Tuesday 21 October 2014

अस्पतालले पुरुषलाई महिलाको पेन्टी लगाइदिएपछि………..

अस्पतालले पुरुषलाई महिलाको पेन्टी लगाइदिएपछि………..
अस्पतालले आफुलाई महिलाको पेन्टी लगाइदिएको भन्दै एक जना पुरुषले अस्पताल विरुद्ध मुद्दा हालेका छन् ।

बेलायतको डेलावेरस्थित डोभर सहरको डेलावेयर सर्जरी सेन्टर विरुद्ध एन्ड्रीउ वाल्सले अचम्मको मुद्दा हालेका हुन् ।

२०१२ मा पेटको शल्यक्रियाका क्रममा उक्त अस्पतालमा भर्ना हुँदा अस्पतालले आफु बेहोस भएको बेला आफ्नो जिउमा महिलाको गुलाबी पेन्टी लगाइदिएको उनको जिकिर छ ।

सन् २०१२ को अक्टोबरमा उक्त अस्पतालमा शल्यक्रियाका लागि उनी भर्ना भएका रहेछन् । अस्पतालमा भर्ना हुँदा लगाएको भित्री वस्त्र उनले शल्यक्रिया पछि बिउझिँदा उनको सरीरमा थिएन । त्यसको साटो उनको सरीरमा महिलाले लगाउने गुलाबी पेन्टी लगाइएको थियो ।

न्यू क्यासल काउन्टी सुपेरियर कोर्टमा उनले हालेको मुद्दामा असह्य रहेको र यसले आफ्नो आत्मसम्मानमा ठेस पूराउनुका साथै सोही कारण आफुले ज्याला गुमाएको र पैसा कमाउने क्षमता समेत गुमेको दाबी गरिएको छ ।

डेलावेयर सर्जरी केन्द्रकी निर्देशक जेनिफर एन्डर्सनले भने अस्पताल विरुद्धको अभियोगका बारेमा कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

आफ्नै दुध बेच्दै बेलायती मोडेल, एक लिटरको ५० हजार रुपैयाँ -

आफ्नै दुध बेच्दै बेलायती मोडेल, एक लिटरको ५० हजार रुपैयाँ - 
British model selling their milk, a liter of 50 thousand rupees -
किसान तथा व्यापारीले गाइभैँसीको दुध बेच्छन् । तर के मान्छेको दुधको किनबेच भएको सुन्नुभएको छ ? कुनै आमाले आफ्नो दुध बेचेको सुन्नुभएको छ ? महिलाले सन्तानलाई स्तनपान गराउँछिन् त्यसैले आफ्नो वक्षस्थलको दुध बेच्ने कुरै भएन । तर बेलायतकी एक चर्चित मोडलले भने आफ्नो दुध बेचेर मनग्गे कमाउने योजना बनाएकी छिन् ।

निकै ठूला तथा कामुक वक्षस्थल तथा विवादास्पद गतिविधिका कारण बेलाबेलामा चर्चामा आइरहने मोडल जोसी कनिंघमले आफ्नो दुध दिनहुँ बेचेर पैसा कमाउने घोषणा गरेकी हुन् ।

चर्चामा आइरहन मन पराउन जोसीले गर्भवती हुँदा समेत सधै धूमपान गरेका कारण विवादमा परेकी थिइन् । र अहिले बच्चा पाइसकेपछि आफ्ना दुध बच्चालाई खुवाउनुको साटो दुध दुहेर त्यसलाई बेच्दैछिन् ।

उनले निर्धारण गरेको मूल्य सूचि अनुसार उनको दुधकेा मूल्य प्रति लिटर झण्डै ५० हजार रुपैयाँ पर्छ । उनले एक औँस दुधको मूल्यको झण्डै १६ सय रुपैयाँ सम्म तोकेकी छिन् । तर उनले आफ्नो दुधमा पनि दोहोरो मूल्य कायम गरेकी छिन् । काखे सन्तान रहेका दुध चुसाउने आमाहरुले निकै सस्तोमा उनको दुध पाउनेछन् अर्थात् एक औँसको जम्मा २ पाउण्ड अर्थात् झण्डै ३२० रुपैयाँ ।

तर ती मोडलको दुध पिउन चाहने पुरुषहरुले भने निकै चर्को मूल्य तिर्नुपर्नेछ । क्रेजी पुरुषहरुले एक औँसको १० पाउण्ड अर्थात् झण्डै १६ सय रुपैयाँ तिर्नुपर्नेछ ।

आफुले एक दिनमा ३० औँससम्म दुध उत्पादन गर्न सक्ने र दिनमै ३ सय पाउण्ड -अर्थात् ५० हजार रुपैयाँ) को हाराहारीमा आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मेरो स्तन पार्टनरका लागि हो, मेरो बच्चाका लागि होइन ।’

केही दिनअघि इन्टरनेटमार्फत उनले बच्चालाई आफ्नो स्तनपान गराउनु भनेको निकै मूल्यहीन तथा फोहोर कुरा भएको बताएपछि उनको तिब्र आलोचना भएको थियो ।

कर्मचारीलाई तिहार बोनसः ४९१ लाई कार, २२५ लाई घर र ५ सयलाई गरगहना -

ठूला चाडपर्वका अबसरमा आफ्ना कर्मचारीलाई उपहार दिनु अनौठो हैन् । तर, कुनै कम्पनीले एकैपटक १२ सय कर्मचारीलाई कार, घर र गहना जस्ता महंगा र बिलाशी उपहार दिन्छ भन्दा पत्याउन कठिन पर्छ ।
भारतको गुजरातस्थित एक डायमण्ड कम्पनिले आ
फ्ना कर्मचारीहरुलाई तिहारको उपलक्ष्यमा यस्तै बहुमूल्य उपहार दिएर बिश्वको ध्यान तानिदिएको छ ।
सुरतमा रहेको हरेकृष्ण एक्सपोर्ट कम्पनीले आफ्ना ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई महंगा गहना र २ सय कर्मचारीलाई फ्ल्याट उपहार दिएको छ ।
कम्पनिका मालिक तथा हिरा व्यवसायी सबुभाइ ढोलाकियाले कर्मचारीहरुको योगदानले कम्पनिले लक्ष्य अनुसारको व्यापार गर्न सफल भएको खुसीमा तिहारको उपहार दिएको बताए ।
उनले दि इकोनोमिक टाइम्ससँग भने- ‘बिगत ५ बर्षको अबधिमा कडा परिश्रम गरेका र कम्पनीप्रति बफादारिता देखाएका कर्मचारीलाई हामीले यो उपहार दिएका हौं ।’
सन् १९९१ मा सुरु भएको उनको कम्पनीमा करिव ६ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये परिश्रमि र बफादार १२ सयलाई यो बर्ष उपहारका लागि छनौट गरिएको छ । यसरी उपहार पाउनेहरु कम्पनीभित्र सरसफाईको काम गर्ने सामान्य मजदुरसमेत छन् ।
‘म समाजबादी हैन, ब्यपारी हुँ’ ५० बषिर्य ढोलकियाले भने- मैले जे गरिरहेको छु त्यो सोसियल बिजनेस हो । तर, म चिन्दै नचिनेका मान्छेलाई च्यारिटीका नाममा दान दिएर खुसी पार्न चाहान्न, म उनीहरुलाई खुसी पार्छु जसले मेरो कम्पनीका लागि दुःख गरेका छन, जसले नाफा कमाइदिए उनीहरुलाई नाफा बाँड्न चाहान्छु ।’
सुरुमा कम्पनीले सवै कर्मचारीका लागि ४-४ लाख रुपैयाँको बजेट छुट्टाएको थियो । सो रकम बराबरको गाडी, गहना वा फ्ल्याट किन्ने छनौट कर्मचारीलाई दिइएको थियो । उनीहरुकै छनौटअनुसार उपहार दिइएको ढोलकियाले बताए ।
तिहारको उपहार वितरणको लागि सो कम्पनिले ५० करोड रुपैयाँ खर्च गरेको छ ।

महजोडीलाई अमेरिकामा ‘जातीय झमेला’

 काठमाडौं, कात्तिक- अमेरिकाका बिभिन्न शहरमा महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अवरोध सिर्जना गरेपछि उनीहरुले तयार पारेको कागजमा सही गरेर मात्र महजात्रा देखाउनुपरेको खुलासा भ

सबै नेपाली समुदायले सम्मान गर्ने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनजाति महासंघका अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ ।

महजात्रामा संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।

गत शुक्रवार र आइतवार न्यूयोर्कमा भएको महजात्राको आयोजना रिजउड नेपाली समाजले गरेको थियो । ‘जनजातिका नाममा राजनीति गर्ने केही व्यक्तिले सिंगो नेपाली समाजले सम्मान गर्ने मह जोडीको अपमान गर्न खोजे,’ स्रोतले भन्यो ।

जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए ।

जसमा संघीयता र पहिचानको विषयमा कुनै पनि व्यंग्य गर्न नपाईने शर्त उनीहरुले राखेको स्रोतले जनाएको छ ।

महजात्रामा प्रस्तुत प्रहसनहरुमध्ये नेवार बहादुर, बाहुन बहादुर र मडनको फोटो स्टुडियो नामका दुई कार्यक्रममा जनजाति नेताहरुले आपत्ति जनाएका थिए ।
एको छ


‘महजोडीको अपमान’

‘यी हास्यव्यंग्य प्रस्तुतीहरुमा भरपुर मनोरन्जन सँगसँगै नेपालको राष्ट्रिय एकता, जातीय सद्भाव, सबै भाषाभाषी धर्म संस्कृतिले गौरव गर्ने र सबैको पहिचान झल्कने संघीयता गणन्त्र र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्ने सन्देश रहनेछ’ हरिवंशले हस्ताक्षर गरेको कागजमा भनिएको छ ।

आयोजक पक्षले भने महजोडीका कुनै पनि प्रस्तुतिमा जातीय क्षेत्रीय कुरा नभए पनि जनजाति महासंघका पदाधिकारीले आफ्नो दादागिरी देखाउन सम्मानित कलाकारलाई अपमानित गर्न खोजेको आरोप लगाएका छन् ।

अमेरिका जस्तो विश्वको सम्बृद्ध मुलुकमा आफ्नै देशका दाजुभाइले जातीय संकिर्णता देखाएको भन्दै कागज गरेपछि मह जोडीले स्थानीय नेपाली समुदायसँग चित्त दुःखाएका थिए ।

उनीहरुले नेपालमा अहिले भएको परिवर्तनको आन्दोलनमा आफूहरुले अग्रमोर्चामा रहेर सहभागिता जनाएको स्मरण गराएका थिए ।

महजोडीले यसअघि अमेरिकाका १४ शहरमा यिनै कार्यक्रम देखाएका थिए । न्यूयोर्कमा केही उग्र जातिवादी व्यक्तिहरुले यसअघि पनि नेपालबाट गएका नेतालाई कालोझण्डा देखाउने हर्कत गरेका थिए ।

एसियाड भिलेजमा फोहोर गर्दा नेपाललाई जरिवाना

काठमाडौं- ५ कात्तिक,  खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७ औ एसियाड (एसियन खेलकुद प्रतियोगिता)को आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ । आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरुले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् । उनले लेखेका छन् ‘लाजमर्नु भयो, नेपालका खेलाडीले भित्तामा कारेको, कोठा बिगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्‍यो १७ औं एसियन खेलकुद आयोजकलाई,’ नयाँ पत्रिकामा खबर छ ।
दक्षिण कोरियाको इन्चोकमा सम्पन्न एसियाडमा सहभागी नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्विकारे । उनले भने, ‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई फाइन लागेको हो ।’
इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए ।

जेठी श्रीमतीसँग मिलेर कान्छीको हत्या गर्ने खोरमा

सिरहा : जेठी श्रीमतीलाई साथमा लिएर कान्छी श्रीमती हत्या गर्ने श्रीमान् र जेठी श्रीमतीलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा सुनसरी पूर्व कुशहा ९ का राजकुमार शर्मा र उनकी जेठी श्रीमती री

हत्यामा अन्यको पनि संलग्नता रहेको अनुसन्धानबाट खुलेको र ती व्यक्तिको खोजी जारी रहेको उनले बताए । उनले भने, 'पारिवारिक विवादका कारण नितुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

थप अनुसन्धान जारी छ।' नितुको शव हत्या गरि फालिएको अवस्थामा पडरीया ९ फूलबारीमेला जाने बाटोमा वेवारिसे अवस्थामा असोज २७ गते फेला परेको थियो । उनको हत्या भने असोज २४ गते शुक्रबार राति भएको जनाएको छ ।
ना शर्मा रहेका छन्। उनले जेठी श्रीमतीसँग मिलेर कान्छी श्रीमती नितु पूर्वेको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।

मेक्सिकोमा २० हजार भन्दा बडी बालबालिकाको हत्या भएको तथ्य !!


20 thousand children killed in Mexico
मेक्सिको:  मेक्सिकोमा पछिल्ला वर्षहरुमा बालहिंसाको अवस्था अत्यधिक मात्रामा बढ्दो रुपमा रहेको पाइएको छ । विभिन्न संघसंस्था एवम् बालअधिकारसम्बन्धी स्वदेशी तथा विदेशीहरुले त्यहाँ बालबालिकाका विरुद्धमा हिंसा झन् बढ्दै गएको पाइएको बताएका छन् ।

त्यहाँ पनि विभिन्न आपराधिक संघ संस्थाहरु रहेका र उनीहरुले बालबालिकालाई अपहरण गर्ने, जबर्जस्ती हिंसाको काममा लगाउने र त्यसो गर्न नमानेमा हत्या गर्नेम्मको काम गर्ने गरेको पाइएको समाचारमा उल्लेख छ ।

केही हप्ताअघि मेक्सिकोको एक विद्यालयबाट करिब ४३ जना बालबालिकालाई अपहरण गरेर लगेपछि त्यहाँ बालबालिकाको सुरक्षाका बारेमा निकै नै बहस सुरु भएको छ ।

त्यहाँका केही सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिले हालैका दिनमा ती बालबालिकाको खोजीका साथै बालबालिकाको अधिकारका पक्षमा काम गरिरहेका बताइएको छ ।

सोही बालअधिकार समूहको खोजीका क्रममा त्यहाँ हालैका दिनमा बालबालिका झनै असुरक्षित बन्दै गएको पाइएको अभियानका सञ्चालकले नै जनाएका छन् ।

सो समूहको एक बालअधिकारवादी संस्थाले दिएको जानकारी अनुसार सन् २००६ को सुरुदेखि सन् २०१४ सम्ममा त्यहाँका कम्तीमा पनि २० हजार बालबालिकाको हत्या भएको छ ।

यसरी हत्या हुनेमा किशोर किशोरीहरु नै रहेका पाइएको पनि सो समाचारमा जनाइएको छ । यसलाई बालबालकामाथिको चरम हिंसाको रुपमा लिइएको समाचारमा जनाइएको छ ।

मेक्सिकोको विशेषगरी उत्तरी क्षेत्रमा बालबालिकामाथि बढी हिंसा हुने गरेको छ । सो क्षेत्रमा लागूऔषधको ओसार पसारमा बालबालिकालाई प्रयोग गर्ने गरिएको छ ।

सो कार्यमा भरियाको रुपमा पनि बलबालिकाको प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई त्यस्ता कार्यमा लगाउने गरिएको र जसका कारण कारबाहीका क्रममा पनि उनीहरु मारिने गरेका छन् ।

त्यसैगरी विभिन्न आतङ्कवादी संघसंस्थाहरुले पनि बालबालिकालाई अपहरण गरी लाने र हत्या गर्ने गरेका पाइएाके पनि समाचारमा उल्लेख गरिएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID