Saturday, 20 December 2014

यसरि सार्वजनिक ठाउँमा नायिका को स्तन समाते पछि हंगामा (भिडियो सहित)


This is how the heroine of the breast in public places, after the commotion caught (including video)

पुरुषहरु पनि ‘महिनाबारी’ हुने भए के हुन्थ्यो ? के उत्तर दिन्छन् किशोरकिशोरीहरू (भिडियो सहित)

पुरुषहरु पनि ‘महिनाबारी’ हुने भए के हुन्थ्यो ?के उत्तर दिन्छन् किशोरकिशोरीहरू । पूर्वीय समाजका महिलाहरु महिनाबारीबारे खुलेर कुरा गर्न सक्दैनन् । परम्परागत समाजले यस्तो विषयमा कुरा गरेको निको पनि मान्दैन । सामाजिक कारणले नै महिला स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण मुद्दाले अनेकौं भ्रमको सिर्जना गर्छ । तर, पछिल्लो समयमा केही युवाहरु डक्यूमेन्ट्री र फिल्मका माध्यमबाट मानिसहरुबीच यससम्बन्धमा जागरुकता बढाउने काम गरिरहेका छन् ।
भारतको दिल्लीका अनिश बांगिया र श्रेय छाबडाले यस विषयमा बनाएको भिडियो अहिले यूट्यूबमा भाइरल भइरहेको छ । यो भिडियोको विषय हो, ‘ह्वाट इफ बोइज ह्याड पिरियड्स’ केटाहरुलाई पनि महिनाबारी हुने भए के हुन्थ्यो ? भिडियोमा केही युवाहरुसँग यही प्रश्न सोधिएको छ । केही उत्तर हास्यास्पद छन् भने केही निकै गम्भिर । डक्युमेन्ट्री निर्माता भन्छन्, “यस्तो विषयमा मानिसमा जागरुकता ल्याउन ह्युमरस डक्यूमेन्ट्री वनाईएको छ ।

‘काठमाडौं उपत्यकाभित्र किशोरीकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध,सम्पर्क नम्बर सहित

पुस ५, काठमाडौं  – ‘काठमाडौं उपत्यकाभित्र किशोरीकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९६९९९२१,९८०८९७०१११ मा फोन गर्नुहोला ।’ यो सन्देश शुक्रबार उपत्यकाभर भाइरल भयो । स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका प्रहरी, न्यायाधीश, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोवाइलमा पुगेको थियो । होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशेषण (सीएसईसी) को अवस्थाबारे जानकारी गर्न अभियानका रुपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख छ । सन्देश भने शुक्रबार मात्रै भाइरल भएको थियो । कार्यक्रमको जानकारी र सन्देस पठाउने सम्बन्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाई समेत भेट्न पुगेका संस्थाका कर्मचारीलाई कार्कीले यस्तो सन्देश पठाउन नहुने जवाफ दिए पनि होम्मेसले जवरजस्ती पठाएको थियो । सन्देश प्रहरीकै उच्च अधिकृतलाई पुगेपछि सोधिखोजी सुरु भएको थियो,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

सलमान ले गरे आफ्नो विहेको घोषणा

बलिउडमा सर्वाधिक चर्चाको विषय बन्ने सलमान खानको विवाह अर्को वर्ष हुने घोषणा सलमान आफैले गरेका छन् । सलमानले बलिउडका तीन खान शाहरुख, आमिर र आफ्नो फिल्म बारे राखिएको जिज्ञासामा आफूलाई तीन खानको फिल्म भन्दा पनि आफ्नो विवाहको पिर रहेको बताए । सन् २०१५ मा तीन खान एकै फिल्ममा देखिने सम्भावना छ कि छैन भनेर उनीसँग सोधिकएको प्रश्नको जवाफमा उनले आफूलाई तीन खानको विवाह भन्दा पनि अर्को वर्ष आफ्नो विवाह भएको हेर्न मन लागेको जवाफ दिएका हुन् । यद्यपी उनले कहिले विवाह गर्न लागेका हुन् प्रष्ट पारेका छैनन् ।

आफै सम्मानित हुने कार्यक्रममा प्रियंका भित्रीवस्त्र बिनै पुगेपछि…(फोटो फिचर)

 सन् २०१४ को अन्तिम महिनाका अन्तिम केही दिनहरु बाँकी छन् । यतिबेला अंग्रेजी एक वर्षभरीका कामहरुको समिक्षा गर्ने र सम्झिने प्रक्रिया चलिनै रहेका छन् ।
यसै सिलसिलामा बलिउडमा वर्षभरी भएका प्रदर्शनलाई आधार मानेर दिइने बिग स्टार इन्टरटेनमेन्ट अवार्ड २०१४ आयोजना गरिएको थियो । १८ डिसेम्बरमा आयोजित उक्त कार्यक्रममा बलिउडका स्टार कलाकारहरुको खचाखत उपस्थिति थियो ।
यस वर्ष ‘एक विलेन’ ले मोस्ट इन्टरटेनिङ थ्रिलर फिल्म, ‘नेपाली कलाकार सुनिल थापाले समेत अभिनय गरेको ‘मेरी कोम’ ले मोस्ट इन्टरटेनिङ सोशल–ड्रामा फिल्म र ‘हैदर’ ले मोस्ट इन्टरटेनिङ फिल्म अफ दि इयर को अवाडए पाएका छन् ।
उक्त कार्यक्रममा महानायक अभिताभ बच्चन, वहिदा रहमान, अभिषेक बच्चन, शाहरुख खान, सलमान खान, सहिद कपुर, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डिसलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा नायिका प्रियंका चोपडा, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले एकसाथ फोटोसमेत खिचाएका थिए । प्रियंकाले फिल्म ‘मेरी कोम’ बाट बिग स्टार मोस्ट इन्टरटेनिङ फिमेल एक्टर इन सोशल–ड्रामा फिल्म अवार्ड समेत पाएकी थिइन् ।
यसवर्ष एशियाकै सेक्सी महिलाको रुपमा समेत परिचय बनाएकी प्रियंका भित्री वस्त्र बिनै कार्यक्रममा सहभागी भएको प्रष्ट देखिन्थ्यो । एक हातमा अवार्ड अर्को हातमा गुलाब र ओठमा मुस्कान छर्दै प्रियंका स्टेजबाट बाहिरिन ।
सलमान खानको ‘किक’ फिल्मको ‘जुम्मे की रात’ गीतको डान्सका लागि नायिका ज्याकलिन फर्नान्डिसले बिग स्टार मोस्ट इन्टरटेनिङ डान्सको अवार्ड पाइन् । अवार्ड वितरण कार्यक्रममा नायक सलमान खानले आफ्नो डान्सबाट सबैको ध्यान खिच्न सफल भएका थिए ।  एजेन्सी ।

साबधान ! हतारमा यौन सम्पर्क गर्दा निकै खतरा

 यौन प्रत्येक उमेरका व्यक्तिको चासो र उत्सुकताको विषय हो। त्यसमध्ये पनि युवा उमेरमा यस विषयमा बढी नै रुचि हुन्छ। यो स्वाभाविक पनि हो। अहिले प्रायः युवा सम्भोगको अनुभव लिन पैसा तिरेर व्यावसायिक यौनकर्मीकहाँ जाने गर्छन्। यो स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त असुरक्षित छ।परामर्शका क्रममा भेटिएका केही व्यक्तिसँगको अनुभवअनुसार यौनकर्मीकहाँ जाँदाका कठिनाइ यसप्रकार छन्।

-प्राक्क्रीडा (फोरप्ले) का लागि समय नदिने
-हतार-हतारमा यौनकर्मीले नै कन्डम लगाइदिने
-प्रेम, आत्मीयताको महसुस नहुने
-तुरुन्त सम्भोगको लागि तयार हुनुपर्ने
-डर बढी हुने।

सम्भोग कुनै यान्त्रिक प्रक्रिया पक्कै पनि होइन। यो त पुरुष र महिलाबीचको आत्मिक क्रिडा हो। त्यसैले हतार-हतारमा, डरमा सम्भोग गरेर वीर्य स्खलन होला तर गहन सम्भोग भने हुन सक्दैन। यौनकर्मीकहाँ गएर गरिने सम्भोगबाट यौन उत्सुकतालाई केही हदसम्म कम गर्न सकिए पनि स्वास्थ्यको दृष्टिबाट भने सुरक्षित मान्न सकिँदैन। प्रायः सेक्स वर्कर्सले नै कन्डम लगाइदिने हुँदा उनीहरूले सही तरिकाले कन्डम लगाउने सम्भावना न्यून हुन्छ। यसरी सम्पर्क राख्दा यौनरोगका साथै एचआइभी/एड्स रोग पनि सर्न सक्छ।

नेपालमा सेक्स वर्कर्सलाई कानुनी रूपमा वैधानिकता नदिएको कारणले लुकीछिपी यौन सम्बन्ध राख्नुपर्ने बाध्यता छ। यसले गर्दा सम्भोगको क्रममा डर भइ नै रहन्छ। यसले सम्भोगलाई झन् फिका बनाउँछ। सेक्स वर्कर्सहरू दिनमा धेरै जनासँग सम्भोग गर्ने हुँदा थाकेको पनि हुन्छ। पैसाको खाँचोले उनीहरूलाई यस पेशामा धकेलेको हुन्छ। उनीहरूलाई आत्मीयतासँग मतलब हुँदैन।

कुनै महिलाको अनुहार हेरेर उसको स्वास्थ्यको मापन गर्न सकिँदैन। त्यसैले सेक्स वकर्सहरूसँगको यौन सम्बन्धलाई कुनै पनि हिसाबले सुरक्षित मान्न सकिन्न।प्रायः पुरुष डरको कारणले पूर्ण रूपमा उत्तेजनामा आउन नसकेर लिंग कडा नहुने, शीघ्र स्खलन हुने, स्खलन नै नहुने समस्या पनि देखिएको छ। यो शारीरिक समस्या नभएर मनोवैज्ञानिक समस्या हो। यसका लागि मानसिक रूपमा तयार हुनु जरुरी छ। त्यसैले सम्भोग जहीँकहीँ हतार गर्नु राम्रो होइन। यसलाई सम्भोग गर्ने स्थान, वातावरण अनुकूल मिलाएर गर्नसके चरमोत्कर्षमा पुग्न सकिन्छ।

असुरक्षित यौन सम्पर्कबाट सर्नसक्ने रोगहरूः

-टोक्सोप्लाज्म 
-एचआइभी/एड्स
-हेपाटाइटिस बी, सी, डी
-सिफिलिस (भिरंगी)
-टाइटोनेगालो भाइरस
-गोनोरिया (धातु रोग)
 
यौनरोगबाट बच्ने उपाय

यौनरोगबाट बच्ने उत्तम उपाय भनेको असुरक्षित यौन सम्पर्क नराख्नु नै हो। आफ्नो यौनसाथीबाहेक अन्यत्र यौन सम्बन्ध सकेसम्म नराख्ने ,राख्नै परे कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ। प्रायः पुरुषले कन्डमको सही तरिकाले प्रयोग नगरेको कारणले धेरै मात्रामा कन्डम फुट्ने गरेको पाइएको छ। कतिको भने सही तरिकाले कडम नलगाएको कारणले गर्दा महिलाको योनीमा कन्डम फस्ने पनि गरेको पाइएको छ। यस्तो अवस्थामा यौन रोग सर्ने सम्भावना हुनुका साथै बिनाइच्छा गर्भधारण पनि हुनसक्छ। त्यसैले जोसमा आएर होस नपुर्‍याई यौन सम्बन्ध राख्दा जीवन नै जोखिममा पर्नसक्ने कुरा भने बिर्सनुहँुदैन।

अहिलेका युवायुवती चुम्बन गर्न खुब मन पराउँछन्। पाश्चात्य जगत्बाट सिकेका धेरै प्रकारका चुम्बन प्य्राक्टिस गर्न उनीहरू उत्सुक रहन्छन्। तीमध्ये टङ किस, फ्रेन्च किस चर्चित छन् युवामाझ। टङ किस गर्दा पनि धेरै कुरामा विचार पुर्‍याउनु आवश्यक हुन्छ। मुखभित्र घाउ भएको अवस्थामा चुम्बन नगरेकै राम्रो हुन्छ। पुरुष-महिलाबीच कुनै एकलाई एचआइभी/एड्स वा यौन रोग लागेको छ र मुखभित्र घाउ भएको छ भने अर्कोलाई पनि सर्ने सम्भावना प्रबल हुन्छ। गुदा मैथुन, मुख मैथुन आदि आफ्नो यौनसाथीबाहेक अरूसँग नगरेकै राम्रो!

जुन पुरुषले उनलाई घुमाउँछ उसैसँग सुत्ने युवती

 कार्तिक, काठमाडौं । १९ वर्षकी मात्र भएकी यी जु पेङ नामकी चिनियाँ सुन्दरीको शोख भने अनौठो छ । उनले जुन शहरमा गयो त्यही नयाँ प्रेमी बनाउन चाहन्छिन् ।खासमा उनलाई जहाँ पुग्यो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने घोषणा समेत गरेकी छिन् । तर त्यस्ता पुरुषलाई प्रेमी बनाउनका लागि उनका केही शर्त छन् ।

उनले यसका लागि विज्ञापन नै दिएकी छिन् ।सामाजिक सञ्जालमा उनले दिएको विज्ञापनमा जु पेङले कुनै पनि युवक जसको १ दशमलव ७५ मिटर छ र ३० वर्ष मुनिको छ उ उनको प्रेमी बन्न सक्छ ।यस्ता युवक सुन्दर र धनी समेत हुनु पर्ने उनको शर्त छ । उनलाई घुमाउने पैसा भएको युवकले मात्र उनीसँग मस्ती गर्न सक्छ ।आफूलाई यसरी घुमाउन पैसा खर्छ गर्ने युवकसँग उनले सेक्स पनि गर्नेछिन् ।पूर्वी संघाइकी विद्यार्थी पेङको यो विज्ञापनले विश्वभरी हंगामा गरेको छ । (एजेन्सी)

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID