Friday, 28 November 2014

आफ्नो टिमले जितेपछि २८ घण्टा सेक्स

 चिली । जितको खुसियाली मानिसहरु आआफ्नै तरिकाले मनाउने गर्छन् । तर, चिलीकी एक पोर्नस्टारले  अली अनौठो तरिकाले मनाएकी छन् ।
विश्वकप फुटबलमा आफ्नो टिमको शानदार जितको खुसियाली उनले लगाचार २८ घण्टा सेक्स गरेकी मनाएकी हुन् । चिलीकी पोर्नस्टार मार्लिन डालले चिलीले अस्ट्रेलियामाथि प्राप्त गरेको जितमा १२ घण्टा र स्पेनमाथिको जितमा १६ घण्टा सेक्स गरेर खुसी सेलिब्रेट गरेकी हुन् ।
मार्लिन डालले यदि चिलीको टिमले अस्ट्रेलियालाई पराजित गरेको खण्डमा समर्थकसँग आठ घण्टा लगातार सेक्स गर्ने घोषणा गरेकी थिइन् । चिलीले अस्ट्रेलियालाई ३–१ ले पराजित गरेको थियो ।प्रतियोगितापछि मार्लिन डालले आफ्नो घोषणाअनुसार घरमा पार्टी आयोजना गरेकी थिइन् । मार्लिनले अबेरसम्म पार्टीमा भाग लिइन् र आफूलाई मन परेको पुरुषसँग सेक्स गरिन् । घोषणा त उनले ८ घण्टाको गरेकी थिइन् तर कार्यक्रम भने १२ घण्टासम्म चलेको थियो ।
चिलीकी पोर्टस्टार मार्लिन डालले चिलीले अस्ट्रेलियामाथिको जितपछि लगातार १२घण्टा र स्पेनमाथिको जितपछि उनले लगातार १६ घण्टा सेक्स गरिन् । मालिएन डालले यदि चिलीले अस्ट्रेलियामाथि जित हासिल गरे १६ घण्टा समर्थकसँग सेक्स गर्ने घोषणा गरेकी थिइन् ।
त्यसपछि मार्लिनले ट्वीटरमा फोटोसमेत पोष्ट गरिन् । तर, ट्वीटरले उनको एकाउन्ट ब्लक गरेको छ। चिलीले विश्व च्याम्पियन स्पेनलाई पराजित गरे आफ्नो सेक्स म्याराथन १६ घण्टा चल्ने घोषण गरेकी थिइन् । चिलीको जितपछि मार्लिनले त्यो घोषणा पनि पूरा गरिन् । एजेन्सी

कपाल र्झछ ? खानुस् यी पाँच चिज


 यदि तपाइँमा कपाल झर्ने समस्या छ भने खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । पौष्टिक तत्वले सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । केही त्यस्ता खाद्यपदार्थ छन् जसलाई यदि
आफ्नो भोजनमा सामेल गराएमा कपाल झर्ने समस्या कम हुनेछः
१. अण्डा- बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वले युक्त अण्डा कपालको विकाश तथा स्वास्थ्यका लागि समेत महत्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।
२. पालुंगो- पालुंगोलाई आइरन तथा फोलेट तत्वको भरपर्दो श्रोत मानिन्छ । कपाललाई लामो तथा स्वस्थ बनाउनका लागि पालुंगोको साग नियमित खानु लाभदायी हुन्छ । फोलेट तत्वले राता रक्तकोषको निर्माणमा मद्दत गर्छ जसले कपालमा अक्सिजन संचार गर्दछ ।
३. मुसुरको दाल- मुसुरको दालका साथै सोयाबिन, टोफू तथा सिमी र केराउलाई नियमित रुपमा भोजनमा समावेश गर्नाले सरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्ने विज्ञहरुको भनाइ छ ।
४. शखरखण्ड- शखरखण्डमा पाइने भिटामिनहरु त्था बिटा क्यारोटिन कपाललाई स्वस्थ राख्न अनिवार्य हुने तत्व हुन् । बिटा क्यारोटिनका अन्य श्रोतहरुमा गाजत तथा फर्सी पनि हुन् ।
५. क्याप्सिकम- क्याप्सिकम भिटामिन सी को भरपर्दो श्रोत हो । कपाललाई स्वस्थ राख्न तथा राता रक्तकोषमा आइरनको मात्रा पर्याप्त राख्न भिटामिन सी आवश्यक पर्छ । त्यसैले क्याप्सिकमको नियमित सेवनले पनि कपाललाई स्वस्थ राखी र्झनबाट बचाउँछ ।

के कति कारणले ढाड दुख्न सक्छ ? रोकथाम र उपचारविधि....

के कति कारणले ढाड दुख्न सक्छ ? रोकथाम र उपचारविधि....

के तपाइलाई ढाड दुख्ने समस्या छ होला होइन पक्कै पनि पार्य सबैलाई हुन्छ तर अझै घरयासी कम गर्ने खेतमा काम गर्ने लाई धेर नै ढाड दुख्ने समस्या हुन्छ तेसो भय यो कुरालाई विचार गर्नुस ढाड दुख्ने समस्या बाट बच्नुस तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई  एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् ।
त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार
सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु । .के कति कारणले ढाड दुख्न सक्छ ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् - 
१ गलत तरिकाले चिजबिजहरु उचाल्नु
२ एक्कासी गरीने कडा व्यायाम
३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४ आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७ लामो समयसम्म कुप्री परिरहनु
८ धेरै गह्रौं वस्तुहरु उचाल्नु
९ गर्भवती अवस्था
१० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
.यि र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।
कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने
वा डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -
.१ ज्वरो आएमा
२ धेरै टाउको दुखेमा
३ ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोईड’ औषधी सेवन गरिरहेको भएमा
४ खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा
५ निद्रा नलागेमा
६ गर्भवती अवस्थामा
७ दिसा वा पिसाब आफै हुन थालेमा
८ घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा घरायसी उपचार घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा ‘आइस’ लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि ‘हट ब्याग’ वा हिटरको प्रयाग गर्न सकिन्छ । ढाड बाँध्ने  बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने
औषधीहरुको प्रयोग गर्न सकिन्छ ।
रोकथामका उपायहरु
१ सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आिद
२ क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३ पानिको प्रशस्त सेवन  किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
४ धेरै कमलो बिछ्यौनामा नसुत्ने
५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्न
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )

उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी, यौनकर्मी : रातका रंगीला :

रातका रंगीला : उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी, यौनकर्मी  4

साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।

सुलुत्त परेको अग्लो ज्यानकी एक युवती कोही पुरुष आफ्नो छेउमा आउनासाथै कम्मर मर्काएर नाच्दै नजिकिन खोज्थिन्। घरीघरी प्रहरीको गस्ती भ्यान हुइँकिँदा यो समूह त्यहीँ कतै बिलाउँथ्यो र छिनमै उस्तै दृश्य दोहोरिन्थ्यो। प्रहरी र त्यो समूहको लुकामारी चल्थ्यो। ग्राहक पट्याउन सफल हुनेहरू यस्तो तामझाममा नभुली ट्याक्सीमा बसेर कतै बतासिन्थे।
गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसै गरी रंगीला बन्छ। राती १० बजेपछि ग्राहक खोज्दै सडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कै हुन्छन् यहाँ। केशरमहलस्थित शिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोष भवनसम्मको सडक किनारामा उनीहरू खुलमखुला मोलमोलाइ गररिहेका भेटिन्छन्।
२ साउनको सवा १० बजेतिर चितवनकी किरण विक, २२, स्वप्न बगैँचाअगाडि रेलिङ्मा अडेस लागेर आवतजावत गर्नेहरूप्रति चनाखो आँखा लगाएर उभिरहेकी थिइन्। छिनमै एक जना टिनेजरले किरणसँग साउती मारे। सम्भवतः कुरा मिलेन र उनी फनक्क अर्कोतिर फर्किन्। भन्छिन्, “यस्ता केटाहरू धेरैजसो जिस्क्याउन मात्रै आउँछन्, नजिक परेर कस्ता होलान् भनेर छुन खोज्छन्। अनि, जान्छन्।”
शारीरकि बनावट पुरुषको भए पनि हाउभाउ, स्वभाव र भावना महिलाको हुने यी तेस्रो लिंगीहरू गुजाराका लागि मध्यरातमा सडकमा ओर्लिएको दाबी गर्छन्। राती सडकमा जति भड्किलो हाउभाउका साथ देखिन्छन्, वास्तविक जीवनमा उनीहरूको पीडा उत्तिकै सघन हुन्छ। घरपरविार, समाजले हेयको भावले हेर्ने हुँदा अधिकांश तेस्रो लिंगीहरू कसैले नचिन्ने सहरतिर पाइला चाल्छन्।
किरणकै कुरा गरौँ। बाबुआमाले आफ्नो सन्तान नै होइन भन्न थालेपछि किरण घर छाडेर ०६१ सालमा सोझै कसैले नचिन्ने ठाउँ काठमाडौँ पसिन्। केटाकै ‘लुक्स’मा उनले थापाथलीको एउटा चिनियाँ रेस्टुराँमा काम पाइन्। तर, आनीबानीका कारण बिस्तारै सहकर्मी र साहूले तेस्रो लिंगी भएको पत्तो पाए। भन्छिन्, “हाम्रो स्वभाव मान्छेहरूले चाँडै थाहा पाइहाल्छन्। लुकाउनै सकिँदैन। म यस्तो भएको थाहा पाएपछि सबैले छक्का, हिजडा भनेर जिस्क्याउन थाले। मेरो चित्त दुख्थ्यो। त्यसपछि काम छाडेर हिँडे।” त्यसपछिका दिन किरणले यौनकर्मीकै रूपमा बिताइरहेकी छन्।
नीलहीरा समाजका अनुसार नेपालमा समलिंगीको संख्या करबि चार लाख छ। जसमध्ये दुई प्रतिशत तेस्रो लिंगी छन्। यस हिसाबमा तेस्रो लिंगीको संख्या आठ हजार हुन्छ। जसमध्ये अधिकांश ‘मेल टु फिमेल’ (शारीरकि रूपमा पुरुष तर भावनात्मक रूपमा महिला) तेस्रो लिंगीहरू यौनकर्मी बनेका छन्। ‘फिमेल टु मेल’ (महिला पुरुष भएर हिँड्ने) तेस्रो लिंगीहरू भने यौन व्यवसायमा देखिँदैनन्।
उपत्यकामा मात्रै तेस्रो लिंगी यौनकर्मीको संख्या तीन सयको हाराहारी रहेको नीलहीराकी मानव अधिकार क्षेत्र हेर्ने भूमिका श्रेष्ठको भनाइ छ। यसबाहेक उपत्यकाबाहिरका सहरहरू धरान, इटहरी, नारायणघाट र पोखरामा उनीहरू यस्तो कार्यमा लागेका छन्।

काठमाडौँको ठमेल क्षेत्रमा मात्रै करबि ६० जना तेस्रो लिंगी यौन व्यवसायी ग्राहकको खोजीमा नियमित धाउने गर्छन्। राती १० बजेदेखि ठमेलमा देखा पर्ने उनीहरू मध्यरातको १२ बजेसम्म ग्राहक फकाउन व्यस्त हुन्छन्। बुटवलकी रञ्जु थापा, २७, भन्छिन्, “कहिलेकाहीँ त बिहान ३ बजेसम्म पनि बस्छौँ। ग्राहक कति चाँडो भेटिन्छ, त्यसमा भर पर्छ।”
केही वर्षअघिसम्म तेस्रो लिंगी यौनकर्मी काठमाडौँका ठमेल र रत्नपार्कमा मात्रै खुम्चिएका थिए। तर, संख्या बढेसँगै उनीहरू अहिले राजधानीका विभिन्न क्षेत्रमा फैलिएका छन्। प्रहरीका अनुसार ठमेल, नयाँबजार, जमल, लैनचौर, रत्नपार्क, वीर अस्पताल, खुलामञ्च, चाबहिल, नयाँ र पुरानो बसपार्क उनीहरूका ग्राहक खोज्ने स्थान हुन्। त्यसमध्ये चाबहिल, नयाँबजार, नयाँ बसपार्क तेस्रो लिंगी यौन व्यवसायीहरूका नयाँ अखडा हुन्।
ठमेलबाहेकका क्षेत्रमा तेस्रो लिंगी यौनकर्मीहरू साँझ पर्नासाथ निस्कन्छन् र १० बज्दा नबज्दै फर्किसक्छन्। अन्यत्र रात्रि जीवन नभएकाले पनि उनीहरू अबेरसम्म बस्दैनन्। धेरै तेस्रो लिंगी यौनकर्मी लाजिम्पाट क्षेत्रमा बस्छन्। तेस्रो लिंगीको अधिकारसम्बन्धी काम गर्ने संस्था लाजिम्पाटमै भएकाले पनि त्यहाँ उनीहरूको उपस्थिति अन्यत्रभन्दा बाक्लो छ।
भानुभक्त मेमोरयिल विद्यालयअगाडिसम्म फराकिलो रहेको बाटो त्यहाँबाट साँघुरन्िछ। इँटा बिछ्याइएको साँघुरो गल्लीभित्रको एउटा घरमा भाडामा बस्छिन्, रञ्जु थापा। टीभी दराजको आडैमा रहेको टेबुलमा शृंगारका सामान सजाइएका छन्। खाटको गोडातिर कुर्सी राखिएको छ।
रञ्जुले ग्राहक यहीँ ल्याउँछिन्। भन्छिन्, “पहिले-पहिले गेस्ट हाउसतिर जान्थ्यौँ। अचेल सबै साथीहरू आ-आफ्नै कोठामा ल्याउँछौँ।” कसैको डर नहुने हुँदा कोठा दुवै पक्षका लागि सुरक्षित हुने उनीहरूको भनाइ छ। पाँच वर्षदेखि यही पेसाबाट गुजारा चलाइरहेकी धरानकी पूजा राई, २८, भन्छिन्, “बाहिरभन्दा आफ्नै कोठामा सुरक्षित भइन्छ। ग्राहकलाई समेत कोठामा आउँदा गेस्ट हाउस वा होटलभन्दा सस्तो पर्छ।”
गेस्ट हाउसमा प्रहरीले छापा मार्ने हुँदा कोठा सुरक्षित पनि छ, उनीहरूका लागि। सडक त उनीहरूको ग्राहक खोज्ने संगमस्थल मात्रै हो। यस्ता यौन व्यवसायीको रेट त हुँदैन। तर, यो समुदायबीच पाँच सय रुपियाँभन्दा तल झर्नुहुँदैन भन्ने भद्र सहमति बनेको पूजा बताउँछिन्। भन्छिन्, “त्यसभन्दा माथि जसले जति डिल गर्न सक्छ, उति हुन्छ। कतिपय मनकारी ग्राहक पीडा सुनेर मोलमोलाइ गरेभन्दा बढी पैसा दिनसमेत राजी हुन्छन्।” आफूले रात बिताएको ग्राहकसँग तीन हजार रुपियाँसम्म लिएको पूजा खुलाउँछिन्।

मुख्यतः मुख मैथुन (ओरल सेक्स)मा रुचि राख्नेहरू र श्रीमतीबाट यौन सम्पर्कमा असन्तुष्टहरू उनीहरूका मुख्य ग्राहक हुन्। आएका ग्राहकमध्ये अधिकांश विवाहित पुरुष हुन्छन्। “ओरल सेक्स मन पराउने तर श्रीमतीबाट त्यो इच्छा पूरा नहुने संख्या सहरमा धेरै ठूलो छ,” तेस्रो लिंगीको ‘गेट अप’मा टेलिभिजन कार्यक्रम ‘उज्जु डार्लिङ्’ सञ्चालन गर्ने हास्य कलाकार उज्ज्वल भण्डारी भन्छन्, “त्यस्तो कुण्ठा पाल्नेहरू नै उनीहरूका प्रमुख ग्राहक हुन्। मान्छेको नेचर नै त्यस्तै छ भने के गर्नु ?”
पूजाका अनुसार समाजमा स्थापित व्यक्तिहरू नै उनीहरूका मुख्य ग्राहक हुन्, जसलाई उनीहरू साथी भन्न रुचाउँछन् र नियमित सम्पर्कमा रहन्छन्। यस्ता ग्राहकको संख्या आधा दर्जन रहेको पूजाले बताइन्। अझ रञ्जुको त यस्ता साथी एक दर्जन रहेछन्। भन्छिन्, “उनीहरू आफैँ सम्पर्क गरेर आउँछन्।”
नेपालले भेटेका एक दर्जन तेस्रो लिंगी यौनकर्मीमध्ये अधिकांशले नियमित ग्राहक बनाएको खुलाए। कतिपयको यस्ता ग्राहकसँगै ‘लभ अफेयर’समेत चलेको छ। जस्तो ः सरकारी सेवामा कार्यरत कर्मचारीसँग रञ्जुको अफेयर चल्यो। उनीहरू चार वर्ष सँगै बसेछन्। केटालाई घरबाट विवाह गर्ने दबाब आएपछि उनीहरू सँगै बस्न सकेनन्। भन्छिन्, “अहिले फोनमा कुराकानी हुन्छ। त्यसबाहेक सम्बन्ध छैन। ”
विराटनगरकी आकांक्षा तिम्सिना, २१, छिमेकी र साथीहरूले हिजडा, छक्का भनेर जिस्क्याउन थालेपछि घर छाडेर भारतको आरा पुगिन्। व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण उनले त्यहाँ अर्केस्ट्रामा काम गरनि्। तर, हिँडडुल गर्न नेपालमा भन्दा गाह्रो भएपछि उनी ६ महिनामै पुनः स्वदेश फर्किन्। कहीँ काम नपाएपछि उनी एक महिनाअघि काठमाडौँ छिरेर यौन व्यवसायमा लागेकी छन्। आएको २० दिनमै उनी प्रहरीको फन्दामा समेत परनि्। प्रहरीले सार्वजनिक स्थलमा होहल्ला गरेको भन्दै उनीहरूलाई पक्राउ गरेर रातभर िहिरासतमा राखेछ र भोलिपल्ट छाडिदिएछ ।
“देह व्यापारलाई कानुनले बन्देज लगाएको छ। उनीहरूसँग विकल्प छैन भनेर जान्दाजान्दै हामीले नियन्त्रणमा लिनुपर्छ,” महानगरीय प्रहरी परसिर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) सुबोध घिमिरे भन्छन्। प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक कवित कटवाल तेस्रो लिंगीहरूको समस्या समाधानका लागि राज्यले सोच्नैपर्ने बताउँछन्। भन्छन्, “पक्रने र छाड्ने मात्रै हो कि दिगो समाधान निकाल्ने भन्ने सोच्नुपर्ने भएको छ ।एजेन्सी

रगतको नदि बगे पछी महाप्रलय शुरु भएको भन्दै शहर बासिन्दाको हल्ली खल्ली (फोटो फिचर)

  चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वेन्झोउ शहरका बासिन्दा शुक्रबार विहान उठ्दा अचम्मित भए । किन भने उनीहरुको शहर छेउँमा बग्ने नदीको पानी रगतको खोलो जस्तो देखियो ।
कसैलाई पनि नदी त्यस्तो किन भयो भन्ने थाहा भएन । र उनीहरुलाई किन यस्तो भयो थाहा थिएन । स्थानीयबासीले विहान ४ बजे सम्म सामान्य रहेको नदीको पानी विहान ६ नबज्दै एकाएक रगत जस्तो देखिन थालेपछी उनीहरु आत्तिए ।
त्यहाँ बस्ने एक पाको उमेरका ब्यक्तिले आफूले जिन्दगीमा कहिल्यै पनि यस्तो नदेखेको बताए । सो क्षेत्रमा कुनै औद्योगिक संरचना पनि नभएका कारण कुनै औद्योगिक प्रदुषणले त्यस्तो भएको सम्भावना पनि छैन ।
पर्यावरणविदहरुले पानी परीक्षण गरेर के भएको हो छनविन गर्ने प्रक्रिया अघि बढाएका छन् ।
बेन्झोउ पहाडले घेरिएको शहर हो । यस अघि चीनको याङ्जी नदीमा पनि पानीको रंग बदलिएपछी मानिसहरु आत्तिएका थिए ।
तर अहिले भने नदीको पानी एकाएक रातो भएपछी प्रलय शुरु भएको भनेर सामाजिक सञ्जालमा जताततै हल्ला फैलाइएको छ । एजेन्सी

मलाई मेरै पतिले वेश्या बनाए, तर यो उनको जबरजस्ती थिएन

काठमाडौं । एक महिला जसलाई आफ्नै श्रीमानले वेश्या बनाए । तर उनले यस्तो जबरजस्ती गरेका होइनन् । किनकी महिलाले आफैं वेश्या बन्न स्वीकार गरिन् । सामाजिक सञ्जालमा यो भिडियो दिनानुदिन भाइरल बनिरहेको छ ।

भिडियोमा एक महिला छिन्, जसले आफू कसरी वेश्या भइन्, बयान दिएकी छिन् । हो, उनी वेश्या बनिन् । उनको भिडियो हेर्दा तपाईंलाई रिंगटा लाग्न सक्छ । महिला कस्तो परिस्थितिमा वेश्या बन्न तयार होलिन् ? एजेन्सी

विवाहको नाटक गरी श्रीमती बिक्री गर्नेलाई जेल

 राजविराज : एक ३३ वर्षीया एकल महिलालाई प्रेमविवाह गरी बेच्न खोजेको आरोपमा सप्तरीका एक युवकलाई अदालतले पाँच वर्ष कैदसजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशले थुनामा रहेका पोर्ताहा गाविस–८ का ३९ वर्षीय अशोक कुमार यादवलाई बुधबार पाँच वर्ष कैदसजायको फैसला गरेको अदालतले जानकारी दिएको छ।

स्रेस्तेदार नवराज दुलालले दिएको जानकारी अनुसार गत वैशाख १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका यादवलाई रु. २५ हजार जरिवानाका साथै पीडितलाई रु. २५ हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
भारतमा बेच्ने उद्देश्यले विवाहको नाटक गरी झुक्याई सप्तरीको भारदह गाविसबाट काठमाडौं हुँदै भैरहवासम्म पुर्‍याइ त्यहाँबाट सिमाक्षेत्र सुनौली नाका पुर्‍याएको तथ्य पुष्टि हुन आएकोले कैद सजायको फैसला भएको बताइएको छ।

आरोपितले ०७० साउनको जनै पूर्णिमाका दिन जनकपुरको रामजानकी मन्दिरमा विवाह गरी पीडितलाई काठमाडौं पुर्‍याएका थिए। संविधानसभा निर्वाचनको प्रचार प्रसारका लागि घर फर्केका यादवले फोनमार्फत भैरहवा आउनु भनी उनका साथीहरुको साथ लगाई गत मंसिर १२ गते आफूलाई भैरहवा पुर्‍याएएको पीडितले बताइन् । भैरहवा पुगेपछि यादवले बस्दै गर भनी राखेको कोठामा केही क्षण पछि आएका अपरिचित पाँचजनाले यादवबाट आफु बिक्री भइसकेको जानकारी पाएकी थिइन्। उनिहरुले भारतको दिल्लीका लागि जबरजस्ती रिक्सामा बसाई सुनौली नाकातर्फ लैजाँदै गर्दा स्थानीय व्यक्तिको सहयोगमा भागी उम्की ओरेक नेपालको संरक्षणमा बचेको पीडितले अदालतमा बयान दिएकी छन्।

ओरेक नेपाल काठमाडौं र विराटनगरको निवेदनका आधारमा आरोपितलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी वेस क्याम्पस बरमझियाको उत्तर सडकबाट गत चैत १२ गते गिरफ्तार गरी गत चैत १८ गते मानव बेचविखनको मुद्दा दर्ता गरेको थियो।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID