Friday, 21 November 2014

पैसा दिने नयाँ सामाजिक सञ्जाल 'सु'

 'सामाजिक सञ्जालमा लाखौं मानिसको दैनिक घन्टौं समय खेर गइरहेको छ। इन्टरनेटमा समय खर्च भएबापत फेसबुक,  ट्वीटरले न पैसा दिन्छ न त हजारौं साथी एवं फलोअर्सबाट कुनै काम लिन सकेको छ। इन्टरनेटको लत त्याग्न सके अफ लाइनमा सिर्जनात्मक काम गर्न सकिन्थ्यो कि?' यस्तो सोच राख्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई ध्यानमा राखेर नयाँ सामाजिक सञ्जाल सु (tsu.co)  इन्टरनेट बजारमा आएको छ।

७० लाख अमेरिकी डलर कुल बजेटमा  अमेरिकाको न्युयोर्कबाट गत अक्टोबर १४ देखि सु सर्बजनिक गरिएको यसका संस्थापक सेबस्टियन सोबज्याकलाई उद्धृत गर्दै चर्चित टेक साइट रिकोर्ड डटनेटले लेखेको छ ।  सुमा एकाउन्ट बनाइसकेका साथीको सटकोर्ड प्रयोग गरेर (उदाहरणको लागि) नयाँ एकाउन्ट बनाउन सकिने यो सञ्जाल फेसबुक, ट्विटरका प्रयोगकर्तालाई खासै नौलो लाग्दैन।

स्टेटस अपडेट, लाइक, कमेन्ट, सेयर, म्यासेज, फ्रेन्ड रिक्वेस्ट, एसेप्ट, फलोलगायतका सुविधा यसमा छ। चर्चित खेलाडी एवं हलिउड  सेलिब्रेटीमार्फत प्रमोसन गराइरहेको सुले छोटो समयमै अमेरिका, भारत, ब्राजिल, श्रीलंका, अस्ट्रेलिया आदि लगायतबाट १० लाख प्रयोगकर्ता पाइसकेको छ ।

सुको आम्दानीको स्रोत अनलाइन विज्ञापन हो। अनलाइन विज्ञापनदाता कम्पनीको सहकार्यमा प्रयोगकर्ताको टाइमलाइनमा विज्ञापन देखाउने गर्छ। त्यसको कमाई प्रयोगकर्तासँग बाँड्ने सुले जनाएको छ।  सुको दाबीअनुसार कमाइको १० प्रतिशत साइट सञ्चालन गर्न खर्च गरिने, ९० प्रतिशत विभिन्न माध्यम र प्रक्रिया हुँदै प्रयोगकर्तालाई प्रदान गरिनेछ।

न्युनतम एकसय डलर कमाइ भइसकेपछि बैंक खातामा जम्मा गर्न सकिने जनाएको यो साइटले अमेरिकी बैकंमा एकाउण्ट नभएकाहरुले भने साथीको एकाउण्टमा ट्रान्सफर गरेर, सुमै अनलाइन विज्ञापन गरेर एवं च्यारिटीमा सहयोग गरेर खर्च गर्न सकिने उल्लेख गरेको छ ।
याँ click गरेर आफ्नो ID बनाउनु होस् (https://www.tsu.co/kritiprasad)

सेक्सका दौरान यस्तो भए तुरुन्त डाक्टरलाई भेटनुस.

 क्यान्सर डर लाग्दो रोग हो, यसले महिला पुरुष केही भन्दैन् तर केही क्यान्सर भने महिलालाई मात्र हुन्छ, जस्तै गर्भासयको क्यान्सर ।
सेक्सका दौरान महिलालाइ धेरै रक्तश्राव भएमा, श्रावमा दुर्घन्ध आएमा ,पिसाव फेर्दा जलन भएमा, रोकिदै पिशाव भएमा तुरुन्त डाक्टरलाइ सम्पर्क राख्नु पर्छ।
यस्ता लक्षणले ९० प्रतिशत सम्म गर्भासयको क्यान्सर तर्फ संकेत गर्छन्।
गर्भासयको क्यान्सर ४० वर्ष उमेर नजिका महिलालाई धेरै हुने गरेको छ तर यसबाट जुनुसुकै उमेर समुह प्रभावित छन्।
यसका बाट बच्न बेला बेलामा पप स्मेयर टेस्ट गर्नु बुद्धिमानी हुन्,यसबाट गर्भासयको क्यान्सर पत्ता लाग्दछ।
यसबाट महिला निकै चनाखो रहनु पर्दछ, सेक्सका दौरान अत्याधिक रक्सश्राव,रक्तश्रावमा दुर्गन्ध र पिसाव सम्वन्धी समस्या देखा परे सचेत भइहाल्नु पर्दछ।

आफूलाई मृत्युले बिर्सिएको १७९ वर्षीया वृद्धको गुनासो


हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं । तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् ।

महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको दावी गर्छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् ।

उनको दावी साँचो हुने हो भने उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ ।
‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर मलाई कसरी कालले बिर्सिएको होला रु’ उनी बताउँछन् । उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए ।

इन्डिया डट कमलाई उनले भने, ‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै भइसक्यो । अब त मलाई कालले सम्झन्छ भन्ने कुरामा पनि आशा मरिसक्यो ।’

बिहेपूर्वको सेक्स समझदारीको कुरा हो – बिनिता बराल

 चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा पनि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् । अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँग आदर्श नेपालले गरेका संक्षिप्त कुराकानीः

 सुटिङमा भन्दा बढी कृषी फर्ममा बढी भेटिनुहुन्छ नि आजकाल तपाईं यसको कारण के होला ?
कृषीमा बढी सन्तुष्टी पाएर होला ।
बिनिता फिल्म नपाएर खेतीपातीमा लागेको भन्नेहरु पनि छन् नि यसबारे तपाईं के भन्नुहुन्छ ?
हाम्रो देश कृषीप्रधान भएको कारण कसैले यसो भन्छन् झैँ लाग्दैन यदि कसैले भन्यो भने पनि त्यो तुच्छ काम हो ।
तपाईंलाई कृषकभन्दा आनन्द आउँछ कि कलाकारभन्दा आनन्द आउँछ ?
सुटिङमा हुँदा कलाकार भन्न र फर्ममा हुँदा कृषक भन्न आनन्द आउँछ ।
कृषीमा सरकारले दिने भनेको ऋण वास्तविक किसानसम्म पुग्दैन रे नि ? यसमा तपाईंको भोगाई के छ ?
सहि हो, अनुदान र सहयोगहरु विभिन्न शिर्षकमा आउँछन् तर सरकारी लापरवाहिका कारण लिन गाह्रो छ । पछिल्लो समय सरकारले युवा कृषकहरुलाई प्रोत्साहन गर्दै आएको कुरा पनि नकार्न सकिँदैन ।

तपाईं उपन्यास लेखनमा लागिरहनु भएको छ भन्ने सुनिन्छ । उपन्यास सफल हुन्छ भन्नेमा चाँहि पाठकहरुले कसरी विश्वास गर्ने त ?
नौलो कोसिस हो, बिनिता बरालले लेखेको एकचोटी पढिहेर्दा के फरक पर्छ र ? मेरो उपन्यास लेखनको मुख्य उद्देश्य भनेको देशको युवापुस्तालाई कृषीमा जिवन देखाउनु र हाम्रो जिवनको अभिव्यक्त गरेको मात्र हो ।
 कहिले फिल्म भन्नुहुन्छ ? कहिले कृषी भन्नुहुन्छ ? कहिले उपन्यास भन्नुहुन्छ ? उमेर गाको मेसो नै पाउनु भएको छैन कि क्या हो ?
उमेर अनुसारको काम नै गरेको जस्तो लाग्छ । उपन्यास लेखन मेरो लागि सबैभन्दा बौद्धिक र परिपक्क काम हो जस्तो लाग्छ ।
 उमेर त भयो क्यारे बिहेको बारेमा के सोच्नुभाछ कि लभसबको चक्करमा हुनुहुन्छ ?
सिधा भन्नुपर्दा तत्काल बिहे गरिहाल्ने मनस्थितीमा छैन । तर म कसैको मायामा भने छु, सत्य कुरा यहि हो ।
 तपाईंलाई सबै दर्शकहरुले सेक्सी हिरोईन भन्छन् तपाईंलाई चाँही आफ्नो के सेक्सी लाग्छ ?
मलाई मेरो आँखा सेक्सी लाग्छ ।
 बिहेपुर्वको सेक्सलाई तपाईंले कसरी लिनुभएको छ ?
त्यो आपसी समझादारीको कुरा हो ।
अन्त्यमा दर्शक ,पाठकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
मैले उपन्यास मनैदेखी लेखेको छु , पढिदिनु होला ।

'मेरो हनिमुन पोखरामै भयो'


सीतारामजी र मेरो चिनजान पुरानो हो। हास्यटेलिशृंखला 'मेरिबास्सै' सुरु हुनुभन्दा अघिदेखि नै हामी साथी हौं। सँगै काम गर्ने, सँगै हिँड्ने क्रममा एकअर्काबाट प्रभावित हुँदै गयौं। तापनि मैले प्रेमीका रूपमा हेरेको थिइनँ। उहाँले मन पराएको चाहिँ मलाई थाहा थियो। मैले आफैं करिअर बनाउने समय भएकाले अहिले त्यस्तो नसोच्न आग्रह गरेँ।

'मेरिबास्सै' सुरु भएको चार वर्षपछि हामी विवाहबन्धनमा बाँधियौं। त्यसपछि भने मैले साँच्चिकै गहिरो प्रेमको अनुभूति गरेँ। विवाहअघि यति अगाध मायाको महसुस भएको थिएन। लामो समय सँगै काम गरेको साथीलाई जीवनसाथी बनाए पनि विवाह भएपछि भने साथी हुँदा बोलेजसरी बोल्न सजिलो नहुँदो रहेछ।

छायांकन, स्टेज कार्यक्रममा अरूका अगाडि हामी आँखाले इसारामा कुरा गथ्र्यौं। विवाहको तीन दिनपछि कार्यक्रमका लागि पोखरा जानुपर्ने भयो। त्यो नै हाम्रो लागि हनिमुन भयो। साथीहरूसहित समूहमा घुम्यौं तर हामी दुईजनाको मनमा बेग्लै भावना थियो।

 विवाह भएको तीन वर्ष भयो। जति दिन बित्दै गयो उति माया बढ्दै गएको छ। हामी अहिले पनि नयाँ जोडीजस्तै छौं। सम्बन्ध ताजा बनाउने विषय आफैंमा निर्भर गर्छ।
    
धेरै ठाउँमा सचेतनाका कार्यक्रम गर्दै हिँडेकाले शारीरिक सम्बन्धका बारेमा हामी सकारात्मक थियौं। भर्खर बिहे भएका बेला श्रीमान्को हात समाएर हिँड्न पाउँदा संसार जितेजस्तो लाग्थ्यो।

एकअर्काको नजिक रहँदा रमाइलो अनुभव हुन्थ्यो। त्यो समय अविस्मरणीय लाग्छ। धेरै ठाउँमा सचेतनाका कार्यक्रम गर्दै हिँडेकाले शारीरिक सम्बन्धका विषयमा सकारात्मक र खुला थियौं। अहिलेसम्म पनि हाम्रो समझदारी उत्तिकै राम्रो छ।

पोखराबाट फर्केको केही दिनमा कोरिया गयौं। कार्यक्रमका लागि गएकाले त्यहाँ पनि साथीहरूको समूह थियो। विदेशमा कार्यक्रम गर्न जाँदा समूहमा प्राय: म एक्ली केटी हुन्थेँ। होटेलको कोठामा एक्लै हुन्थेँ। खाडी मुलुक तिर जाँदा निकै डर लाग्थ्यो तर विवाहपछि त्यो समस्या भएन। बाहिर घुम्न निस्कँदा भने साथीहरूले जिस्क्याउँदै हामीलाई मात्र छाडिदिन्थे।

भर्खर भएको बिहे, श्रीमान्को हात समाएर हिँड्न पाउँदा संसार जितेजस्तो लाग्थ्यो। मलाई टाइटानिक पोज एकदमै मन पर्ने। त्यो पोजमा निकै तस्बिर खिचायौं। कार्यक्रमको सिलसिलामा धेरै ठाउँ सँगै गएका छौं। उहाँसँगको हरेक पल मलाई विशेष लाग्छ।

विवाह भएको तीन वर्ष भयो। समय जति बित्दै गयो उति माया बढ्दै गएको छ। हामी अहिले पनि नयाँ जोडीजस्तै छौं। सम्बन्ध ताजा बनाउने विषय आफैंमा निर्भर गर्छ।

बाग बजारको होटलमा यसरी ठगिन्छन् ग्राहक

मंसीर ५ – काठमाडौं,  बागबजारमा रहेको भक्तपुर बसपार्कबाट केही मिटर भित्र छिरेपछि एउटा बोर्ड देखिन्छ । ‘शेहजान होटल’ जसको नाम हो । हामीलाई विभिन्न स्रोतबाट यो होटलले गर्ने ठगी बारे तीन महिना अघिदेखि नै सूचना आईरहेको थियो । कसैले आग्रह पूर्वाग्रहको आधारमा हामीलाई प्रयोग गर्न खोजेको हो की भन्ने आशंकाले तुरुन्तै न्युज ब्रेक गर्नुको साटो हामी त्यो होटलको नालीबेली पत्ता लगाउन लागीपऱ्यौँ । स्रोतप्रति विश्वस्त भएपछि बिहिबार दिउँसो हामी त्यस होटलमा पुगेका थियौं ।
होटलको काउन्टरमा नेपाली कांग्रेस गोरखाकी जिल्ला सदस्य मनकुमारी गुरुङ थिइन् । त्यहाँ केही दलालहरु थिए जो नयाँ मान्छे जानासाथ ‘माथि गएर कुरा गरौं न !’ भन्दै माथिल्लो तल्लामा लैजान्थे र बार्गेनिङ गर्थे । पैसामा यौन साट्न लालस युवतीहरु धेरैजसो बाहिरबाट आउँथे, केहीलाई भने मनकुमारीले होटेलमै पालेर राखेकी थिइन् । वर्षौदेखि त्यस होटलमा सर्वसाधारण लुटिँदै आएका थिए । ३२ कोठा रहेको त्यस होटलमा बास बस्न जाँदा ग्राहकहरुले पाँचदेखि दश हजारसम्म गुमाउने गरेका छन् ।
मुख्य रुपमा त्यस होटलको ठगीमा सेटीङ मिलाउनेहरु थिए, रत्नपार्कमा रहेका यौन व्यवसायीहरु । रत्नपार्कमा रहने यौन व्यवसायीमध्ये अधिकांशको डेस्टिनेशन त्यहि होटल हुने गरेको छ ।
राम मानन्धर (नाम परिवर्तन) केहि महिना अघि त्यस होटलमा पुगेछन् । दलालले उनलाई ‘माथि नै कुरा गर्ने भन्दै’ एक तल्ला माथिको कोठमा बसेर कोठाको चार्ज एक हजार लिएछन् । दलाल निस्केपछि राम र यौन बेच्ने नाममा होटलसँग मिलेर लुटपाट गर्ने युवती सँग बार्गेनिङ हुन थाल्यो । ‘त्यहाँको कुराकानी सबै बाहिर सुनिने रहेछ किनकी ढोका लगाए पनि झ्यालहरुमा पर्दा मात्रै थियो, करिब खुल्ला जस्तै थिए । मैले पैसा तिर्ने बित्तिकै त्यहाँका दलालले ढोका ढक्ढक्याउँदै भने ‘चेकिङ आयो छिटो खोल्नुस ।’ बाहिर निस्कँदा न प्रहरी थियो, न चेकिङ । रामलाई त्यहि दलालले छिटो जानुस् भन्दै हकार्न थालेछन्, युवती भने होटलसँगको पूर्व सहमतीअनुसारकै हिसाब मिलाएर फरार भइसकेकी थिईन् । रामले प्रहरी बारे सोध्दा दलालले भनेछन् ‘त्यहाँ बसिरहेको देख्नुभएन, सिभीलमा आएको होनी ।’
स्रोतका अनुसार त्यस होटलमा दैनिक एक सयको हाराहारीमा ग्राहकहरु लुटिने गरेका छन् । हामीले कालो चियाको साथमा त्यस होटलका गतिविधी नियालिरह्यौँ । एक दलाल कम्मरमा पैसा हाल्ने सानो झोला बाँधेर तलमाथि गरिरहन्थे, उनले हामीलाई नै प्रहरीको हवाला दिएर केहीलाई त्यतिबेलै लुटपाट गर्न भ्याईसेकका रहेछन्, ग्राहकहरु कोठाबाट निस्केर हामीलाई हेर्दै बाहिरिन्थे । हामी त्यहाँ बसुन्जेल १५ जनाजति निन्याउरो अनुहार लगाएर निस्किसकेका थिए । कम्मरमा पैसाको झोला बोकेर तलमाथि गर्ने नेपालगञ्जका निरज थापा रहेछन् । उनी बेलाबेला काउन्टरमा पुगेर मनकुमारीसँग हिसाब मिलान गर्थे ।
त्यहाँ अर्का व्यक्ति थिए सुशिल भण्डारी, जो आफूलाई रिपोर्टस् क्लवमा काम गर्ने बताउँथे । अलि पछि पुगेका हाम्रा एक सहकर्मीलाई तिनै सुशिलले चिया बनाएर खुवाए । रिपोर्टस् क्लवमा काम गर्ने मान्छे किन यहाँ ? हामीले उनलाई त्यहाँबाट बाहिरीएपछि फोनबाट सोध्यौँ ‘मेरो खाने ठाउँ अन्त नभएर क्लवले नै यस होटलमा बस्ने व्यवस्था मिलाईदिएको ।’ तिनै सुशिल भन्दै थिए मेरी माईजु मनकुमारीले मुस्लीम साहुबाट यो होटल किनेको तीन महिना भयो । अनि फेरी मनकुमारीका श्रीमान् लिलाराम भन्दै थिए ‘एक महिना मात्रै भयो यो होटल किनेको ।’ ढाँटेको कुरा काटेर किन मिल्थ्यो ? उनीहरुले हामीलाई ढाँटीरहे ।
गोरखा थालाजुङ गविसकी मनकुमारी नेपाली कांग्रेस सम्वद्ध महिला संघ गोरखाकी सचिव पनि हुन् । मनकुमारी भन्दै थिईन् । पार्टीका कार्यक्रममा गोरखा पुग्ने गरेकी मनकुमारी अरु बेला यहि होटलको काउन्टरमा बस्छिन् । गएको संविधानसभा निर्वाचनमा समानुपातीकको बन्द सुचीमा परेकी मनकुमारी संविधानसभा भवनमा भने छिर्न पाइनन् । त्यसैले त डटेर होटलकै धन्दामा लागीन् । ‘तपाईंजस्तो महिला नेताले होटलमा केटी राखेर यौनधन्दा चलाउँदै ठग्न मिल्छ ?’ ‘मनकुमारीले आँत्तिदै भनिन् ती सबै मेरा बहिनीहरु हुन् ।’
कोही नयाँ मान्छे चिया कफी खान छिरे पनि मान्छे हेरेर दलालहरुले माथि लागि हाल्ने रहेछन् त्यस होटलमा । माथि लगेर लुटपाट पारेपछि पुलिस आयो भन्दै लखेट्दै कति सजिलै पैसा कमाउने आइडिया । रिसेप्सन अगाडी एक दुई जना केटा सँधै राख्ने गरेकी रहिछिन् मनकुमारीले, किनकी ग्राहकले खोई पुलिस भनेमा हातको ईशाराले बाहिर लैजाने अनि तिनै हुन ‘म हिजो पनि छापा मार्न आएको थिएँ, भनिरहेको सुन्नुभएन ?’ भन्ने पठाउने ।
स्रोत भन्छ दैनिक पचास जना ग्राहकबाट तीन हजारको दरले ठगेपनि एकलाख पचास हजार हुन्छ । तर त्यहाँ दैनिक एक सय ग्राहक त्यसैगरी लुटिने गरेका छन् । दलाली गर्ने निरज थापा भन्दै थिए ‘म यहाँ मेनेजरको काम गर्छु ।’ केहि वर्ष अगाडी त्यसैगरी ग्राहकको रुपमा आएका थापा पछि त्यहिँ यौन व्यवसायी महिला दलालीको काम गर्न थालेको मनकुमारीले बताईन् ।
मनकुमारीका श्रीमान् हामीलाई धम्कीको भाषामा भन्दै थिए ‘यहाँ मेरो एनजिओ पनि छ तपाईंलाई थाहा छ ?’ एनजिओको नाम लिएपछि पत्रकारहरु डराएर समाचार लेख्दैनन् भन्ने उनलाई लागेको रहेछ । हामी त्यहाँ बस्दाबस्दै दलालहरुसँग मनकुमारी कुरा गर्दै थिईन् ‘अब होटल बाहिर नयाँ बोर्ड झुण्डयाउनु पऱ्यो, यो धेरै पुरानो भो ।’ अनि सुशिल थप्दै थिए होटलको नाम अब ‘सुलभ’ राख्नुपर्छ । यसरी केही महिनाको अन्तरालमा उनीहरुले होटलको बोर्ड परिवर्तन गरेर ग्राहक लुट्ने धन्दालाई निरन्तरता दिईरहेका थिए । तिनै परिवर्तित नामका राम मानन्धर भन्दै थिए ‘पहिले म पुग्दा त्यो होटलको नाम अर्के थियो अहिले अर्कै बोर्ड राखिएको रहेछ ।’ स्रोतका अनुसार लुटपाट गर्न सजिलो होस् भनेर उनीहरु होटलको बोर्ड परिवर्तन गरिरहन्थे ।

Thursday, 20 November 2014

छविको हिरोइन शिल्पा आफ्नै सहकर्मीबाट बलत्कृत......!

  कात्तिक ७ गते देशभर प्रदर्शन भइरहेको चलचित्र लज्जाले यति बेला देशभरका सिनेमाहलहरुमा गज्जबको व्यापार गरिरहेको अबस्थामा लज्जामा प्रिया र पार्वती नाममा देखिएकी शिल्पालाई अब उनी नै अभिनित र एउटै ब्यानरमा निर्माण भएको अर्को चलचित्रमा हवल्दार सुन्तलीमा शिल्पालाई हवल्दार सुन्तलीको भुमिकामा देख्न पाइने भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जा देशभर प्रदर्शन भइरहेको बेला सोहि ब्यानरमा निर्माण भएको चलचित्र हवल्दार सुन्तलीलले पनि आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

चैत २७ गते अलनेपाल रिलिज हुने चलचित्र हवल्दार सुन्तलीको पहिलो अनुहार सार्वजनिक भएको छ । छविराज प्रोडक्सनका अनुसार लज्जाबाट सफलता हात परिसकेका कारण अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरेका बताइएको छ ।

लज्जाकी हिरोइन शिल्पानै मुख्य भूमिकामा रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको फिल्म हो । आफ्नै सहकर्मीबाट बलत्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । हवल्दार सुन्तली प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म रेशम फिलिली पनि प्रर्दशन हुँदैछ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID