Sunday 30 December 2012

बिश्वकै अग्लि किशोरी, ब्याईफ्रेण्डलाई किस गर्न आधा निहुरिनुपर्छ

तस्वीरमा देखाएको ब्राजिलीयन जोडीलाई हेर्नुस् । किशोरी हुन् १७ बषिर्य एलिसानी डा क्रुज सिल्भा । उनको उचाई छ-६ फिट ८ इन्च । अनि उनको हात समाएर हिड्ने युवक हुन् २२ बषिर्य उनका प्रेमी, जसको उचाई छ ५ फिट ४ इन्च ।
आफूभन्दा एक फिट ६ इन्च होचो उनका प्रेमीलाई चुम्बन गर्न यी किशोरीलाई बाँसझैं निहुरिनुपर्छ । हालै ब्राजिलको समुद्री किनारामा रोमान्स गर्दै गरेको अबस्था यो अनौठो जोडी भेटियो । एलिसानी बिश्वकै अग्लि किशोरी हुन् ।

तर यसले उनीहरुको मायामा कुनै असर गरेको छैन् । एलिसानी भन्छिन-’अरु मानिससँग उसले गर्ने ब्यबहार निकै मन पर्छ, अझ उसले मसँग गर्ने ब्यबहारले त म साँच्चिकै भुतुक्क हुन्छु ।’
‘एउटै समस्या के हो भने जव हामी हात समाएर हिड्छौं, उ मेरो सानो भाई वा छोराजस्तो देखिन्छ ।’- मोडल बन्ने सपना बोकेकी यी किशोरीले भनिन् । प्रेमी फ्रान्सिनाल्डो निर्माण मजदुर हुन् । प्रेमीका अग्लि भएपनि उनलाई खासै समस्या छैन् । ‘उनी अग्लि त छिन तर खासै फरक पर्दैन, किनकी उनी निकै सुन्दरी छिन, मायालु छिन ।’
एक अर्कालाई कसरी अंकमाल गर्नुहुन्छ भन्ने प्रश्नमा फ्रान्सिनाल्डो भन्छन-’सवै काम गर्ने हाम्रा आफ्नै तरिका हुन्छन, उनीसँग हुँदा म निकै रिल्याक्स महसुस गर्छु, बाँकीले के भन्छन मलाई मतलव छैन् ।’
उचाई निर्धारण गर्ने पिट्यटरी ग्ल्याडमा आएको ट्युमरका कारण उनको उचाई अस्वभाविक तरिकाले बढेको चिकित्सकहरुले बताएका छन् । अहिले उनको ट्युमर निकालिसकिएको छ र उचाई बढ्ने क्रम पनि रोकिएको छ । धेरै उचाईकै कारण सानोमा उनी स्कुल बस चढन सक्दैनथिइन, स्कुलमा साथीहरुले जिस्काउँथे । जसले गर्दा उनले बिचमै पढाई छाड्नुपर्‍यो । उनी अहिले एउटा सानो घरमा आमा, बहिनी र सौतेलो बाउसँग बस्छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID