Sunday 30 December 2012

मलेसियामा हराएका यी नेपालीको अत्तो पत्तो छैन ?

१३ पुस, क्वालालम्पुर । कम्पनीभित्रैबाट प्रहरीद्वारा पक्राउ परेका चार नेपाली श्रमिक करिव एक महिनादेखि वेपत्ता छन् ।
नेपालमा म्यानपावरसँग भएको सम्झौताअनुसारको काम मलेसियामा नपाएपछि काम रोकेर वसेको अवस्थामा नोभेम्बर २६ तारिखमा उनीहरु पक्राउ परेका थिए । कमाउन गएको छोरा बेपत्ता भएपछि नेपालमा रहेका परिवारले उनीहरुको खोजी गरिदिन आग्रह गरेका छन् ।
मलेसियाको क्वान्तानमा रहेको एक सिफुड रेष्टुरेष्टमा कार्यरत रुकुमका लोकेश पुन, सल्यानका हाकिम वुढा, नवलपरासीका कमल गुरुङ र रुकुमका ओपिराम खड्कालाई प्रहरीले पक्रेको थियो ।
गत वर्षको जुलाई सात तारिखका दिन मलेसिया आएका उनीहरुलाई आठ घण्टाको आठ सय रिंगेट तलव पाउने सम्झौतामा आएका थिए । तर उनीहरुले यहाँ १८ घण्टा काम गर्दा पनि आठ सय भन्दा वढि नहुने, विरामि हुँदा पनि उपचार नगर्ने, मासिक रुपमा दुईसय रुपैयाँ काट्ने गरेपछि कामकाज रोकेका थिए । काम रोकेर वसेकै अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
दश जना नेपाली श्रमिकहरुले काम रोकेको भए पनि ६ जना काममा फर्किएका थिए । स्थानिय नेपाली समाजसेवि रुपलाल वावुको मध्यस्थतामा नेपाली श्रमिकहरुलाई कम्पनीले नयाँ सेवा र सुविधा दिन सहमत भएपछि काममा फर्किएका थिए । चार जनालाई नेपाल पठाउने तयारी भैरेहेको अवस्थामा प्रहरीले पक्रेको बताईएको छ ।
कम्पनीको वारेमा र प्रहरीले प्रकाउ गरेका नेपालीहरुको अवस्था वुझिदिन नेपाली दुतावासमा वारम्वार जानकारी गराउँदा पनि दुतावासले सामान्य सहयोगिको भुमिका मात्रै निभाएको त्यस क्षेत्रका श्रमिकहरुले बताउँदै आएका छन् । आफनो ठाउँमा भएको घटनाको वारेमा दुतावासमा मौखिक र लिखित रुपमा निवेदन दिँदासमेत दुतावासले ध्यान नदिएको उनीहरुको गुनासो छ ।
नेपालवाट दैनिकजसो फोन गरेर आफ्ना छोराहरुको वारेमा सोध्ने गरेको भएपनि आफुहरुले केहि वताउन नसकिएको संगै काम गर्ने साथी कुमार वुढाथोकिले अनलाइनखवरलाई बताए । उनले भने- हामी धर्मसंकटमा पर्‍र्यौ, थाहा छैन कसरी भन्नु ?’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID