Sunday 30 December 2012

७ फिटकी उर्मिला हेर्न भीड

७ दशमलव २ फिट उचाइ भएकी उर्मिलाकुमारी चौधरीलाई हेर्नेको मंगलबार भीड लागेको छ । सिरहा ढोरना–३ की चौधरी मंगलबार भक्तपुरको लोकन्थलीमा उपचारका लागि आएपछि उनलाई हेर्न लोकन्थलीस्थित मितेरी अस्पतालमा भीड लागेको हो । उनको तौल एक सय १५ किलो छ । दुई वर्षदेखि चौधरीको स्वास्थ्य परीक्षण गरिरहेका डा. वीरेन्द्र झापालीले चौधरीको टाउमा ट्युमरको समस्या भएका कारण पिटुउटरी ग्यान्डमा असर पर्न गई शरीरको उचाइ तीव्र रूपमा वृद्धि भएको बताए । असामान्य उचाइले गर्दा घरमा सीधा भएर उभिन, सार्वजनिक सवारीसाधनमा आवत–जावत गर्न नै समस्या हुने गरेको उनको भनाइ छ ।
दुई वर्षदेखिको लगातार उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि आफूलाई उपचार गर्ने डा.झापालीलाई मंगलबार भेटघाट गर्न उनी मितेरी अस्पताल आएकी हुन् । पहिलाको तुलनामा अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको जानकारी दिइएको थियो । सानै उमेरदेखि आङ्खनो सबै शरीरका अंग बढ्न थालेको बताउँदै चौधरीले भनिन्, ‘अहिले भने पहिलाको तुलनामा धेरै कम भइसकेको छ ।’
चौधरीकी आमा चन्द्रादेवीका अनुसार एक छोरा र दुई छोरीमध्ये कान्छी छोरी उर्मिलाको उचाइ मात्र यसरी तीव्र गतिमा बढेको हो । आङ्खनी छोरी ७ दशमलव २ फिट अग्लो भएकोमा आमा चन्द्रादेवी निकै चिन्तित छिन् । ट्युमरले गर्दा मानिसको शरीरमा नयाँ नयाँ हर्मोन उत्पादन गर्छ र हर्मोनकै कारणले शरीरका अंगहरू तीव्र गतिमा विकास हुने डा. झापालीको भनाइ छ । चौधरीको टाउकोको ट्युमर करिब ९० प्रतिशले कम भइसकेको छ भने बाँकी बिस्तारै कम भई केही महिनामा पूर्ण रूपमा निको हुने उनले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID