Saturday, 13 December 2014

मोडल यसरि कपडा निकाली फोटो सुट दिन थाले पछि |


यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी


यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।
यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बषर्ा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बषर्ा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कणर्ाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

    के हो त यार्सागुम्बा ?

 यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी  हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।
यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा   र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो ।
विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।
हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार््गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै
समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो ।
यार्सागुम्बाको उपयोगिता

संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।
हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।
कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।
हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् । त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार   अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी  चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।

    कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ?

यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए ।

  
    अन्त्यमा

बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ । भर्खरै मात्र पनि १९ जना व्यक्तिहरू हिमपातमा परी मरिसकेका छन् । तर पनि बजार मूल्य राम्रो भएका कारण मान्छेहरूको यस प्रतिको आकर्षण घटेको पाइदैन । नेपाल सरकारले यार्सागुम्बा टिप्न प्रतिबन्ध नलगाए पनि करका रुपमा पैसा उठाउँदै आएको बताउछन् यार्सागुम्बा टिप्न जानेहरू ।

Hindu Nations Mission obstructing the hand harvested: Khum

झापा : हिन्दु राष्ट्र स्थापना अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले सनातन हिन्दु राष्ट्र स्थापनाको अभियानमा अवरोध गर्नेहरूको हात काटिदिने चेतावनी दिएका छन्। झापाको दमकमा शनिबार अभियान सुरुआत गर्दै खड्काले अभियानका क्रममा जस्तोसुकै आक्रमण भए पनि त्यसको सामना गर्ने क्षमता अभियानका कार्यकर्तासँग रहेको दाबी गरे।

ढुक्क भएर हिन्दु राष्ट्र स्थापनाको अभियानमा लाग्न सर्वसाधारणलाई अनुरोध गर्दै उनले भने, 'तपाईंहरू ढुक्क भएर यो अभियानमा लाग्नुस्। हामीसँग जस्तोसुकै चुनौती सामना गर्ने शक्ति छ। कसैले आक्रमण गर्न खोजे त्यसको हातसमेत काटिदिन सक्छौं।' उनले ९४ प्रतिशत ओमकार परिवारका मानिस बसोबास गर्ने नेपालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर ठूलो गल्ती भएको दाबी गरे। खड्काले पहिलो संविधानसभाले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर गरेको गल्ती दोस्रो संविधानसभाले सच्याउनुपर्ने बताए।

दोस्रो संविधानसभाले सच्याउन नसके जनतासमक्ष जानुपर्ने उनको भनाइ थियो। उनले भने, 'दोस्रो संविधानसभाले कुनै पनि हालतमा सनातन हिन्दु राष्ट्र कायम गर्न सक्नुपर्छ। नभए जनतालाई छाडिदिनुपर्छ।' जनतासमक्ष जाने आँट दलहरूले नगरे आन्दोलनबाट हिन्दु राष्ट्र कायम गरेर देखाइदिने चेतावनी उनले दिए।

तत्कालीन हतियारधारी माओवादीसँग १२ बुँदे समझदारी गरेर दलहरूले गम्भीर गल्ती गरेको उनले बताए। उनले सोही बेलादेखि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग आफ्नो विवाद सुरु भएको बताए। '१२ बुँदे समझदारीपछि देशमा जातीय द्वन्द्व मात्रै चुलियो। पहाडबाट मधेसीलाई धपाउने र मधेसबाट पहाडेलाई धपाउने काममात्र भयो', उनले भने। विगतमा कांग्रेस नेतृत्वले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सहयोग गर्नुमा गम्भीर त्रुटि भएको बताउँदै खड्काले आफ्नो अभियानले त्रुटि सच्याउने दाबी गरे। पशुपतिनाथ, फाल्गुनन्द, पाथिभरा, स्वर्गद्वारीलगायत पवित्र तीर्थस्थल रहेको देशमा प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कुरा आपत्तिजनक भएको उनले बताए।

कांग्रेसका युवा नेता मोहम्मद नक्की खाँले अधिकांश हिन्दुको बसोबास रहेकाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेस नेता तारानाथ रानाभाट, सुवर्ण जुहारचन थकाली, कुमार रेग्मीलगायतले बोलेका थिए।
- See more at: http://annapurnapost.com/News.aspx/story/4066#sthash.n2LJwGsn.xVUm7WLu.dpuf

Gaurav and His Friends Kills Aditya.” In the beginning a group of friends, Gaurav and his friends reached to the house of Aditya

Crime Patrol in the present episode has exposed the episode number 111 and it is entitled as, “Gaurav and His Friends Kills Aditya.” In the beginning a group of friends, Gaurav and his friends reached to the house of Aditya but they did not find him in the house. But they took Rahul, the big brother of Aditya. Gaurab played a game so that he can take revenge with that of Aditya.The group of gangs of Gaurab beat him and his friends black and blue. Aditya was severely wounded and Rahul took his brother to the hospital. While he was taken to the hospital, he was declared dead in the hospital. The attack on Aditya was seen by many people including- Rahul and the shopkeepers as well as the pedestrians.

 The murder took place at 10 to 11 PM that night. But no one came to help the guy who was severely beaten. Rahul was totally unknown about the reason for the attack done by Gaurav. Aditya was a teenage boy studying in Success coaching class gets badly beaten up by Gaurav and his friends who are studying in the same coaching class. Parents of Aditya were stunned after they heard the death of Aditya. The police started to investigate as Rahul was the eye witness of the accident.

Rahul said that Aditya was beaten by his own friends. But Rahul did not know the residence of Aditya. All of the boys fled from that town. Gaurab pushed him in the pavement and thus died due to the deep injure ion his head. Nadeem and Krishna were called in the Police Station. Krishna and Aditya were invited in the Birthday of Nadeem. Aditya had called him after attending the birthday party as Aditya called him for compromising about something. Rahul was trapped and then Aditya reached there. Two groups have fought in the open street area and thus killed Aditya. Aditya had a friend, Shreya with whom Gaurav had liked.

A bear survives even after being stunned by the high voltage in an electric pole

The video is related to a poor bear which was stuck in the electric pole. The bear was trapped in the pole and most of the people watched him. The bear which is in the pole tries to come down in the ground. The bear seems to be searching for something else but the bear could not find it. But the bear was seen by most of the people. Here, the bear is shown which falls down in the ground as he suffers from the electric shock. The video is centralized on the black bear which was in the search of something else but the bear could not find. The bear falls down with the blaze of electric shock.

 But the bear was shocked by high voltage wires. However the bear is successful to be alive even after he has confronted such accident. The bear in the beginning has climbed in the pole as it seems that he is in the search of something. He does not know anything about what will happen the next. But the people might have guessed that the bear will fall down. But the electric pole blazed a thunder like noise and the bear falls down.

Thus the video has shown how the bear is fallen down and he is hovered by the men. The bear is then taken to the care center and thus he was declared alive even after he has confronted the electric shock. Some of common characteristics of the modern bears include the larger bodies and the bear which is located in the video is a black bear. They are omnivorous as they feed on entirely on bamboo. They use their shelters as caves and burrows. With the help of people, the bear was alive as it was taken to the care center and thus treated him well.

Thursday, 11 December 2014

पुजनाको जवानी चकलेटमा यसरि छल्कियो (भिडियो सहित )

काठमाडौं, नायिका पूजना प्रधानले निर्माण गरिरहेको नयाँ फिल्म ‘चकलेट’को एउटा गीतको राजधानीमा शनिबार छायाँकन गरिएको छ । निर्मल शर्मा ‘गैडा’ले यो फिल्मको निर्देशन गरिरहेका छन । यो फिल्म पूजना फिल्मस्को ब्यानरमा निर्माण भैरहेको छ भने यस फिल्म ‘चकलेट’लाइ खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गर्दैछन । सडक बालबालिकाहरुको कथामाथि आधारित रहेर यो फिल्मको निर्माण गरिएको छ । यस फिल्ममा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराइ तथा सुमन गैरेले प्रमुख भूमिकामा अभिनय गरिरहेका छन । यस फिल्ममा अन्य सात जना बालबालिकाहरू शीर्ष भूमिकामा रहेका छन । यस फिल्मको नाम चकलेट राख्नुमा बालबालिकालाइ मनपर्ने कुरा चकलेट भएकाले फिल्मको नाम ‘चकलेट’ राखिएको फिल्मकी निर्मात्री तथा नायिका पूजनाले बताएकी छन । यस फिल्मको छायाँकन आगामी दशैं अगाबै सक्ने तयारीमा निर्माण युनिट लागेको छ । यस फिल्मको नयाँ छायाकन भएको गीतको भिडियो हेर्नुहोस

यौनाङ्गको रौं हटाउँदा.............

 डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।
यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ। टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phaseमा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्। कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट !

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID