Wednesday 26 December 2012

टेलिकमको बढी भएको सिडिएमए फ्रिक्वेन्सी फिर्ता माग्ने तयारी

काठमाडौं, पुस ११ नेपाल दूरसञ्चार प्राधिकरणले सिडिएमए सेवाको बढी भएको फ्रिक्वेन्सी नेपाल टेलिकमसँग फिर्ता माग्ने तयारी गरेको छ ।
रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीतिमा तोकिएभन्दा बढी सिडिएमए फ्रिक्वेन्सी टेलिकमले ओगटिरहेकाले दूरसञ्चार प्राधिकरणले बढी भएको फ्रिक्वेन्सी फिर्ता लिने तयारी थालेको हो । कात्तिक १९ गतेदेखि कार्यान्वयनमा आएको नयाँ नीतिअनुसार ५ मेगाहर्ज भन्दा बढीको फ्रिक्वेन्सी राख्न नपाउने प्रावधान छ । तर टेलिकमले अहिले सिडिएमए तथा वायरलेश सेवाका लागि ८ मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । दूरसञ्चार प्राधिकरण फ्रिक्वेन्सी सेवा विभागका प्रमुख अमर स्थापितले टेलिकमसँग बढी भएको फ्रिक्वेन्सी फिर्ता लिन तयारी थालेको जानकारी दिनुभयो । उहाँले सिडिएमए सेवाका अहिलेका ग्राहकअनुसार टेलिकमलाई ५ मेगाहर्जभन्दा बढी फ्रिक्वेन्सी आवश्यक नपर्ने पनि बताउनुभयो । तर टेलिकमले भने प्रयोग गरिरहेको फ्रिक्वेन्सी फिर्ता गर्न नसकिने भन्दै आएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID