार्टीका नेता कार्यकर्ताको त्यसै गरेर हत्या गरेको छ । आज माओवादी नेताहरु नेपाल छाडेर बाहिर जान सक्दैनन् । मुक्ति प्रधान अमेरिका जानका लागि तयार भएर बसेका थिए, एयरपोर्ट जान तयार भएर बसेका बेलामा अमेरिकी दूतावासबाट उनलाई खबर आयो कि हामीले कूटनीतिक मर्यादालाई कायम राखेर तपाईलाई सूचना दिँदैछौं,तपाई अमेरिका जानुभयो भने पक्राउ पर्नुहुन्छ । तपाई अमेरिका पुग्नुभयो भने र्फकेर आउन सक्नुहुन्न । यसपछि मुक्ति प्रधानले आफ्नो अमेरिका भ्रमण रद्द गरे । यसअघि माओवादी नेताहरु विदेश भ्रमणको तयारी गरिरहेका थिए, अब उनीहरु काहीँ पनि विदेश जानेवाला छैनन् । आज संसारभरि मानव अधिकार हनन गरेका क्रुर कोही छन् भने नेपालका माओवादीभित्र रहेका मानिसहरु छन् भन्ने कुरा विश्वब्यापीरुपमा गएको छ ।
अब माओवादी नेताहरुसित नेपाली जनताको घरघरमा गएर माफी माग्नुभन्दा अर्को विकल्पै छैन । दैलेखमा डेकेन्द्र थापा मारिएका ठाउँमा माओवादी नेताहरुले गएर माफी माग्नुपर्छ । मुक्ति अधिकारी मारिएका ठाउँमा गएर माफी माग्नुपर्छ । शिवबहादुर आलेलाई मारेका ठाउँमा गएर माफी माग्नुपर्छ । नेकपा एमालेका दुईसय भन्दा बढी नेता कार्यकर्तालाई माओवादीले नृशंस हत्या गरेका छन् । ती हत्या गरेका ठाउँमा गएर माओवादीले माफी माग्नुपर्छ । नेपाली कांग्रेसका हजारौं कार्यकर्ता मारेको ठाउँमा गएर माफी माग्नुपर्छ । रुाजनीतिक कार्यकर्ताहरु बन्दुक लिएर माओवादीसँग लड्न गएका थिएनन् । तर, उनीहरुले मार्दै हिँडे, काट्दै हिँडे । एउटा ठूलो आतंकको सिर्जना गरे । अब यसको जवाफ नेपाली जनताले खोज्नुपर्छ ।
अब माओवादीका अगाडि दुईवटा मात्रै विकल्प छ, कि बाँचुन्जेल जेलमा गएर सड्ने अथवा नेपाली जनताका अगाडि गएर माफी माग्ने । यस्तो अवस्थामा पुगेको माओवादीका अगाडि अब हामीले डराउनुपर्ने अवस्था छैन । सिंहदरबार नछाडुन्, बालुवाटार नछाडुन् । तर, जनता उठ्ने छन् । हामीलाई यही अवस्था चाहिएको छ । बाबुराम भट्टराई सिंहदरबार र बालुवाटार नछाड्लान् तर जनता त्यहाँभित्र गएर बाबुरामलाई लिएर आउने छन् । मार्न त हामी नमारौंला, किनभने हामीले नै संविधानमा नमार्ने व्यवस्था राखेका छौं । तर, जेल हाल्नेछौं, हाल्नेछौं बाबुराम भट्टराईलाई । र, त्यस ठाउँमा जनताको राज्य स्थापना गर्नेछौं । नेपाली जनताले यही चाहेको छ । र, यो विजय नेपाली जनताको अन्तिम विजय हुनेछ । सामन्ती निरंशुकताललाई हामीले पराजित गर्यौं अब क्रान्तिकारिताको नाममा आतंक सिर्जना गर्ने, विदेशीका अगाडि आत्मसमर्पण गर्न लगाएर देशलाई संघीयताका नाममा टुक्राटुक्रा पार्नेहरुलाई अन्तिम रुपमा पराजीत गरिने छ । र, यो पराजय नेपालमा उग्रवामपन्थी अराजकतावादको अन्तिम पराजय हुनेछ । नेकपा एमालेले अब यसको नेतृत्व गर्नुपर्छ । यो नेतृत्व आज तपाई हाम्रो काँधमा आएको छ । हामी त बूढा भयौं, तपाईहरु जवान हुनुहुन्छ, तपाई जवानहरुले अब यो देशलाई बोक्नुहुन्छ कि बोक्नुहुन्न ? तपाईहरुका अगाडि यही प्रश्न खडा भएको छ । हामी नेताहरु अब अगाडि जान्छौं, मर्न पनि तयार छौं । तपाईहरु हामीलाई साथ दिन अगाडि बढ्नोस् । माओवादी अराजकतावादलाई हामी पराजित गर्छौं गर्छौं गर्छौं । कुनै पनि हातमा पराजीत गर्छौं, देश पनि जोगाउँछौं, सम्वृद्धि पनि ल्याउँछौं । समाजवादतर्फ लिएर पनि जान्छौं । नेकपा एमाले यसको नेता हो ।
एमाले बाख्राको घाँटीमा झुण्डिएको लुर्का होइन-ओली
अहिलेको संक्रमण काल सामान्य होइन । यतिबेला हामी एउटा जटिल अवस्थामा छौं । यतिबेला हाम्रो संक्रमणकाल बडो गम्भीर अवस्थामा छ । जहिले पनि ठूला राजनीतिक परिवर्तनहरु संक्रमण कालबाट गुजि्रन्छन् । शासकहरु फेरिन्छन्, शासन फेरिदा प्रणालीहरु फेरिन्छन्,व्यवस्थाहरु फेरिन्छन् । व्यवस्था फेरिँदा संविधान फेरिन्छ, कानूनहरु फेरिन्छन् । यसरी पुरानोलाई भत्काएर नयाँ कहाँ लान खोजिएको हो, त्यहाँ पुर्याउनका लागि नयाँ प्रणाली व्यवस्थित गर्नुपर्ने हुन्छ । यो अवधिलाई हामी संक्रमणकाल भन्छौं ।
ठूला परिवर्तनपछि संक्रमणकाल हुन्छन्, यो स्वाभाविक हो । तर, अहिले हामी जटिल खालको संक्रमणकालमा पर्यौं । जेठ १४ गतेपछि संक्रमणकाले जटिलता र गंभीरताको मोड लियो । यस्तो किन भयो ? सामान्यतः शान्ति र लोकतन्त्र पक्षधर शक्तिको हातमा नै नेतृत्व छ भने संक्रमणकाल सहज ढंगले अगाडि बढ्छ । तर, जानुपर्ने गन्तव्य छ शान्तितिर, नेतृत्व छ हिंसावादीका हातमा भने अब मुलुक फस्यो । जानुपर्नेछ लोकतन्त्रतिर तर, अधिनायकवादीका हातमा नेतृत्व छ भने उसले मुलुकलाई लोकतन्त्रतिर लाँदैन अनि मुलुक जटिलतातिर फस्छ ।
संविधानसभा किन असफल भयो ? संविधान किन भनेन ? किन संवैधानिक संकट खडा भयो ? संवैधानिक निकायहरुको रिक्तताको अवस्था किन बन्दैछ ? यो सबै कुरा शान्तिवादी, लोकतन्त्रवादी मूलधारका पार्टी, शक्ति र व्यक्तिहरुले गर्दा होइन । दक्षिणपन्थी अतिवादलाई हामीले विस्थापित गर्यौं । सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई विस्थापित गर्यौं । हिंसावादी अतिवादी उग्रवादी माओवादीका कारणले गर्दा जटिल र अनौठो खालको सं्रक्रमणकाल हाम्रो देशमा छँदै थियो । यहाँ दक्षिणपन्थी अतिवादसँग मुकाविला गरिरहँदा शान्ति प्रक्रियालाई अवसरका रुपमा प्रयोग गर्ने र अलोकतान्त्रिक एकाधिकारवादी अभिष्ट प्राप्त गर्न कोशिस गर्ने माओवादीसमेत यसमा मिसिएर आयो । मिसियोमात्रै होइन, संविधानसभाको निर्वाचनको गलत परिणामका कारणले गर्दा माओवादी प्रमुख शक्तिका रुपमा आयो । शान्ति स्थापना गर्नुपर्नेछ तर हिंसावादी प्रमुख शक्तिका रुपमा संविधानसभामा आयो । लोकतन्त्र सुदृढ गर्नुपर्ने छ, तर अलोकतान्त्रिक, एकाधिकारवादी, स्वेच्छाचारी खालको उग्र वामपन्थी शक्ति प्रमुख शक्तिका रुपमा आयो । यही अनुपयुक्त संविधानसभालाई पनि सही परिणाम दिने हाम्रो भूमिका सफल हुन सकेन । माओवादीले या त आफ्नो छाप लागेको संविधान चाहियो, या संविधान हुँदैन भन्यो । यसरी माओवादीले संविधान बन्न दिएन । अत्यन्त धूर्तताका साथ देशभित्र र बाहिरका शक्तिहरुलाई ढाँटेर सरकारमा गयो । कतिपयका स्वार्थहरुलाई पूरा गरेर राष्ट्रहित विपरीत, देशद्रोही, जनविरोधी कामहरु गर्दै धोकापूर्ण ढंगले सरकार प्राप्त गर्ने र त्यो सरकारमा कायम रहने तर, सहमतिको निकटमा पुगेको अभियन गर्ने, सहमति नगर्ने, भैहाल्यो भने त्यसलाई तोड्ने काम गरियो । र माओवादी असहमतिको बाटोमा हिँड्यो । सरकामा टिकिरहने मनसायले नगर्ने चुनावको घोषणा गर्यो ।
संविधान बन्न नदिने माओवादी हो । संविधानसभा सिध्याउने माओवादी हो । यो देशमा संघीय शासन पनि माओवादीले नै हुन दिँदैन । धेरै मान्छे संघीयता भनेका छन्, माओवादीका पछि कुदेका छन् । उल्टो गरेका छन् । माओवादीको न दस्ताबेजमा संघीयता छ, न मनमा संघीयता छ । माओवादी संघीयताको पक्षधर छैन । माओवादी साम्प्रदायिक विद्धेष र साम्प्रदायिक घृणाको पक्षमा छ । एकल जातीय स्वायत्त, त्यो पनि आत्मनिर्णयको अधिकार, फुट्न पाउने अधिकारसहितको एकल जातीय स्वायत्तता शासनको पक्षमा छ । एकल जातीय स्वायत्तता भनेको संघीयता होइन । यहाँ मान्छेहरु हेर्दा पढेलेखेकै जस्ता पनि देखिन्छन्, कसैकसैले त डाक्टर पनि लेखेको देखिन्छ, कोही कोही लामो इतिहास भएका भन्नेहरु पनि छन् । तर, बहकिँदै गएपछि मान्छे यति बहकिँदोरहेछ, माओवादी संघीयताको पक्षमा छैन भन्ने कुरो पनि थाहा पाउँदैनरहेछ र माओवादीकै पछि लाग्दोरहेछ ।
जबज धारण गरेको, लामो अनुभव बोकेको, राणाशाहीसँग लडेको, पञ्चायती ढालेको, राजतन्त्र फालेको अनि माओवादीलाई जंगलबाट समातेर घिस्याउँदै शान्ति प्रक्रियामा यहाँसम्म ल्याइपुर्याएको एमाले पार्टी यहाँ छँदैछ, फेरि देश संकटमा छ । यो त महाभारतको कथामा अर्जनले गान्डिव धनु फ्याँकेर के लड्ने भनेजस्तो स्थिति देखियो । गान्डिव पनि छ, अर्जुन पनि छ, सीप पनि छ, पाखुरा पनि छ, सारथी कृष्ण छ, तर नलडेपछि के गर्ने ? शत्रु खुशी हुने, आफ्ना सबै निराश हुने । हामीसँग जबज छ । हामीसँग संगठन छ, जनताको विश्वास छ । हामीसँग अनेक अनुभवहरु छन् । हामीसँग दुनियाँको आशा, भरोसा छ । यस्तो अवस्थामा यत्रो पार्टी Û
मैले थुप्रै ठाउँमा भन्ने गर्छु के हाम्रो पार्टी बाख्राको घाँटीमा झुण्डिएको लुर्का हो ? थुनजस्तो देखिन्छ, दूध आउँदैन । पुच्छर होइन, झिंगा धपाउन पनि काम लाग्दैन । न सुन्न कामलाग्छ, न सुँध्न काम लाग्छ, न खान काम लाग्छ, केही पनि काम लाग्दैन । तैपनि लुर्काचाँहि झुण्डिरहेको हुन्छ । नेकपा एमाले भनेको यस देशको बाख्राको लुर्का होइन । कहिले कहिले निस्कने मधु र कैटबहरुलाई ठेगान लगाएर अगाडि जाने पार्टी हो नेकपा एमाले ।
अहिलेको परिस्थितिमा यो सरकारलाई एकछिन पनि राख्न मिल्दैन । बाबुराम सरकारलाई राजीनामा गर भन्ने हैन, उनी कामचलाउमात्रै हुन् । उनीहरु कामचलाऊ भएर नै टिकिरहन चाहन्छन् । यही सरकार २०/२५ वर्ष जान्छ भनेर कुनै केटाकेटीले गुच्चा खेल्दा भनेको कुरा होइन । यस्तो अवस्थामा यो सरकालाई अर्को सरकार गठनद्वारा विस्थापन गर्नुपर्छ । यो सरकारको राजीनामाको प्रश्न होइन, यो हटिसकेको छ । तर, हटे पनि हट्न मान्दैन । तपाईहरुले सुनिहाल्नु भो, गोली खाएर मर्छु, झुण्डिएर मर्छु, सेरिएर मर्छु सरकार छाड्दिन भनिराखेको । यसो भएको हुनाले आज राष्ट्रियता जस्तो खतरामा परेको छ, लोकतन्त्र खतरामा परेको छ, जसरी संक्रमणकाल लम्ब्याउने षड्यन्त्र भैरहेको छ, देशलाई अग्रगामी परिवर्तनतर्फ जान नदिने षड्यन्त्र भैराखेको छ, त्यसबाट देशलाई मुक्त गर्नका लागि जनतालाई सचेत पार्नुपर्छ । माओवादीको धाकधम्की, त्रास, भ्रम सबै कुराबाट जनतालाई मुक्त गरेर देशलाई अगाडि बढाउने कामको नेतृत्व गर्न नेकपा एमालेले अहिले विशेष ढंगको भूमिका खेल्नुपरेको छ ।
हामीले यसो भनिरहँदा हाम्रो सहयात्रामा रहेका कतिपय मित्रहरु झस्किन्छन् होला । हामी स्पष्ट छौं, ००७ सालमा कम्युनिष्टको सहयोग रहे पनि कांग्रेसले नेतृत्व गरेको थियो । ०४६ को आन्दालेन बैचारिक ढंगले एमालेले नेतृत्व गरेको थियो, व्यहारिकरुपमा कंग्रेसले संयुक्त नेतृत्व लियो । ०६२/०६३ को आन्दोलनमा वास्तवमा नेकपा एमालेको अगुवाइ थियो, यद्यपि नेपाली कांग्रेसको मानसिकताका कारण। खासगरी गिरिजाप्रसाद कोइरालाको कारणले गर्दा त्यसबेला पनि नेपाली कांग्रेसको नेतृत्व भन्ने भयो । तर, व्यवहारिक नेतृत्व एमालेको थियो । अबको आन्दोलनलाई नेकपा एमालेले दृढताका साथ वैचारिक रुपमा हाँकेर अगाडि बढ्दैन भने आन्दोलन सम्भव हुँदैन । त्यसकारण नेकपा एमालेले आन्दोलनेको नेतृत्व गर्नुपर्छ । अरु। पनि प्रतिश्पर्धामा आए हुन्छ । एमालेको भन्दा बढ्ता शक्ति लिएर आऊ, एमालेभन्दा व्यवस्थित विचार लिएर आऊ, म उनीहरुलाई भन्न चाहन्छु । तर, यो कुनै गाई कि त्रिशुल खेल्ने कुरा होइन । भवितव्यले हुने कुरा होइन, यो विचारको कुरा हो । यो इतिहासले सुम्पेको अभिभाराको कुरा हो । यो कुरा नेकपा एमालेले बुझ्नुपर्छ । आज आन्दोलन अपरिहार्य छ । पोखरीमा चढाउन लोहोटामा पानी अलिकति पानी बोकेर गएजस्तो तरिका एमालेले गर्नु हुँदैन । नेकपा एमालेले आफ्नो अभिभारा बुझ्नुपर्छ ।
बाबुराम जंगबहादुर बन्ने यात्रामा छन्- पोखरेल
जेठ १४ को मध्यरातमा संविधानसभालाई असफल बनाएर मुलुकलाई अँध्यारो सुरुङतर्फ धकेल्नको लागि माओवादी नेतत्वको सरकारले जेजस्तो प्रपञ्च गरेको छ, आजसम्म आइपुग्दा हाम्रो पार्टीले गरेको विश्लेषण सही थियो भन्ने प्रमाणित भएको छ । बैसाखमा चुनाव हुनसक्ने कुनै स्थिति छैन । चुनाव गर्नका लागि होइन, सत्तामा रहनका लागिमात्रै सरकारले चुनाव घोषणा गरेको हो । संविधानसभाको विघटनपछि राष्ट्रलाई संवैधानिकरुपमा रिक्ततामा पुर्याउने उद्देश्यका साथ ती कामहरु गरिएका थिए भन्ने आज प्रमाणित भएको छ । अहिले मुलुकका सं्रवैधानिक अंगहरु रिक्त हुँदै गइरहेका छन् । शक्ति सन्तुलनको सिद्धान्तलाई समाप्त पारिएको छ । बाबुराम नेतृत्वको सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न उदत्त छन् । सबै प्रकारका लोकतन्त्रका अवयवहरुलाई समाप्त पारेर दुश्प्रयासमा जुटिरहेका छन् ।
बाबुराम भट्टराई जंगबहादुर बन्ने अभियानमा जुटिहेका छन् । बाबुराम भट्टराई त्यसैगरी शक्तिकेन्द्रको आडमा मुलुकलाई अधिनायकवादतिर लैजाने र राष्ट्रिय स्वाधीनता र सार्जभौमसत्तालाई नै चुनौती दिने हिसाबमा अघि बढिरहेका छन् । मुलुकलाई यो संकटबाट जोगाउन लोकतान्त्रिक, देशभक्त शक्तिहरु एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ भन्ने मान्यताका आधारमा प्रतिपक्षी दलहरुले सडक आन्दोलनको घोषणा गरेका छन् ।
दैलेखबाट आन्दोलनको घोषणा भएको छ र देखव्यापी आन्दोलन शुभारम्भ भएको छ । १२ गते देशका ७५ वटै जिल्लामा विरोधसभाहरु सम्पन्न भएका छन् । हामीले जुन किसिमको तयारी गरेका थियौं, यो परिप्रेक्ष्यमा जनताको उल्लेख्य सहभागिता रह्यो । पहिलो चरणका १२ गतेको कार्यक्रम अत्यन्त सफलतापूर्णरुपमा सम्पन्न भएको छ । हामी उपत्यकामा १६ गतेको कार्यक्रमको तयारीमा लागेका छौं । १६ गतेलाई हामीले सहिद सप्ताहसँग जोडेका छौं । सहिद सप्ताहलाई सर्वसत्तावादको विरोध र भण्डाफोर सप्ताहका रुपमा मनाइने छ ।
यो आन्दोलन एउटा व्यक्तिलाई प्रधानमन्त्रीबाट हटाएर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि हो भन्ने ढंगले प्रचार गर्ने गरिएको छ । यो आन्दोलन सरकार परिवर्तनका लागिमात्रै गरिएको होइन । यो लोकतन्त्रका लागि गरिएको आन्दोलन हो ।

No comments:
Post a Comment