Thursday, 11 December 2014

हस्त मैथुनको बानी छुटाउन के गर्ने ?

 आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई नै हामी हस्तमैथुन भन्छौं। पुरुषले विशेषतः लिङ्गलाई हातले अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छन् भने महिलाले गर्ने हस्तमैथुनमा विविधता छ। उनीहरूले भगांकुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य यौन संवेदनशील अङ्ग जस्तै स्तनको मर्दनसम्म गरेर हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने कुरामा भगांकुरको महत्त्वपूर्ण स्थान भए पनि योनिमा केही पसाएर यौन आनन्द लिनु अर्को प्रमुख उपाय हो। के हस्तमैथुनले दुब्लो बनाउँछ ?
वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ। पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला। बानी हटाउन के गर्ने ? यो एक स्वाभाविक प्रक्रिया र शरीरको माग भएकाले यसलाई कम गर्न वा बन्द गर्न आवश्यक छैन। शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमका काम वा खेलकुद, यौन उत्तेेजना नहुने खालका साहित्य पढ्ने वा आफ्ना सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट हस्तमैथुन गर्ने कार्यलाई केही हदसम्म कम गर्न सकिन्छ। हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति र समय खर्च गरिन्छ। त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ। सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन। विवाहपछि नियमित यौन सम्पर्क गर्ने अवसर पाइने भएकाले यस्तो क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउन सक्छ। दाम्पत्य जीवनमा असर तथा पिता बन्ने कुरा हस्तमैथुन गरेका वा विवाहपछि पनि गरिरहेका व्यक्तिहरूले आनन्दले दाम्पत्य जीवन जिउन सक्छन् र जिइ नै रहेका छन्। त्यसैले अनावश्यक पीर नगर्नुभए हुन्छ। तपाईंको हस्तमैथुन मात्र गरेर श्रीमतीसँग यौनसम्पर्क नै नगर्ने सोच त छैन होला नि ? तपाईंको वीर्यमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट छन् भने पिता बन्न केही असजिलो हुँदैन। यो पक्कै हो कि पिता बन्न कुनै महिलाले तपाईंबाट गर्भधारण गरेर शिशु जन्माइदिन सहयोग गर्नुपर्छ। निद्रा लाग्दैन यो क्रियाकलाप आनन्ददायक हुनुका साथै यसले यौन तनाववाट मुक्ति दिन्छ जसले निद्रा लाग्नमा सहयोग नै पुर्‍याउँछ। तपाईंलाई यसको बानी परिसकेको हुनाले पनि प्रकृतिको यो आनन्दको पुरस्कार नलिई सुत्न मन नलागेको हुन सक्छ। यसमा म अस्वाभाविकता देख्दिनँ। पर्याप्त रूपमा शारीरिक परिश्रमयुक्त क्रियाकलापमा संलग्न हुनुभएको स्थितिमा हस्तमैथुन नगरे पनि निद्रा लाग्नुपर्छ। के हस्तमैथुनलाई हल्का रूपमा लिइएको हो ? यौनआनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन संवेदनशील अङ्गजस्तै यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन्। मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराएर मात्र यौन आनन्द प्राप्त गर्छन् भन्ने होइन। सिद्वान्ततः सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानि हुँदैन र हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिलेन। यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणा व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने भ्रमहरू व्याप्त छन्। यसले स्मरण शक्ति पनि ह्रास हुने होइन। हस्तमैथुनका सम्बन्धमा अनेक भ्रम भए पनि यसले यौनइच्छाको दमनबाट हुने तनाववाट मुक्ति दिन्छ। तनाववाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ। भनिन्छ, यसले यौन अपराध कम गर्न सहयोग पुग्छ। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध तथा त्यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगवाट पनि जोगाउँछ। अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि बचाउँछ। यी सबै तथ्य नै हुन्, त्यसैले हल्का रूपमा लिइएको भन्नु मनासिव नहोला। हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ। मानिसले बाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ। त्यसैले यसमा हाम्रा सामाजिक मूल्य-मान्यताको ठूलो हात हुन्छ। प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा मूल्य-मान्यताले त्यस्ता नकारात्मक असर देखाउँछन्।

यस्ता छन् नेपालका भूमिगत देहसुखको खरिदबिक्री हुने सेक्स स्टेशनहरु...

  काठमाडौँ । फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। यस्ता स्टेसनका पारखी छन्, रिक्साचालकदेखि ठूला व्यापारीसम्म। पूर्वको यौन व्यवसायको ताजा हाल बुझ्न गोपाल दाहालले पूर्वका थुप्रै यौन अखडा चहारेका छन्। भारत र पूर्वी नेपालको नाका हो, झापाको काकडभिट्टा। भारतको सिलिगुढी हुँदै दार्जीलिङ, सिक्किम जाने र सीमाबाट नेपालतर्फ आउने गाडी स्टेसन छ, त्यहाँ। तर पछिल्ला दिनमा त्यो गाडी स्टेसन भन्दा बढी ‘सेक्स स्टेसन’ का रूपमा परिचित छ। नेपाल र भारतका मात्र होइनन्, बंगलादेशका नागरिकसमेत जमघट हुने यो ठाउँमा खुल्लमखुल्ला यौनधन्दा चल्ने गर्छ। काकडभिट्टाबाट सुरु हुने पूर्व–
पश्चिम राजमार्ग जति अघि बढ्दै जान्छ, त्यति नै ‘सेक्स स्टेसन’को संख्या बढ्दै जान्छ। काकडभिट्टाबाट अगाडि बढेपछि आइपुग्ने बिर्तामोडको बसपार्क क्षेत्र पनि सेक्स स्टेसन बनेको छ। त्यहाँका अधिकांश रेस्टुरेन्ट र होटलमा यौनधन्दा हुन्छ। २०६८ चैत २२ गते बिर्तामोडको नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नरमा एक जनाको हत्या भयो। उनको हत्यामा यौनधन्दा पनि जोडिएको थियो। बिर्तामोड अगाडिको दमक पनि अर्को नामुद सेक्स स्टेसन हो। यहाँ पनि भारतदेखिका व्यापारी, यात्राका लागि आउने घुमन्तेहरू यौनआनन्द लिन आइपुग्छन्। पूर्वका गाउँहरूबाट शहर झरेका चेली र केही भारतीय युवती पैसासँग शरीर साटिरहेका हुन्छन्। केही दिन अघिमात्र प्रहरीले यौनधन्दा चलाएको आरोपमा दमकका चार होटल सञ्चालकसहित १७ जनालाई पक्राउ गर्योह। प्रहरीका अनुसार दमकमा प्रियंका होटल, ओझा होटल, सौगात, डल्पि्कनलगायत रेस्टुरेन्ट यौनधन्दामा कहलिएका छन्। दमक–९ को ममता होटलमा यौनधन्दा हुन्छ। दमकका डीएसपी रविकुमार पौडेल अहिले दमकलाई यौनधन्दा मुक्त बनाउने भन्दै अभियान चलाइरहेका छन्। बिर्तामोडका पत्रकार रमेश समदर्शीको टिप्पणी छ– ‘सबैतिर नयाँ प्रहरी प्रमुख आउँदा उनीहरूको पहिलो टार्गेट नै होटलका यौनधन्दा हुने गर्छन्। तर, दुईचार दिनमै अभियान सेलाउँछ।’ त्यसो त झापाबाट इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्मको यात्राका क्रममा पनि भेटिन्छन्, सेक्स स्टेसनहरू। आर्मी क्याम्पनजिकैको चारआली गाडी स्टेसनवरपरका होटलहरूमा सेक्स वर्करहरू रहेका छन्। उनीहरूका ग्राहक आर्मी, पुलिस, ठेकेदार र व्यापारीहरू हुने गरेको स्थानीयवासी बताउँछन्। त्यहाँबाट उकालो चढेपछि चियाबारीमा मायाप्रेम साट्ने जोडीहरू बढी भेटिन्छन्। तर, इलामको फिक्कलमा चाहिँ बाहिरबाट सल्लाह मिलाएर गएका जोडी भेटिन्छन्। त्यहाँ पनि यौनकर्मी उपलब्ध छन्। इलाम बजारका होटलहरूमा पनि यौन पर्यटक थुप्रै भेटिन्छन्। इलामबाट पाँचथर जाँदा बाटोमा पर्ने कान्छी दोकानलगायत बजारमा फाट्टफुट्ट यौन अखडा भेटिन्छन्। पाँचथरको सदरमुकाम फिदिम त पहाडी क्षेत्रको गतिलो सेक्स स्टेसन नै हो। एक वर्षअघि प्रहरीले फिदिमको सीमा होटलमा छापा मारेर तीन जोडी युवायुवती पक्राउ गरेको थियो। ताप्लेजुङको फुङलिङस्थित बस स्टेसनवरपर पनि सेक्सका अखडाहरू जमिरहेका स्थानीयवासी बताउँछन्। दमकबाट पश्चिमतिर अघि बढेपछि आउँछ, उर्लाबारी सेक्स स्टेसन। पहिला गाउँ भए पनि जग्गा प्लटिङले शहरीकरण बढिरहेको उर्लाबारीमा व्यापारी, व्यवसायीको जमघट बढ्दो छ। आयस्तर बढ्दै गएका स्थानीयहरू गाउँमै डान्स पार्टी, कन्सर्ट गरेर रमाउन थालेका छन्। अनि, थकान मेट्न र मनोरञ्जन दिन भनेर खुलेका होटल, रेस्टुरेन्टमा यौनधन्दा फस्टाइरहेको छ। उर्लाबारीसँग नजिकैको पथरी बजारका धेरै विशेषता मिल्छन्। दुवै क्षेत्रका स्थानीयको बदिलँदो जीवनशैली र आयस्तरसँगै सेक्स स्टेसनहरू बनिरहेका छन्। पथरीका होटल, रेस्टुरेन्टमा भुटानी शरणार्थी युवतीहरू धन्दामा थिए, तर उनीहरू तेस्रो मुलुक गएपछि यहाँको सेक्स बजारमा मन्दी आएको स्थानीय बताउँछन्। पथरीबाट अगाडि बढेपछि आइपुग्ने इटहरी राजमार्गको मात्र होइन, पूर्वकै चर्चित सेक्स स्टेसन हो। पूर्वका सबै मुख्य बजारबाट विभिन्न शहर र राजधानी आउने जाने गाडीहरूको ठूलो स्टेसन हो इटहरी। यौनधन्दामा पनि यो अगाडि छ। यहाँको बसपार्कका अधिकांश होटल, रेस्टुरेन्टमा यौन कारोबार हुन्छ। बसपार्कबाहेक विराटनगर लाइन, पूर्व र पश्चिम लाइन सबैतिर खोलिएका साना छाप्रा रेस्टुरेन्टको मुख्य काम यौनधन्दा हो। केही महिनाअघि विराटनगर लाइनको फ्रेन्डसिप रेस्टुरेन्टबाट भागेर महिला अधिकारकर्मीको शरणमा पुगेकी एक युवतीले रेस्टुरेन्ट सञ्चालकले ग्राहकसँग १५ सयसम्म लिने र आफूलाई दुई सय रुपैयाँ दिने गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘यहाँ पुलिसहरू पनि आउँछन्। उनीहरूलाई सित्तैमा सेवा दिनुपर्छ। उल्टै, नांगो बनाएर फोटो खिच्छन्।’ महिला अधिकारकर्मीको उजुरीपछि प्रहरीले सञ्चालकलाई कारबाही गरेको थियो। यसबाहेक पनि प्रहरीले सयौँलाई पक्राउ गरी कारबाही गरिसकेको छ। इटहरीका डीएसपी विद्यानन्द माझीका अनुसार गत वर्षको चैतदेखि यस वर्षको भदौसम्ममा यौनधन्दामा संलग्न १ सय ६० जना कारबाहीमा परिसकेका छन्। उनका अनुसार इटहरीमा काठमाडाँैदेखिका यौनव्यवसायी आएर ग्राहकलाई सेवा दिन्छन्। अधिकांश ग्राहक भारतीय हुन्छन् भने स्थानीय ग्राहक पनि उत्तिकै हुन्छन्। ‘हामीले नियन्त्रणका लागि अभियानै चलायौँ,’ डीएसपी माझीले भने, ‘होटल व्यवसायी र आमा समूहसँग मिलेर आचार संहिता लागू गरेपछि पहिलेभन्दा नियन्त्रण भएको छ।’ इटहरीको गोरखा डिपार्टमेन्ट अगाडिको गाडी स्ट्यान्डदेखि नेपाली सेनाको पूर्वी पृतना क्याम्पसम्मका छाप्रा रेस्टुरेन्टमा पनि यौनधन्दा चम्किएको छ। यहाँका मुख्य ग्राहक सेनाका जवान, गाडी चालक, रिक्सा र ठेलाचालक हुन्छन्। त्यसअगाडि सेकुवा बजारका रूपमा विकास भएको तरहरामा पनि फाट्टफुट्ट यौनधन्दा चल्छ। त्यसपछि आइपुग्ने पूर्वको सुन्दर शहर धरानको भानुचोकस्थित बसपार्क, शान्तिपथ र छाताचोकनजिकै चतरा लाइन, जिरो प्वाइन्ट, फुस्रे, अमरहाट, बेसक्याम्पका केही होटल, रेस्टुरेन्टमा यौनधन्दा चलिरहेको छ। धरानबाट भेडेटार जाने उकालो बाटोमा पर्ने सारंगा डाँडामा रहेका होटल–रेस्टुरेन्टमा पनि यौन सेवा उपलब्ध छन्। यहाँको डुकु रेस्टुरेन्ट परिचित यौन अखडा हो। पर्यटकीय क्षेत्र भेडेटारका धेरैजसो होटलहरू दिनमा एउटै कोठा पाँच, सात पटकसम्म भाडामा लगाउँछन्। यस्ता ‘घण्टे होटल’हरू भेडेटारदेखि धनकुटा जाने बाटोसम्म भेटिन्छन्। धनकुटा, हिले र वसन्तपुर पनि यौनपर्यटकका सेक्स स्टेसन हुन्। आर्मी क्याम्पनजिकै भएको चिसो ठाउँ हिलेका छाप्रे होटलहरूमा यौन जोडीको बास हुन्छ। तराईको तुलनामा पहाडमा यौनधन्दा कम हुन्छ। पहाडमा धेरैजसो बाहिरबाट आउने जोडीहरू होटलमा भेटिन्छन्। भारतीय नाका जोगबनीदेखि विराटनगरसम्मको क्षेत्र पनि यौनधन्दाका लागि चर्चित ठाउँ हो। विराटनगर बजारकै होटलहरूबाट प्रहरीले जोडीहरूलाई पक्रिने गरेको छ। केही समयअघि विराटनगरबाट ३५ जोडी पक्राउ परेका थिए। इटहरी नजिकैका खनार, दुहबी, पकली, झुम्का, इनरुवादेखि कोशी ब्यारेजसम्म स–साना सेक्स स्टेसनहरू छन्। ‘एकान्त’, ‘भेटघाट’, ‘स्विट’ जस्ता नाम राखिएका रेस्टुरेन्टहरू मूलसडककै छेउछाउमा भेटिन्छन्। यिनीहरूका मुख्य ग्राहक भनेका चालकहरू हुन्। एक जना ट्रक ड्राइभर भन्छन्, ‘यस्ता रेस्टुरेन्टमा रक्सी, मासु र केटी पाइन्छन्। गाडी चलाउँदा थाकिन्छ। त्यहाँ पसेपछि भोक पनि मेटिने, प्यास पनि मेटिने। पैसा चाहिँ सखाप।’ sex-feet-bedकोशी तरेपछि सप्तरी जिल्ला भेटिन्छ। सप्तरीको सदरमुकाम राजविराजका छाप्रा र होटलहरूमा पनि यौनधन्दा चल्छ। प्रहरीका अनुसार यसबाटै केही गरिब महिलाहरूको जीवनयापन चलेको छ। त्यस्तै उदयपुरको गाईघाट बजार पनि पहाडी क्षेत्रको ठूलो सेक्स स्टेसन हो। गाईघाटमा यौनव्यवसाय गर्न भोजपुर, खोटाङ, सप्तरी र सिरहादेखिका युवतीसमेत आउने गरेको प्रहरीको भनाइ छ। प्रहरीले होटलमा छापा मारेर पटक–पटक यौनधन्दा गर्नेलाई पक्राउ गरेको छ। सिरहाको लहान बजारस्थित हस्पिटल चोक अर्को सेक्स स्टेसन हो। यहाँका न्यू राज होटल, ब्लुस्टार, आशिकी होटल एन्ड लजमा धन्दा चल्ने गरेको प्रहरीको भनाइ छ। लहानमा पनि प्रहरीले छापा मारेर दर्जनौँलाई पक्राउ गरिसकेको छ। सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दीलगायत साना बजारमा पनि थुप्रै सेक्स स्टेसन छन्। यहाँ खुलेका रेस्टुरेन्ट तथा लजहरूका अधिकांश ग्राहक गाडी चालक हुन्। स्थानीय व्यापारी र केही बाहिरबाट आउनेहरू पनि हुने गरेको प्रहरीको भनाइ छ। जनकपुरको जनकचोकलाई त स्थानीयवासी ‘रेडलाइट एरिया’ भन्ने गर्छन्। उनीहरूका अनुसार यहाँका धेरैजसो लज यौनधन्दाकै लागि खोलिएका छन्। ढल्केबर, लालगढ, बर्दिवास, चन्द्रनिगाहपुर हुँदै पथलैयासम्ममा गाडी चालकहरूलाई खाना, बस्नसँगै यौन सेवा दिने ठाउँ प्रशस्त भेटिन्छन्। त्यसपछि पुगिने हेटौँडालाई त गाडीको लोड बिसाउनेमात्र होइन, यौन तिर्खा मेटाउने शीतल चौतारी भने पनि हुन्छ। हेटौँडामा काठमाडाँैदेखिका यौनकर्मीहरूको समेत जमघट हुन्छ। तीन सयको हाराहारीमा यौनकर्मी रहेको अनुमान गरिएको हेटौँडामा प्रहरी र एनजीओ आईएनजीओले यौनकर्मीको निगरानी गरिरहेका छन्। चितवनलाई पूर्व र पश्चिम सबैतिरको केन्द्रीय सेक्स स्टेसन भने पनि हुन्छ। चितवनका रत्ननगर, नारायणगढदेखि मौवाखोलासम्म साना–ठूला सेक्स स्टेसन सञ्चालित छन्। पुलिस–व्यवसायी जुहारी देशका मुख्य बजार र बसपार्क क्षेत्रमा सेक्स स्टेसन सञ्चालन हुन्छन् भन्ने जानकारी प्रहरीलाईभन्दा बढी अरू कसलाई होला? कुनै शहरमा नयाँ प्रहरी प्रमुख आउनेबित्तिकै उसको पहिलो काम त्यस क्षेत्रका यौनक्रियाकलाप गर्ने होटलमा छापा मार्ने र मान्छे पक्राउ गर्ने हुन्छ। झापा, दमकका डीएसपी रविकुमार पौडेलले जस्तै सबैतिरका प्रहरी प्रमुखले यसलाई काम देखाउने अवसरका रूपमा लिएका हुन्छन्। दमकका होटलमा छापा मारेर पक्राउ गरेपछि होटल व्यवसायीहरू भने असन्तुष्ट बनेका छन्। धेरै ठाउँमा त प्रहरीविरुद्ध होटल व्यवसायीले आन्दोलनै गरेका छन्। प्रहरी र होटल व्यवसायीको यस्तो जुहारी छ महिनाजति चल्छ। ‘त्यसपछि कतै नियन्त्रण पनि हुन्छ,’ एक व्यवसायीले भने, ‘कतै प्रहरीको ‘लाइन’ मिल्छ अनि बन्द हुन्छ, छापा मार्ने काम।’ इटहरीका डीएसपी विद्यानन्द माझीले गत वर्ष चैतदेखि चलाएको अभियान भदौबाट रोकिएको छ। उनी यौनधन्दा रोकिएकाले अभियान रोकेको दाबी गर्छन्। नारायणगढका एक होटल व्यवसायी भन्छन्, ‘प्रहरीले यौनधन्दा रोक्न होइन, पैसा कमाउन यस्तो अभियान चलाएका हुन्।’ एउटा शहर, एउटा ठाउँमा मात्र होइन, देशैभरि साना, ठूला शहरमा यौन व्यवसायले विकराल रूप लिइसकेको छ। प्रहरीले छापा मारेर केही जोडीलाई पक्राउ गर्दैमा यसमा नियन्त्रण हुँदैन। यौन व्यवसायलाई बेलैमा व्यवस्थित गर्नु आवश्यक छ। यौनव्यवसायीले नै बेलाबेला नेपालमा पनि रेडलाइट एरिया तोकिनुपर्ने माग गर्दै आएका छन्। अब यस मागप्रति गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ। शुक्रवार साप्ताहिकमा गोपाल दाहालले लेखेको खबर छ

यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?

 किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन ।
हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला । के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ? मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ । के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ? यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।

विदेशबाट फर्केका बाबुको उपहार सौतेनी आमा र भाइ ल्याए पछी !

 स्याङ्जा : ‘बुबाले राम्रा राम्रा लुगा र मिठा मिठा खानेकुरा ल्याइदिनुहोला भनेको त, भाइ र नयाँ ममी पो ल्याउनुभो’, १३ वर्षीया रोशनी गुरुङ यसो भन्दै रुन्छिन् ।

पैसा कमाउन विदेश गएका बुबा ८ वर्षपछि घरमा आउने खवर सुनेपछि अवोध बालिकाको मनमा थुपै्र रहर जागेका थिए । जब घरमा विदेशिएका बाबुसँगै उनको नयाँ परिवार समेत आयो, उनका सबै सपना क्षणभरमै टुटे ।

उनले देखेको सपना उल्टो सावित भयो र उनका लागि सौतेनी आमा र थप भाइ मिल्यो । बुबाले कान्छी पत्नी ल्याएपछि आफुलाई जन्म दिने आमा र बाबाको सम्बन्ध नै टुट्यो ।

स्याङ्जा रापाकोट गाविस–८ का  ३७ वर्षीय धनबहादुर गुरुङ वैदेशिक रोजगारका लागि ८ वर्ष पहिले साउदी अरब पुगे । ५ वर्षीया छोरी रोशनी, २ वर्षे अपांग छोरा टकबहादुर र ३६ वर्षीया पत्नी कुमारीलाई छाडेर सम्पत्ति कमाउन साउदी अरब गएका उनी नयाँ परिवार लिएर फर्के ।

सम्पत्ति कमाएर सुखसँग पाल्ने सपना बाँडेर विदेश हानिएका उनी घर फर्कँदा ती सबै कुरा झुठ सावित भइसकेका थिए । साउदी पुगेपछि उनी २ वर्षसम्म पारिवारिक सम्पर्कमा थिए ।

तर, ६ वर्ष यता उनी बेखवर बने । घरखर्च पठाउने र सञ्चो बिसञ्चो सोध्ने सबै काम बन्द भयो । मेलापात गरेर छोराछोरी र आफू पालिनु परेको कुमारी बताउँछिन ।

दुई साताअघि घर फर्केका उनीसँगै कान्छी पत्नीका रुपमा २६ वर्षीय सन्जु राई र ४ वर्षका छोरा लिएर उनी आए । छोरी रोशनी सवलाङ्ग भए पनि छोरा टकबहादुर भने सुस्त मनस्थितिका र अपाङ्ग पनि छन् । छोरालाई खुवाउन देखि दिसा पिशाव समेत अरुले नै गराउने पर्ने बाध्यता छ ।

बाबुआमा सम्बन्ध बिच्छेदको तयारी लाग्दा १३ वर्षीयया रोशनी भने दिनभर रोइरहेकी थिइन् । उनलाई आमा, भाइ र आफनो पढाईको चिन्ताले पिरोलेको छ ।    

अदालती प्रक्रियाबाट ६ लाख १० हजार रुपैयाँ कुमारीलाई दिई छोराछोरी पाल्ने शर्तमा धनबहादुरले जेठी पत्नीलाई विदा गरे । सम्बन्ध बिच्छेदका लागि ५ लाख उपलब्ध गराइएको हो भने एक लाख १० हजार ६ वर्षमा खर्च गरेवापतको रकम थियो कुमारीको ।

अदालती प्रक्रिया सकिएपछि आमा कुमारी माइती पोखरातर्फ जाने भइन् । तर, घरमा जाने बेलामा बाबुसँग लागेकी रोशनी अन्त्यमा आमाकै पछि लागिन् अपांग अनि सुस्त मनस्थितिको भाइ भने बावा र कान्छी आमाको पछि लागेर गए ।

गाउँमा बसेको कचहरी, जिल्ला प्रहरी कार्यालय र अन्त्यमा अदालतसम्म आउने प्रक्रियामा समेत रोशनी सहभागी भई सबै कुरा नियालीरहेकी थिइन । स्थानीय जन उच्च माध्यमिक बिद्यालय कक्षा ८ मा अध्ययरत उनी एक सातायता विद्यालय गएकी छैनन् ।बाबुआमाका कारण बालिकाको शैक्षिक अधिकार खोसिएको स्थानीयी बिष्णुप्रसाद काफ्ले बताउँछन् ।

बुबासँग बस्न नचाहेपछि उनी आमा पछ्याउँदै पोखरा पुगेकी छन् । उनका् विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु भएको छ  । तर उनी धेरै दिनदेखि अनुपस्थित रहेको विद्यालयका प्राचार्य तारापति पौडेलले जानकारी दिए ।

श्रीमती पोइल गएको भन्दै ससुराको हत्या गर्ने पक्राउ

रुपन्देही : श्रीमती पोइल गएको आवेगमा पुर्व ससुरा श्यामसुन्दर थारुको हत्या गरी फरार भएका रामप्रसाद थारुलाई ज्वाला(तालिमप्राप्त कुकुर)ले पक्रन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार राति घरमा कोही नभएको समयमा रामप्रसादले श्यामसुन्दर माथि पिर्का प्रहार गरी वेहोस बनाएपछि काठ चिर्ने हाते आरीले घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ ।

घटनापछि रामप्रसाद भारततर्फ भाग्ने क्रममा भैरहवाको वर्मेलीटोलमा गाडी कुरिरहेको अवस्थामा बुधवार ज्वालाले पक्राउ गरेको हो ।

एकहप्ता अघिदेखि छोरी र ज्वाँइविच सम्वन्ध विच्छेद भएपछि ज्वाइँ रामप्रसाद आक्रोसित भएकाले उसैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले रामप्रसादको खोजी गरेको थियो ।

प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबिको सहयोग लिनुको साथै पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराबाट ज्वालालाई झिकाएर हत्यारा पक्रन सफल भएको बताइएको छ ।

पक्राउपछि जिप्रकामा प्रहरी उपरिक्षक राजेन्द्र ढकालले रामप्रसादले लगाएको लुगामा रगतका टाटा भेटिएको बताए । साथै उनले हत्या गरेको स्विकारी सकेको पनि उपरिक्षक ढकालले बताए ।

अन्दाजी ३५ वर्षिय रामप्रसाद र १९ वर्षीय गंगामाया थारुवीच मजदुरी गर्ने क्रममा २ वर्ष अघि प्रेम विवाह भएको थियो ।

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीले आफ्नो बेथा यसरी व्यक्त गर्दै

 मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।
कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ। के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।

कलिलो उमेरमै यौन व्यवसायबाट यत्रो घर बनेको रहस्य खुलेपछि प्रहरी फन्दामा

 नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । देहव्यापारमा संलग्न १६र१७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ ।

 एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् । गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ ।

चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID