मंसीर ५ – काठमाडौं, बागबजारमा रहेको भक्तपुर बसपार्कबाट केही मिटर भित्र छिरेपछि एउटा बोर्ड देखिन्छ । ‘शेहजान होटल’ जसको नाम हो । हामीलाई विभिन्न स्रोतबाट यो होटलले गर्ने ठगी बारे तीन महिना अघिदेखि नै सूचना आईरहेको थियो । कसैले आग्रह पूर्वाग्रहको आधारमा हामीलाई प्रयोग गर्न खोजेको हो की भन्ने आशंकाले तुरुन्तै न्युज ब्रेक गर्नुको साटो हामी त्यो होटलको नालीबेली पत्ता लगाउन लागीपऱ्यौँ । स्रोतप्रति विश्वस्त भएपछि बिहिबार दिउँसो हामी त्यस होटलमा पुगेका थियौं ।
होटलको काउन्टरमा नेपाली कांग्रेस गोरखाकी जिल्ला सदस्य मनकुमारी गुरुङ थिइन् । त्यहाँ केही दलालहरु थिए जो नयाँ मान्छे जानासाथ ‘माथि गएर कुरा गरौं न !’ भन्दै माथिल्लो तल्लामा लैजान्थे र बार्गेनिङ गर्थे । पैसामा यौन साट्न लालस युवतीहरु धेरैजसो बाहिरबाट आउँथे, केहीलाई भने मनकुमारीले होटेलमै पालेर राखेकी थिइन् । वर्षौदेखि त्यस होटलमा सर्वसाधारण लुटिँदै आएका थिए । ३२ कोठा रहेको त्यस होटलमा बास बस्न जाँदा ग्राहकहरुले पाँचदेखि दश हजारसम्म गुमाउने गरेका छन् ।
मुख्य रुपमा त्यस होटलको ठगीमा सेटीङ मिलाउनेहरु थिए, रत्नपार्कमा रहेका यौन व्यवसायीहरु । रत्नपार्कमा रहने यौन व्यवसायीमध्ये अधिकांशको डेस्टिनेशन त्यहि होटल हुने गरेको छ ।
राम मानन्धर (नाम परिवर्तन) केहि महिना अघि त्यस होटलमा पुगेछन् । दलालले उनलाई ‘माथि नै कुरा गर्ने भन्दै’ एक तल्ला माथिको कोठमा बसेर कोठाको चार्ज एक हजार लिएछन् । दलाल निस्केपछि राम र यौन बेच्ने नाममा होटलसँग मिलेर लुटपाट गर्ने युवती सँग बार्गेनिङ हुन थाल्यो । ‘त्यहाँको कुराकानी सबै बाहिर सुनिने रहेछ किनकी ढोका लगाए पनि झ्यालहरुमा पर्दा मात्रै थियो, करिब खुल्ला जस्तै थिए । मैले पैसा तिर्ने बित्तिकै त्यहाँका दलालले ढोका ढक्ढक्याउँदै भने ‘चेकिङ आयो छिटो खोल्नुस ।’ बाहिर निस्कँदा न प्रहरी थियो, न चेकिङ । रामलाई त्यहि दलालले छिटो जानुस् भन्दै हकार्न थालेछन्, युवती भने होटलसँगको पूर्व सहमतीअनुसारकै हिसाब मिलाएर फरार भइसकेकी थिईन् । रामले प्रहरी बारे सोध्दा दलालले भनेछन् ‘त्यहाँ बसिरहेको देख्नुभएन, सिभीलमा आएको होनी ।’
स्रोतका अनुसार त्यस होटलमा दैनिक एक सयको हाराहारीमा ग्राहकहरु लुटिने गरेका छन् । हामीले कालो चियाको साथमा त्यस होटलका गतिविधी नियालिरह्यौँ । एक दलाल कम्मरमा पैसा हाल्ने सानो झोला बाँधेर तलमाथि गरिरहन्थे, उनले हामीलाई नै प्रहरीको हवाला दिएर केहीलाई त्यतिबेलै लुटपाट गर्न भ्याईसेकका रहेछन्, ग्राहकहरु कोठाबाट निस्केर हामीलाई हेर्दै बाहिरिन्थे । हामी त्यहाँ बसुन्जेल १५ जनाजति निन्याउरो अनुहार लगाएर निस्किसकेका थिए । कम्मरमा पैसाको झोला बोकेर तलमाथि गर्ने नेपालगञ्जका निरज थापा रहेछन् । उनी बेलाबेला काउन्टरमा पुगेर मनकुमारीसँग हिसाब मिलान गर्थे ।
त्यहाँ अर्का व्यक्ति थिए सुशिल भण्डारी, जो आफूलाई रिपोर्टस् क्लवमा काम गर्ने बताउँथे । अलि पछि पुगेका हाम्रा एक सहकर्मीलाई तिनै सुशिलले चिया बनाएर खुवाए । रिपोर्टस् क्लवमा काम गर्ने मान्छे किन यहाँ ? हामीले उनलाई त्यहाँबाट बाहिरीएपछि फोनबाट सोध्यौँ ‘मेरो खाने ठाउँ अन्त नभएर क्लवले नै यस होटलमा बस्ने व्यवस्था मिलाईदिएको ।’ तिनै सुशिल भन्दै थिए मेरी माईजु मनकुमारीले मुस्लीम साहुबाट यो होटल किनेको तीन महिना भयो । अनि फेरी मनकुमारीका श्रीमान् लिलाराम भन्दै थिए ‘एक महिना मात्रै भयो यो होटल किनेको ।’ ढाँटेको कुरा काटेर किन मिल्थ्यो ? उनीहरुले हामीलाई ढाँटीरहे ।
गोरखा थालाजुङ गविसकी मनकुमारी नेपाली कांग्रेस सम्वद्ध महिला संघ गोरखाकी सचिव पनि हुन् । मनकुमारी भन्दै थिईन् । पार्टीका कार्यक्रममा गोरखा पुग्ने गरेकी मनकुमारी अरु बेला यहि होटलको काउन्टरमा बस्छिन् । गएको संविधानसभा निर्वाचनमा समानुपातीकको बन्द सुचीमा परेकी मनकुमारी संविधानसभा भवनमा भने छिर्न पाइनन् । त्यसैले त डटेर होटलकै धन्दामा लागीन् । ‘तपाईंजस्तो महिला नेताले होटलमा केटी राखेर यौनधन्दा चलाउँदै ठग्न मिल्छ ?’ ‘मनकुमारीले आँत्तिदै भनिन् ती सबै मेरा बहिनीहरु हुन् ।’
कोही नयाँ मान्छे चिया कफी खान छिरे पनि मान्छे हेरेर दलालहरुले माथि लागि हाल्ने रहेछन् त्यस होटलमा । माथि लगेर लुटपाट पारेपछि पुलिस आयो भन्दै लखेट्दै कति सजिलै पैसा कमाउने आइडिया । रिसेप्सन अगाडी एक दुई जना केटा सँधै राख्ने गरेकी रहिछिन् मनकुमारीले, किनकी ग्राहकले खोई पुलिस भनेमा हातको ईशाराले बाहिर लैजाने अनि तिनै हुन ‘म हिजो पनि छापा मार्न आएको थिएँ, भनिरहेको सुन्नुभएन ?’ भन्ने पठाउने ।
स्रोत भन्छ दैनिक पचास जना ग्राहकबाट तीन हजारको दरले ठगेपनि एकलाख पचास हजार हुन्छ । तर त्यहाँ दैनिक एक सय ग्राहक त्यसैगरी लुटिने गरेका छन् । दलाली गर्ने निरज थापा भन्दै थिए ‘म यहाँ मेनेजरको काम गर्छु ।’ केहि वर्ष अगाडी त्यसैगरी ग्राहकको रुपमा आएका थापा पछि त्यहिँ यौन व्यवसायी महिला दलालीको काम गर्न थालेको मनकुमारीले बताईन् ।
मनकुमारीका श्रीमान् हामीलाई धम्कीको भाषामा भन्दै थिए ‘यहाँ मेरो एनजिओ पनि छ तपाईंलाई थाहा छ ?’ एनजिओको नाम लिएपछि पत्रकारहरु डराएर समाचार लेख्दैनन् भन्ने उनलाई लागेको रहेछ । हामी त्यहाँ बस्दाबस्दै दलालहरुसँग मनकुमारी कुरा गर्दै थिईन् ‘अब होटल बाहिर नयाँ बोर्ड झुण्डयाउनु पऱ्यो, यो धेरै पुरानो भो ।’ अनि सुशिल थप्दै थिए होटलको नाम अब ‘सुलभ’ राख्नुपर्छ । यसरी केही महिनाको अन्तरालमा उनीहरुले होटलको बोर्ड परिवर्तन गरेर ग्राहक लुट्ने धन्दालाई निरन्तरता दिईरहेका थिए । तिनै परिवर्तित नामका राम मानन्धर भन्दै थिए ‘पहिले म पुग्दा त्यो होटलको नाम अर्के थियो अहिले अर्कै बोर्ड राखिएको रहेछ ।’ स्रोतका अनुसार लुटपाट गर्न सजिलो होस् भनेर उनीहरु होटलको बोर्ड परिवर्तन गरिरहन्थे ।

No comments:
Post a Comment