Wednesday, 3 December 2014

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ? थाहा पाई राखौ ...

 गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा

१.डिम्ब निष्कासन,
२.यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ ।

तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार

 १. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
 २. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
 ३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
 ४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
 ५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
 ६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

त्यहि हो मेरो पहिलो सेक्स....

 सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् ।
त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर यसरी राखिन ।

गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ?
अहिले नै थाकेर के गर्ने ? कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु हुन् थकाई मारेर कहाँ हुन्छ र ?
गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ?
सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला ।
दोहारी साँझमा गीत गाउन थाल्नु भएको कति भयो ?
सात वर्ष  ।
कुन—कुन दोहोरी साँझमा गीत गाउँनु भयो ?
काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें । काठमाडौ छिरेपछि देउराली दोहोरी र फेवा दोहोरी साँझमा गाँए । तर, अहिले गामवेसी दोहोरी साँझमा गाउँछु ।
अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ, कि छैन ?
छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु ।
पहिलो रेकर्डेड गीत कुन हो ?
मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो ।
दोहोरी साँझ बाहिर गीत गाउनु भएको छ कि छैन ?
महोत्सवहरु, तीजमा गाएको छु ।
मन पर्ने गीत चाहि कुन हो ?
‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ ।
राती दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नुपरेको छ ?
त्यस्तो अहिलेसम्म केही भोग्नु परेको छैन ।
राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर फर्कनु हुन्छ ?
साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि फर्कन्छु ।
कति बजे सुत्नु हुन्छ ?
बिहान २ बजेतिर सुत्छु ।
राती हिड्दा ट्याक्सी तथा अन्य व्यक्तिबाट दुख पाउनु भएको छ, कि छैन ?
अहिलेसम्म छैन ।
ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी ? के भन्नु हुन्छ त्यस्तो बेला ?
तिनीहरु होसमा हुँदैनन् त्यसैले ल–ल हुन्छ नि, पछि जाउँला नी भनेर टारिदिन्छु ।
विवाह कहिले गर्नुभएको हो ?
दुई वर्ष अगाडी लभ म्यारिज गरेको हो ।
लभ कहाँ कसरी पर्यो नी ?
दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो ।
छिटो विवाह गरे जस्तो लाग्दैन तपाईलाई ?
छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने हो नी ।
विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ?
विवाह गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुँदो रहेछ ।
तपाई यसरी दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ?
उहाँ एकदमै बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ ।
सेक्स भनेको के हो तपाईको विचारमा ?
मान्छेलाई चाहिने अत्यावश्यक चिज हो ।
पहिलो सेक्स कोसँग गर्नुभयो ?
पत्याउनु होला, श्रीमानसँग नै मेरो पहिलो अनुभव हो ।
पहिलो सेक्सको अनुभव कस्तो थियो ?
हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो। तर पछि—पछि चाहि बानी पर्दै गएकोले अहिले त निकै रमाइलो हुन्छ ।
को व्यक्तिबाट प्रेरित भएर गीत गाउन लाग्नुभएको हो ?
बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत ‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीतसुनेपछि मैले बारम्बार त्यहि गीत घाँस दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे । सोच्थें म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला

काठमाडौंका तीन कुख्यात पाकेटमार पक्राउ

 मंसिर १७, काठमाडौं,  – विगत लामो समयदेखि काठमाण्डौ उपत्यका भित्रका सार्वजनिक यातायातका साधन तथा बसपार्क इलाकामा पाकेटमारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेका ३० वर्षीय अनिल तामाङ्ग, काभ्रेकै २२ वर्षीय वीर बहादुर तामाङ्ग र ललितपुरका २४ वर्षीय राजु तामाङ्ग रहेका छन् ।

तीन जनलाई मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भुवाट गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले लामो समयदेखि पटक पटक पाकेटमारी गरी हिडेको स्वीकार गरेका थिए ।

तीन जनालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौमा पठाईएको छ ।

मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक

अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) ले मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक गरेको छ । मोटी केटीहरुले यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय नअपनाउने तथ्य सार्वजनिक भएपछि यसको नियन्त्रणका लागि एनआईएच पिट्सबर्ग विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
 मोटी केटीहरुले कण्डोम वा अन्य यौन सुरक्षाका उपायमा ध्यान नै नदिने अध्यनको निष्कर्ष छ । मोटी महिलाहरुले यौन क्रिडा कम गर्ने तर गर्ने समयमा असुरक्षित र लापरवाही तरिकाले गर्ने अध्यनले देखाएको छ।

यस्तो भिडियो पठाइन् मिस वर्ल्डका लागि मिस नेपाल सुबिन लिम्बुले


काठमाडौँ : आगामी मंसिर २८ गते हुन लागेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डका लागि मिस नेपाल सुबिन लिम्बुको परिचयात्मक भिडियो आयोजकले सार्वजनिक गरेको छ।

मन्दिरको पृष्ठभूमिमा लिम्बुले आफ्नो छोटो परिचय त्यसमा दिएकी छिन्।

मिस वर्ल्डमा सहभागी हुने सबै प्रतियोगीहरुले आ-आफ्नो देशबाटै भिडियो पठाउनु पर्ने व्यवस्था अनुसार यस्तो भिडियो बनाइएको हो।

कार्यालयमा यौन दुर्व्यवहार गरे तीन महिना जेल र २५ हजार जरिवाना

कार्यालयमा यौन दुर्व्यवहार गरे तीन महिना जेल र २५ हजार जरिवाना

कार्यालयमा सहकर्मी, हाकिम वा सेवाग्राहीले यौन आशयले जिस्काउने छुने गरे, अश्लील चित्र देखाउने, इशारा गर्ने गरे पीडितले जेल सजाय माग गर्दै उजुरी गर्न सक्ने भएका छन्। आइतबार  व्यवस्थापिका संसदले पारित गरेको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण विधेयकले यौन दुर्व्यवहार गर्नेलाई ३ महिना जेल र २५ हजार जरिवानाको ब्यवस्था गरेको छ।

त्यसका लागि त्यस्तो क्रियाकलाप भएको  ९० दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुपर्ने हदम्याद राखिएको छ। तर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय चित्त नबुझे पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिनेछ।
के भए मानिन्छ यौन दुर्व्यवहार?
विधेयकमा कसैले पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी यौनजन्य आशयले छोएमा वा छुने प्रयास गरेमा समेत दुर्व्यवहार मानिने उल्लेख छ।

विधेयकले निम्न कार्यलाई यौनजन्य दुर्व्यवहार मानेको छ:-
क) यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा,
ख) अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, साधन, वस्तु वा सामाग्री प्रयोग वा प्रदर्शन गरेमा,
ग) यौनजन्य क्रियाकपालापको बारेमा कुराकानी गरेमा,
घ) लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा,
ङ) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा,
च) यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा,
छ) यौनजन्य आशयले अस्वभाविक व्यवहार प्रकट गरेमा।
के छ सजाय?
कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गरेमा कसुरको प्रकृति हेरी तीन महिनासम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको ब्यवस्था गरेको छ।

विधेयकले कार्यालयमा भएको यौनजन्य हिंसाको व्यवस्थापकलाई मौखिक उजुरी वा लिखित उजुरी गर्दा छानबिन गरी कारबाही नगरे १५ हजार सम्म जरिवानाको ब्यवस्था गरेको छ। साथै प्रमुख जिल्ला अधिकारी वा उजुरी सुन्ने निकायले दिएको निर्देशन कार्यलयको ब्यवस्थापकले पालना नगरे पनि १० हजार जरिवानाको भागिदार बन्नुपर्नेछ।

यौन दुर्व्यवहार गरेको ब्यक्तिले उजुरी र सजाय भएपछि समेत पुनः त्यस्तो कार्य गरेमा सजाय दोब्बर हुने ब्यवस्था विधेयकले गरेको छ। साथै यौनजन्य दुर्व्यवहार गरेको झुटो उजुरी गरेमा समेत १० हजार जरिवाना तिर्नुपर्ने ब्यवस्था ऐनले गरेको छ।

आइतबार सदनमा ऐन प्रस्तुत गर्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले क्याविन डान्स रेष्टुरेन्ट मसाज पार्लर तथा अन्य कार्यस्थलमा महिला कामदारले भोग्नु परेको यौनजन्य दुर्व्यवहार निषेध गर्न विधेयक ल्याइएको बताइन्।

उनले विभिन्न समयमा अदालतबाट भएको आदेश तथा महिलाविरुद्ध हुने भेदभाव उन्मुलन गर्ने महासन्धिको नेपाल पक्ष राष्ट्र भएकाले पनि विधेयक आवश्यक परेको बताइन्।

विधेयक राष्ट्रपतिले प्रमाणीकरण भएको मितिले ९१ औँ दिनबाट लागु हुनेछ।

मोबाइलमा मायालु युवतीसित गफ गर्ने प्रस्ताव आयो? सावधान ! झुक्किएर पनि फोन नगर्नुहोला

विगत केही दिनदेखि नेपाल टेलिकमका मोबाइलहरुमा यस्ता एसएमएसहरु आइरहेका छन्-

“002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
“आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!”
“आफ्नो बाँकी मनलाई भेट्नुहोस्।”
“अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्!”

सावधान, झुक्किएर पनि ती नम्बरमा फोन नगर्नुहोस्। कसले गरिरहेको छ यस्तो मेसेज? किन आउँदैछ यस्ता मेसेज? कसरी रोक्न सकिन्छ यसलाई? नेपाल टेलिकम यस्तो भन्छ-
नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +2431330761 वा यस्तै नम्बरबाट विभिन्न प्रकारका SMS आएको पाइएको छ। कम्पनीले यो Fake SMS भएको जानकारी दिइसकेको छ।

यो नेपाल टेलिकम तथा टेलिकमको Value Added Service Provider को सेवासँग सम्बन्धित छैन। यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला।

कम्पनी यस किसिमका Fake SMS नियन्त्रणमा लागेको छ। यदि तपाइँ वा तपाइँको साथीको कुनै नम्बरमा यस्तो SMS आएको छ भने SMS आएको उक्त नम्बर हामीलाई ntc.news@ntc.net.np मा Mail गरी जानकारी दिनुहुन अनुरोध छ। Fake SMS आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID